शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

म्याथ्युज र चण्डिमालको शतकले सम्हालियो श्रीलंका

सोमबार, १८ मङ्सिर २०७४, १७ : ०९
सोमबार, १८ मङ्सिर २०७४

नयाँ दिल्ली । कप्तान दिनेश चण्डिमाल र एन्जेलो म्याथ्युजको शतकको मद्दतले श्रीलंकाले भारतले पहिलो इनिङमा बनाएको विशाल योगफलसँगको दुरी कम गरेको छ ।

तेस्रो दिनको खेल समाप्त हुँदासम्म श्रीलंकाले ९ विकेटको क्षतिमा ३५९ रन बनाएको छ । र, भारतले पहिलो इनिङमा बनाएको ५३६ रनभन्दा १८० रनले पछि रहेको छ ।

कप्तान चण्डिमालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १४७ रन बनाएर नटआउट रहेका छन् ।

दोस्रो दिनको खेल समाप्त हुँदा ३ विकेटको क्षतिमा १३१ रनको स्थितिमा दिनको सुरुवात गरेको श्रीलंकाले अर्को विकेट २५६ रनमा मात्र गुमाएको थियो ।
चण्डिमाल र म्याथुजले १८१ रनको साझेदारी गर्दै श्रीलंकाको पारी सम्हाले ।

रविचन्द्र अश्विनको बलमा आउट हुनअघि म्याथुजले १११ रन बनाए ।

त्यसपछि सदरा समराविक्रमासँग मिलेर चण्डिमालले थप ६१ रन जोडे । तर, इसान्त शर्माले उनलाई ३३ रन बनाउँदा आउट गरेपछि श्रीलंकाको फेरि पतन शुरु भयो । श्रीलंकाले मात्र २६ रनमा पछिल्ला चार विकेट गुमाउन पुग्यो ।

भारतका लागि रविचन्द्र अश्विनले ३ तथा रविन्द्र जडेजा, इशान्त शर्मा र मोहमद शामीले दुई–दुई विकेट लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप