शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनको प्रदर्शनी उच्च प्राथमिकतामा

मङ्गलबार, १९ मङ्सिर २०७४, १३ : ५९
मङ्गलबार, १९ मङ्सिर २०७४

काठमाडौं– सरकारले निर्यात व्यापारलाई बढाउन अन्तराष्ट्रिय व्यापार मेलामा नेपाली उत्पादनहरुको प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिने भएको छ । 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका महानिर्देशक सरद विक्रम राणाले नेपालको निर्यात व्यापार बढाउन नेपाली उत्पादनहरुलाई अन्तराष्ट्रिय व्यापार मेलामा प्रर्दशनी गर्ने कामलाई उच्च प्राथमिकता दिने निर्णय लिनुपरेको प्रष्टयाएका हुन् ।

निर्यात व्यापार घटदै गईरहेका बेला सरकारले नेपाली उत्पादनलाई अन्तराष्ट्रिय बजारमै पु¥याएर प्रवद्र्धन गर्ने रणनीति तय गरेको हो । 

त्यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघसँग समन्वय गरेर नेपाली उत्पादन अन्तराष्ट्रिय व्यापार मेलामा सहभागी गराउने सरकारको योजना छ ।
मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै महानिर्देशक राणाले निजी क्षेत्रसँग सहकार्य गरेर सो कामलाई अघि बढाउन लागिएको पनि जानकारी दिए । सरकारले नेपालमा निर्यात व्यापारमा लगानी बढाउन निजी क्षेत्रका बैंकहरुसँग पनि छलफल गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप