शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सलमान र अक्षयको मित्रतामा दरार

मङ्गलबार, १९ मङ्सिर २०७४, १४ : १०
मङ्गलबार, १९ मङ्सिर २०७४

मुम्बई । बलिउडमा यस्ता सेलेब्रिटीहरु छन्, जसको मित्रताको उदाहरण दिइने गरिन्छ । यसमा एक जोडी सलमान खान र अक्षय कुमारको हो ।

तर, पछिल्लो रिपोर्ट अनुसार दुई जनाको मित्रतामा दरार आएको छ । दुई जनाबीच खटपटको कारण सलमान खानकी पूर्व पीआर म्यानेजर रेश्मा शेट्टी बनेकी छिन् ।

सलामानले रेश्मालाई हटाएका थिए । पछि, अक्षयले उनलाई अनुबन्ध गरेपछि रेश्माले उनको लागि एकपछि अर्को राम्रो प्रोजेक्ट ल्याइरहेकी छिन् । यसपछि दुई नायकबीच सम्बन्ध बिग्रिएको रिपोर्टमा उल्लेख छ ।

रेश्माले जब अक्षय कुमारसँग अनुबन्ध भइन्, तबदेखि उनले अक्षयका लागि राम्रो प्रोजेक्ट लिएर आइरहेकी छिन् । यहाँसम्मकी बिग बोसको सीजन ११ को होस्ट सम्म अक्षयलाई दिलाउन चाहन्थिन् ।

तर, यस्तो हुन सकेन । जब सलमानले यो कुरा थाहा पाए, उनी निकै रुष्ट बने ।

अहिले बिग बोसको सिजन ११ को सञ्चालन सलमानले नै गरिरहेका छन् ।

हालै मात्र गोवामा आयोजना गरिएको इन्टरनेसनल फिल्म फेस्टिबल अफ इन्डिा (आइएफएफआई) मा सलमान–अक्षय दुवै शामेल थिए । तर, कार्यक्रममा एक–अर्कासँग उनीहरु बोल्न त के एक अर्कालाई हेर्दा पनि हेरेनन् । 

कार्यक्रममा सहभागी अन्य सेलिब्रिटीहरु दुवैको व्यवहारबाट अचम्मित बनेका थिए ।

तर, केही समयअघि अक्षयको आगामी चलचत्रि २.० को म्युजिक लञ्चमा भने सलमान खान अक्षयले नबोलाए पनि पुगेका थिए । उनले आफू अक्षयको लागि मात्र त्यहाँ आएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप