शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राहुल गान्धी भारतीय काँग्रेसको अध्यक्ष हुने निश्चित

मङ्गलबार, १९ मङ्सिर २०७४, १६ : २२
मङ्गलबार, १९ मङ्सिर २०७४

एजेन्सी– भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निवार्चित हुने निश्चित भएको छ ।  सो पदमा उम्मेदवारी दिने गान्धी मात्र एकजना भएका छन्। सोही कारण राहुल गान्धी नै सो पदमा निर्विरोध चयन हुने निश्चित भएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

हाल सोनिया गान्धी भारतीय काँग्रेसको अध्यक्ष रहेकी छन् । सोनियाले १९ बर्षदेखि काँग्रेस पार्टीको अध्यक्षको कार्यभार सम्हाल्दै आएकी छन् ।  स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको भन्दै उनले पद छोड्न लाग्नुभएको सञ्चारमाध्यामहरुले जनाएका छन्। 

यस अघि पनि राहुल गान्धी पार्टीको उपाध्यक्ष रहेका थिए । उनी गत पाँच वर्षयता उपाध्यक्ष पदमा रहेका छन् ।  आगामी सन् २०१९ मा हुन लागेको पार्टीको महाधिवेशनमा पार्टीको अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन सोमबारसम्म रहेको थियो । 

सोमबार साँझसम्म उनीबाहेक कसैले उम्मेदवारी नदिएपछि राहुल गान्धी नै पार्टीको अध्यक्ष हुने निश्चित भएको बताइएको छ ।  सन् १९९८ बाट पार्टीको अध्यक्ष पद सम्हाल्दै आउनुभएकी सोनिया गान्धीले आफ्नो छोरा राहुललाई सो पदमा ल्याउने चाहना राख्नुभएको चर्चा भारतीय राजनीतिमा गर्ने गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप