विवाह बन्धनमा बाँधिइन् भारती
मुम्बई । चर्चित कमेडियन भारती सिंह र क्रिएटिभ राइटर हर्ष लिम्बचिया विवाह बन्धन बाँधिएका छन् ।
दुई जनाको विवाह समारोह ६ दिनसम्म चलेको थियो ।
२७ नोभेम्बरमा भारतीको बैंगल समारोह सँगै विवाहको प्रक्रिया शुरु भएको थियो । यसपछि २९ नोभेम्बरमा भारती र हर्षले मुम्बईस्थित घरमा माताको चौकी राखेका थिए जसमा उनका परिवारका सदस्य र केही साथीहरु सामेल थिए ।
गोवामा तीन दिनसम्म समारोह
भारती र हर्षको विवाहको उत्सव गोवामा तीन दिनसम्म चलेको थियो । ३० नोभेम्बरमा भारती र हर्षका परिवार नजिकका साथीहरुसहित मुम्बईबाट गोवा पुगेका थिए ।
एक देखि तीन डिसेम्बरसम्म भारती र हर्षको विवाहको समारोह (मेहन्दी, हल्दी र स्वयम्वर आदि) र पार्टी (पूल, ककटेल र रिसेप्सन) चलेको थियो ।
भारती र हर्षको विवाह र रिसेप्सन गोवा मर्कुइश बीच रिसोर्टमा भएको थियो । जबकी बाँकी कार्यक्रम ७ किलोमिटर टाढा अडोमा रिसोर्टमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
राज्य व्यवस्था समितिमा नेपाली सेना : ‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्ने
-
स्वास्थ्य मन्त्रालयले कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारबाही गर्ने
-
केन्द्रीय चिडियाखानामा विद्युतीय सवारी, तस्बिरहरू