बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मतदान गर्न गाउँ गएपछि सदरमुकाम सुनसान

मङ्गलबार, १३ असार २०७४, १० : ४५
मङ्गलबार, १३ असार २०७४

खोटाङ–स्थानीय तहको निर्बाचनमा मतदान गर्न सबै आ–आफ्ना गाउँ गएपछि खोटाङ सदरमुकाम दिक्तेलबजार सुनसान बनेको छ । बिभिन्न शिलशिलामा सदरमुकाम बसोबास गर्दै आएका जिल्लाबासी तथा जिल्लाबाहिरका मानिसहरु असार–१४ गते हुने निर्बाचनका लागि परिवारसहित आ–आफ्ना गाउँ गएपछि सदरमुकाम सुनसान बनेको हो । 


निर्बाचनको मौनअवधि शूरु भएसँगै बजारका अधिकांश घर, पसल, ब्यापारिक संस्था तथा कार्यालयहरु बन्द छन् । रुपाकोटमझुवागढी नगरपालिका रहेको दिक्तेलबजारका स्थानीय समेत आ–आफ्ना वडामा मतदान गर्न गएपछि हाल सदरमुकामका स्थायी बासिन्दा मात्र दिक्तेलबजारमा भेटिन्छन् । मतदान सकिएपछि मात्र सदरमुकाममा मानिसहरुको चहलपहल शुरु हुने स्थानीय बताउँछन् । 


दुई नगर तथा आठ गाउँपालिकाका ७९ वडा रहेको जिल्लामा यो निर्बाचनका लागि  कुल १ लाख १५ हजार ६ सय ४२ मतदाता छन् । निर्बाचन केन्द्रीत सुरक्षाका हिसाबले हालसम्म कुनै अप्रिय घटना नभएको खोटाङका स्थानीय निर्बाचनमा आफ्नो मताधिकार प्रयोग गर्न आतुर देखिन्छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप