मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अफिसका यी आठ गल्ती जसले बढाउँछ तपाईंको तौल

मङ्गलबार, १९ मङ्सिर २०७४, १२ : ०५
मङ्गलबार, १९ मङ्सिर २०७४

फिट रहनका लागि हामी दैनिक विभिन्न तरिका अपनाउने गर्छौं । तर यी सबै मेहनत त्यतिबेला बेकार हुन्छन् जब हामी अफिसमा केही गल्ती गर्छौं । यी गल्तीका कारण् तौल बढ्ने गर्दछ । आज हामी तपाईंलाई यिनै गल्तीबारे जानकारी दिँदैछौं ।

१. ब्रेकफास्ट नखानुः

अफिस चाँडै जाने चक्करमा ब्रेकफास्ट नखाँदा दिनभरी भोक लागिरहन्छ । यस्तोमा हामी लञ्च गर्दा आवश्यक भन्दा बढि खान थाल्छौं जसले तौल बढ्न सक्छ ।

२. धेरै बेरसम्म बसिरहनुः

अफिसमा लगातार थुप्रै घण्टासम्म बसिरहँदा क्यालोरी राम्रोसँग बर्न हुन पाउँदैन । यसले तौल बढाउन सहयोग पुर्याउँछ । प्रत्येक घण्टा थोरैबेर टहल्नुहोस् ।

३. कम पानी पिउनुः

अफिसमा लगातार काम गर्ने चक्करमा थुप्रैले पानी पिउनसमेत बिर्सन्छन् । यसले टक्सिन बाहिर निस्कन पाउँदैछ जसका कारण पाचन क्रिया खराब हुनथाल्छ ।

४. स्न्याक्स खानुः

अफिस समयमा भोक लाग्दा हाइ क्यालोरीयुक्त खाना खाँदा शरिरले अतिरिक्त क्यालोरी पाउन थाल्छ । यस्तोमा तौल बढ्न सक्छ ।

५. धेरै बेरसम्म भोको रहनुः

अफिसमा हुँदा समयमा नै खाना नखाँदा र धेरै बेरसम्म भोको रहँदा मेटाबोलिजम स्लो हुने गर्दछ । लामो समयपछि तपाईंले जे खानुहुन्छ त्यो राम्रो तरिकाले पच्न सक्दैन ।

६. तनावमा रहँदाः

अफिसमा काम गरिरहेका बेला तनावमा रहँदा भोक बढाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ । यस्तोमा हामी अत्यधिक खाने गर्दछौं जसका कारण तौल बढ्छ ।

७. डेस्कमा नै खाँदाः

यदि हामी डेस्कमा काम गर्दै खान्छौं भने हाम्रो ध्यान खानामा रहँदैन जसका कारण हामी धेरै खाने गर्दछौं । यस्तोमा शरिरमा बोसो जम्मा हुन्छ ।

८. अबेर राती फ्रि हुनुः

अफिसमा अबेरसम्म बस्नुपर्ने वा ढिला खाना खाँदा राम्रोसँग पच्न पाउँदैन । यस्तोमा यो बोसोमा परिणत हुने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप