बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थानेश्वर भुसालको सहयोगार्थ  २९ लाख संकलन

मङ्गलबार, १९ मङ्सिर २०७४, १३ : ५७
मङ्गलबार, १९ मङ्सिर २०७४

काठमाडौं–साउदी अरबमा जेल सजाय भोगिरहेका थानेश्वर भुषालको उद्धारको लागि शुरु गरिएको ब्लड मनी संकलन अभियानबाट हालसम्म २९ लाख रुपैयाँ जम्मा भएको छ ।

प्रवासी नेपाली समन्वय समितिको सक्रियतामा  भुसालको उद्धार सहयोगार्थ ब्लड मनी संकलन अभियान सुरु भएको गरिएको थियो  । तिन महिना अघि देखि शुरु गरिएको संकलन अभियानमा स्वदेश तथा विदेशबाट गरि उक्त रकम संकलन भएको  समितीका कार्यकारी प्रमुख कुल बहादुर कार्कीले जानकारी गराए । 
गैर आवासीय नेपाली संघले वैदेशिक रोजगार राहत कोषबाट भुषालको उद्धारको लागि १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । 

दुवईमा पनि भुषालको उद्धारका लागि राहत रकम संकलन भईरहेको कार्कीले जानकारी गराए ।  सिड मनि मार्फत सरकारी सहयोगको आशा राखेको कार्कीले बताए । निर्वाचन पश्चात् भुषालको परिवार मार्फत प्रधानमन्त्री राहत कोषका लागि आवेदन दिने मनस्थिती बनाएको उनले बताए । 

भुषालको उद्धारका लागि ४५ लाख रुपयाँ आवश्यक रहेको जनाइएको छ । २०११ सेप्टेम्बर २७ मा साउदी पुगेका  भुषाल २०१२ जुन ५ मा सवारी दुर्घटनामा परेका थिए । रोकीराखेको  गाडीलाई भारतीय चालकले  ठक्कर दिदां साउदी नागरिकको ज्यान गएको थियो । ठक्कर दिने भारतीय नागरिकको पनि उक्त घटनामा ज्यान गएको थियो । साउदी स्थित जेद्धा न्यायलयले सवारी दुर्घटनामा भुषाल र भारतिय नागरिक इसम साहिबलाई दोषी ठहर गरेको थियो । अदालतले ५० प्रतिशत घटनाको दोषीमा भुषाललाई ठहर गरेको थियो । 

कार्कीले  ‘थानेश्वर भुसालको सहयोगार्थ ब्लड मनी संकलन अभियान’को ग्लोबल आईएमई बैंकको खाता नम्बर ३९०१०१००००४०९ मा रकम जम्मा गर्न सकिने बताए । 

३६ वर्षका भुषालकी सय बर्ष कटेकी हजुरआमा छन् भने उनका बाबु शारिरीक अशक्त छन् । आर्थिक रुपमा विपन्न परिवारका भुषालको नवलपरासी स्थित मध्यविन्दु नगरपालिका–८ मा घर छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप