थानेश्वर भुसालको सहयोगार्थ २९ लाख संकलन
काठमाडौं–साउदी अरबमा जेल सजाय भोगिरहेका थानेश्वर भुषालको उद्धारको लागि शुरु गरिएको ब्लड मनी संकलन अभियानबाट हालसम्म २९ लाख रुपैयाँ जम्मा भएको छ ।
प्रवासी नेपाली समन्वय समितिको सक्रियतामा भुसालको उद्धार सहयोगार्थ ब्लड मनी संकलन अभियान सुरु भएको गरिएको थियो । तिन महिना अघि देखि शुरु गरिएको संकलन अभियानमा स्वदेश तथा विदेशबाट गरि उक्त रकम संकलन भएको समितीका कार्यकारी प्रमुख कुल बहादुर कार्कीले जानकारी गराए ।
गैर आवासीय नेपाली संघले वैदेशिक रोजगार राहत कोषबाट भुषालको उद्धारको लागि १२ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।
दुवईमा पनि भुषालको उद्धारका लागि राहत रकम संकलन भईरहेको कार्कीले जानकारी गराए । सिड मनि मार्फत सरकारी सहयोगको आशा राखेको कार्कीले बताए । निर्वाचन पश्चात् भुषालको परिवार मार्फत प्रधानमन्त्री राहत कोषका लागि आवेदन दिने मनस्थिती बनाएको उनले बताए ।
भुषालको उद्धारका लागि ४५ लाख रुपयाँ आवश्यक रहेको जनाइएको छ । २०११ सेप्टेम्बर २७ मा साउदी पुगेका भुषाल २०१२ जुन ५ मा सवारी दुर्घटनामा परेका थिए । रोकीराखेको गाडीलाई भारतीय चालकले ठक्कर दिदां साउदी नागरिकको ज्यान गएको थियो । ठक्कर दिने भारतीय नागरिकको पनि उक्त घटनामा ज्यान गएको थियो । साउदी स्थित जेद्धा न्यायलयले सवारी दुर्घटनामा भुषाल र भारतिय नागरिक इसम साहिबलाई दोषी ठहर गरेको थियो । अदालतले ५० प्रतिशत घटनाको दोषीमा भुषाललाई ठहर गरेको थियो ।
कार्कीले ‘थानेश्वर भुसालको सहयोगार्थ ब्लड मनी संकलन अभियान’को ग्लोबल आईएमई बैंकको खाता नम्बर ३९०१०१००००४०९ मा रकम जम्मा गर्न सकिने बताए ।
३६ वर्षका भुषालकी सय बर्ष कटेकी हजुरआमा छन् भने उनका बाबु शारिरीक अशक्त छन् । आर्थिक रुपमा विपन्न परिवारका भुषालको नवलपरासी स्थित मध्यविन्दु नगरपालिका–८ मा घर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘महाजात्रा’ र डिग्री माइला’ले दर्शक तानिरहेका बेला आउन लागेका तीन फिल्म
-
लाजियोसँग हारे पनि युभेन्ट्स इटालियन कपको फाइनलमा
-
आईक्यूब इलेक्ट्रिक स्कुटरमा लाइफ टाइम ब्याट्री अस्योरेन्स, मूल्य २ लाख ९९ हजार
-
नोट १३ सिरिजका नयाँ वर्ष अफर अझै जारी
-
जलश्रोतको महत्वलाई बुझेर सही सदुपयोग गर्न आवश्यक छ: मन्त्री बस्नेत
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै