शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित अभिनेता शशीकपुरको निधन, हेर्नुस्  उनका १४ दुर्लभ तस्बिर

मङ्गलबार, १९ मङ्सिर २०७४, १२ : ३६
मङ्गलबार, १९ मङ्सिर २०७४

    नयाँ दिल्ली–भारतीय सिनेमा जगतमा अत्यन्तै सफल अभिनेता शशीकपुरको सोमबार निधन भएको छ । उनी ७९ बर्षको थिए । 
    सन् १९७० देखि ८० को दशकमा एक सफल अभिनेता तथा निर्मातासमेत रहेर ख्याति कमाएका शशीकपुर लामो समयदेखि मृगौलासम्बन्धी रोगका कारण विरामी थिए । 

    शशीकपुरको सोमबार कोकलिवेन अस्पतालमा उपचारका क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

    शशीकपुरले १०० भन्दा बढी हिन्दी चलचित्रमा अभिनय गरेका थिए भने  इश्माइल मर्चेण्ट र जेम्स आइभोरीद्वारा सञ्चालित मर्चेण्ट आइभोरी प्रोडक्सनले निर्माण गरेका केही अङ्ग्रेजी चलचित्रमा पनि अभिनय गरेका थिए । 

     दिवंगत कपुरका विभिन्न कालखण्डका १५ दुर्लभ तस्बिर हेर्नुहोस्ः

उनकाे  मङ्गलबार अन्त्येष्टि गरिने बताइएको छ । उनका दुई छोरा र एक छोरी छन् 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप