थाहा पाउनुस् गर्भावस्थामा किन परिवर्तन हुन्छ निप्पलको रङ

person access_timeमंसिर १९, २०७४ chat_bubble_outline0

गर्भावस्थामा महिलाको शरिरमा विभिन्न परिवर्तन हुन्छन् भन्ने कुरा धेरैलाई थाहा छ । यतिबेला हर्मोनको उतारचढावका कारण महिलाले थुप्रै परिवर्तनको सामना गर्नुपरेको हुन्छ ।

महिलालाई थाहा होला कि गर्भावस्थामा तपाईंको स्तनको आकारमा परिवर्तन हुन्छ । स्तनमात्र नभई निप्पलको रङमा पनि परिवर्तन हुने गर्दछ ।

निप्पलको रङ परिवर्तन हुँदा तपाईं चिन्तित भने हुनुपर्दैन । गर्भावस्थामा निप्पल कालो हुनु साधारण कुरा हो । आउनुहोस्, यसको कारणबारे जानकारी लिऔं ।

मेलेनिनका कारणः

प्रेगनेन्सी हर्मोनका कारण शरिरमा धेरै मेलनिन बन्न थाल्छ । यो एक प्रकारको पिगमेन्ट हो जसका कारण छालाको रङमा परिवर्तन हुने गर्दछ । मेलेनिनको मात्रा अत्यधिक हुँदा छाला कालो हुन्छ विशेषगरी त्यस्तो छालामा जहाँ पहिले नै धेरै पिगमेन्ट हुन्छ जस्तै निप्पल वरिपरि । गर्भावस्थाको अन्तिम दिनमा स्तन र निप्पलको आकारमा वृद्धि हुन्छ किनभने यसले आफूलाई स्तनपानका लागि तयार बनाइरहेको हुन्छ । तपाईं निप्पलमा स–साना दाना जस्तो महसुस गर्न सक्नुहुन्छ किनभने गर्भावस्थामा साना सेब्यासियस ग्ल्यान्ड बढ्न थाल्छ । यसले निप्पललाई सुख्खा हुनबाट जोगाउँछ ।

कहिले फर्कन्छ सामान्य अवस्थामा ?

गर्भावस्थामा जसरी आफसे आफ निप्पलको रंग गाढा हुन्छ, सन्तान जन्माएको केही महिनापछि नै यसको रङ साधारण हुन थाल्छ ।

निप्पलको मसाज गर्नबाट बच्नुहोस्ः

गर्भावस्थाको क्रममा निप्पलको मसाज गर्दा उत्तेजित हुन्छ जसका कारण प्रसव पीडा सुरु हुनसक्छ । निप्पल उत्तेजित हुँदा अक्सिटोसिनको श्राव बढ्ने हुँदा यसले प्रसव पीडा सुरु गराउन सक्छ र यसले तपाईंको गर्भपतनको समस्या पनि निम्त्याउन सक्छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ