शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तीन गुणा बढी कमाउने जेनिफरसँग यसरी भएको थियो शशि कपुरको  विवाह

मङ्गलबार, १९ मङ्सिर २०७४, १४ : २२
मङ्गलबार, १९ मङ्सिर २०७४

 मुम्बई –शशि कपुरको जन्म सन् १९३८ मार्च १८ तारिकको दिन भारतको कलकत्तामा भएको थियो । उनका बुवा पृथ्वीराज कपुर न्यु थिएटरमा काम गर्थे । 
शशि कपुरको टाउको सानो हुँदा नै ठूलो थियो । उनको घरको अवस्था अहिलेको जस्तो थिएन । अस्पताल लगेर जन्माउनको लागि । 

उनको हजुर आमाले उनको नाम बलवीर राज कपुर राखेकी थिइन । तर उनको आमालाई यो नाम मन परेको थिएन । उनले छोराको नाम शशि राखिन् । 
शशि जन्मेको अर्को बर्ष उनको परिवार बम्बै आयो । उनलाई छ बर्षको उमेरमा बम्बई डान बस्को स्कुलमा भर्ना गरियो । 

शशि कपुरले बालकलाकारको रुपमा आफ्नो फिल्मी जीवन आग बाट सन् १९४८मा सुरु गरेको थिए । त्यो समयमा उनको उमेर ९ बर्षको थियो । 
त्यसपछि उनले आबारमा अभिनय गरे । यो अभिनयले उनलाई पढाइबाट नै विमुख बनायो । 

जब उनले १० कक्षा पास गर्न सकेनन घर गएर बुवालाई भने –म होस्टलमा बसेर तपाईँको पैसा सक्न चाहन्नँ ।  त्यसपछि १५ बर्षको उमेरमा बुबाले उनलाई पृथ्वी थिएटरमा जागिर  लगाए । महिनाका तलब थियो भारु ७५  । १८ बर्षको उमेरमा उनको भेट जेनिफरसंग भयो । 

जेनिफरको कान्छी बहिनी तथा ब्रिटिश रंगमंचकी चर्चित कलाकार फैलिसिटी क्याडलले आफ्नो पुस्तक ‘व्हाइट कार्गो’मा शशि कपुर र जनिफरको सम्बन्धको बारेमा लेखेकी छन् । 

शशि कपुरले पहिलो पटक जेनिफरलाई दीवार हेर्न आएको समयमा देखेका थिए । नाटक सकेपछि शशिले जेनिफरलाई भेटेर मंचमा नै लगेका थिए । त्यो समयमा जेनिफर शशिले नै काम गर्ने आफ्नो बुवाको नाटक कम्पनीमा  प्रमुख भूमिका निभाउथिन् । उनको तलब शशिको भन्दा तीन गुना बढी थियो ।  

उनीहरुको पहिलो भेटमा नै प्रेम सुरु भयो । २० वर्षको शशि र २३ बर्षकी जनिफर बीच विवाह भयो । त्यो समयमा शशि कपर सिंगापुरमा शेक्सपियाराना समूहसंग नाटक खेल्न गएका थिए । एक दिन जेनिफरले आफ्नो बुबा शशीसंग विवाह गराउन राजी नभएका कारण घर छोड्न तयार भएको कुरा सुनाइन् । 

जेनिफरको बुवाले कामदारसमेत रहेका शशिलाई तलब पनि दिएनन् । उनी चाहदैन थिए शशि उनको छोरीसंग विवाह गरुन् भनेर  । 

शशिले एयर इन्डियाको अफिसबाट भारत फोन गरेर दुई टिकटको लागि पैसा मगाए । यो विवाह प्रति कपुर परिवारपनि खुशि थिएन । यो विवाह केवल तीन घण्टामा आर्य समाजको रिति रिवाज अनुसार स्न् १९५८ जुलाई २ तारिखमा भयो ।

उनका बुवा पृथ्वीराज कपुर मुगले आजमको शुटिङको लागि जयपुरमा थिए । उनी पनि सहभागी भएका थिए । 

विवाहको एक बर्ष पछि उनीहरुको बच्चा जम्यो । १९६०मा जोनिफरको  बुबाको थिएटर बन्द भयो । त्यसपछि शशि कपुरले फिल्मा काम गर्ने कोशिस गरे । उनका परिवारले पनि उनको सहयोग गर्न सकेनन् । न पृथ्वी कपुरले न राज कपुरले । 

उनले बम्बैमा धेरै मेहनत गरे । तर सुरुका  उनका चार दिवार, धर्मपुत्र प्रेमपत्र  जस्ता  फिल्म चलेनन् ।  

पहिला नै पैसा दिएका निर्माता,निर्देशकले  दिएका पैसा पनि फिर्ता माग्न थालेका थिए । तर १९६५मा फुल खिलेमा शशि कपुर सफल भए ।  उनको एकाएक लोकप्रियता बढ्यो । 

प्यारका मौसम, प्यार किए जाय,नीद हमारी ख्वाब तुम्हारे,हसीना मान जायगी,शर्मीली ,आ गले लग जा, चोर मचाए शोर र फकिरा जस्ता फिल्म चर्चित  बने । 

उनले हिन्दीमा मात्र होइन बाहिरका फिल्ममा पनि काम गरे । द हाउसहोल्ड, शेक्सपीयर वाला, बाम्बे टाकीज, हीट एण्ड डस्ट फिल्मा काम गरे । 

१९७८मा उनले आफ्नो श्रीमति जेनिफरसंग पुथ्वी थिएटर फेरि सुरु गरे । यसमा उनले धेरै पैसा लगाए । उनले जमिन बजाज परिवारबाट किने  ।

शशि कपुरले आफ्नो बुबाको सपनालाई नयाँ जीवन दिए । 

उनले कयौ फिल्म घाटा खाएरपनि बनाएका थिए । 

शशि कपुरकी श्रीमति जेनिफरको मृत्युपनि १९८४मा क्यान्सरबाट नै भयो  । त्यो समयमा शशि कपुर बलिउडमा सबै भन्दा राम्रा अभिनेता थिए । 

श्रीमतिको मृत्युपछि उनी एक्लो महसुस गर्न थाले । तर पनि न्यू देहली टाइम्स फिल्ममा महत्वपूर्ण भूमिका निभाए । 

उनी धेरै हास्थे । आकर्षक थिए ।  आँखा ठूला थिए । सेता दाँत । गालामा पर्ने डिम्पल ।साथै महिला र पुरुष सबैको मनमा बस्थे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप