डेनमार्कमा नेपाली युवाहरुको क्रिकेट टिमको डिभिजन बढुवा
मङ्गलबार, १९ मङ्सिर २०७४, १२ : ५९
काठमाडौं–डेनमार्कमा रहेको नेपाली युवाहरुको क्रिकेट टोलीले आफ्नो वरियताक्रममा सुधार गरेको छ । नेपाली खेलाडीहरु सम्मिलित हिमालय क्रिकेट टिमले खेलमा प्रगति गर्दै दोश्रो डिभिजनमा पुगेको छ ।
रोजगारी र अध्ययनका लागि डेनमार्क पुगेका नेपाली युवाहरुले स्थानीय प्रतियोगिताहरुमा खेल्दै आएका छन् । डेनमार्कको क्रिकेट एसोसिएसनले टिमको वरियता निर्धारण गर्दै आएको छ । २०१५ देखि डेनमार्कमा क्रिकेट खेल्दै आएका नेपाली युवाहरुले लिग प्रतियोगितामा भने गतवर्ष देखि सहभागिता जनाउँदै आएका छन् ।
तेश्रो डिभिजन खेल्दै आएको नेपाली युवा टोलीले स्थानीय ११ टिमललाई पछि पार्दै दोश्रो डिभिजनमा उक्लन सफल भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोरखा भूकम्पको ९ वर्ष पूरा, जोखिम उस्तै
-
गोरखा भूकम्प : सुलीकोट गाउँपालिकामा आज सार्वजनिक बिदा
-
टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउन सक्ने विधेयकलाई पारित
-
रौतहट ट्राफिकद्वारा चालु आर्थिक वर्षमा झन्डै १७ हजारलाई सवारी कारबाही
-
भूकम्पीय क्षति : ताइवानबाट नेपालले सिक्ने पाठ
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले