शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बमबाट विचलित भएनन् गगन : पट्टी बाँधेरै पुगे चुनावी सभामा (फोटो)

सोमबार, १८ मङ्सिर २०७४, १८ : ५७
सोमबार, १८ मङ्सिर २०७४

काठमाडौँ । बम विष्फोटबाट घाइते बनेका काङ्ग्रेस नेता गगन थापा घटना भएको केही घण्टामा नै चुनावी सभामा भाग लिएका छन् ।

सोमबार चुनावी प्रचारमा रहेको बेला बुढानीलकण्ठ स्थित चपलीमा भएको बम बिस्फोटमा परि काठमाडौं क्षेत्र नम्बर ४ का उम्मेदवार थापा घाइते बनेका थिए । 

घरदैलो सकेर चुनावी कोण सभा  गर्ने क्रममा माधव कोलनीमा बम बिस्फोट भएको थियो । 

उनलाई कान र ढाडमा चोट लागेको थियो। घटना लगत्तै थापालाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । थापाको चुनावी प्रचारमा रहेका नौं जना  घाइते भएका छन् । 

चुनावी प्रचारको अन्तिम दिन थापाले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतको सिफलमा र काठमाडौं क्षेत्र नम्बर ३ र ६ मा मतदातालाई सम्वोधन गर्ने कार्यक्रम थियो । 

घटनापछि पनि थापाले आफ्नो चुनावी कार्यक्रम रद्द गरेनन् । पूर्व निर्धारित कार्यक्रम अनुसार उनी सिफलमा आयोजित सभामा सहभागी भएका छन् । अनुहारमा ब्यान्डेज बाँधेर भए पनि कार्यक्रममा उपस्थित भएका गगनलाई सुन्न उल्लेख्य संख्यामा सर्वसाधारण पनि जम्मा भएका थिए ।

थापासहित जयराज लामिछाने, राजकाजी श्रेष्ठ, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, रेणु बरुवाल, श्यामकृष्ण श्रेष्ठ, रविन्द्र कार्की, काशीलाल श्रेष्ठ, परशुराम थापा र सुमन खड्का घाइते भएका छन्। त्यसमध्ये जयराज, राजकाजी, रेणु र श्यामलाई बढी चोट लागेको छ।

रिमोट कन्ट्रोलबाट बम बिस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी आयुक्त जय बहादुर चन्दले जानकारी गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप