शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेनमार्कमा नेपाली युवाहरुको क्रिकेट टिमको डिभिजन बढुवा

मङ्गलबार, १९ मङ्सिर २०७४, १२ : ५९
मङ्गलबार, १९ मङ्सिर २०७४

काठमाडौं–डेनमार्कमा रहेको नेपाली युवाहरुको क्रिकेट टोलीले आफ्नो वरियताक्रममा सुधार गरेको छ । नेपाली खेलाडीहरु सम्मिलित हिमालय क्रिकेट टिमले खेलमा प्रगति गर्दै  दोश्रो  डिभिजनमा पुगेको छ । 
रोजगारी र  अध्ययनका लागि डेनमार्क पुगेका नेपाली युवाहरुले स्थानीय प्रतियोगिताहरुमा खेल्दै आएका छन् । डेनमार्कको क्रिकेट एसोसिएसनले टिमको वरियता निर्धारण गर्दै आएको छ । २०१५ देखि डेनमार्कमा क्रिकेट खेल्दै आएका नेपाली युवाहरुले लिग प्रतियोगितामा भने गतवर्ष देखि सहभागिता जनाउँदै आएका छन् । 
तेश्रो डिभिजन खेल्दै आएको नेपाली युवा टोलीले स्थानीय ११ टिमललाई पछि पार्दै दोश्रो डिभिजनमा उक्लन सफल भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप