शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलाली ४ मा कांग्रेसले सात सालदेखि दिन नसकेको विकास दिन्छु : लेखराज भट्ट (भिडियो वार्ता)

सोमबार, १८ मङ्सिर २०७४, २० : ४५
सोमबार, १८ मङ्सिर २०७४

कैलाली – कैलाली क्षेत्र नं. ४ मा प्रतिनिधीसभा निर्वाचनका लागि बाम गठबन्धनकातर्फबाट माओवादी केन्द्रका प्रभावशाली नेता एवं पूर्वमन्त्री लेखराज भट्ट र नेपाली कांग्रेसका सुनिल भण्डारी चुनावी प्रतिष्पर्धामा छन् । मौन अवधीे शुरु हुनुपूर्व चुनाव प्रचार प्रसारको अन्तिम दिन कैलाली ४ मा बाम गठबन्धनका उम्मेद्वार लेखराज भट्टले कांग्रेसले सात सालदेखि दिन नसकेको विकास आफूले दिने बताएका छन् ।

 

आफूले यसअघि गरेका विकास निमार्णका कारण आफ्नो पक्षमा जनमत बलियो रहेको भन्दै भट्टले आगामी ५ बर्षका लागि गरिने विकासका खाका आफूले तयार गरेको बताएका छन् ।  सात नंबर प्रदेशको विकासका लागि सेती लोकमार्ग, खुटिया दिपायल फाष्ट ट्रयाक, सुदुर पश्चिम विश्वविद्यालय, दशरथचन्द्र मेडिकल कलेज, सेज र पश्चिम सेती परियोजनालाई अगाडि बढाएको भट्टले बताए । 

उनले भने–‘पश्चिम सेती परियोजना अब हुँदैन भनेर फाइलमा थन्किएको बेला स्वर्गीय पूर्वउर्जामन्त्री पोष्टबहादुर बोगटीको पालामा थ्री गर्जेजसँग सम्झौता गरेर अगाडि बढायौँ । त्यसैगरी चमेलियाको काम स्थगित भइसकेको बेला उर्जामन्त्री जनार्दन शर्मा र म सहित मिलेर अगाडि बढाएका हांै । यी आयोजना अघि बढ्नुमा मेरो पहल रहेको छ ।’


उनले आफ्ना प्रतिष्पर्धी कांग्रेस उम्मेद्वार सुनिल भण्डारीको बसाई नै काठमाडौंमा रहेका कारण जनतामा परिचित नभएको बताए । भण्डारीले आफ्नो क्षेत्र पनि नबुझेको र विगतका दिनका पनि खासै योगदान दिन नसकेकोले जनताले आफूलाई मत दिने भट्टको विश्वास छ ।  स्थानीय तहको निर्वाचनमा पनि लोकतान्त्रिक गठबन्धनको तुलनामा बाम गठबन्धनको पक्षमा दोब्बर भन्दा बढी मत रहेको कारण आफू बहुमतले विजयी हुने उनले बताए ।

आफू निर्वाचित भएपछि बहुउद्धेशीय योजनाका साथ अघि बढ्ने, खानेपानी, बाटोको समस्या, कृषिलाई आधुनिकीकरण गर्ने, मल वीउका समस्या समाधान गर्ने, ७० प्रतिशत जनता भारतका रोजगारीमा निर्भर भएकाले उनीहरुका लागि नेपालमै रोजगारी सिर्जना गर्ने र पश्चिम सेती आयोजनालाई पूरा गर्ने लगायत आफ्नो उदेश्य रहेको भट्टले बताए ।  (हेर्नुहोस भिडियो)    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप