बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दमकमा दुई ठाउँमा बम फेला, निष्क्रिय पारियो

मङ्गलबार, १३ असार २०७४, १० : २९
मङ्गलबार, १३ असार २०७४

झापा-माओवादी केन्द्रको तर्फबाट दमक नगरपालिकाका लागि प्रमुख पदमा उम्मेदवार बन्नुभएका रेवतराज पुरी ‘गगन’को घर नजिकै र अर्को एक ठाउँमा पनि बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ । 

दमक नगरपालिका–६ स्थित गगनको घर नजिकै र वडा नं २ स्थित हिमालय माविको सडकमा आज विहान बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । 

पुरीको घरदेखि २० मिटर उत्तरमा फेला परेको उक्त शङ्कास्पद वस्तु निष्क्रीय गर्न चुलाचुलीस्थित बाहिनी अड्डाबाट नेपाली सेनाको बम डिस्पोजल टोली आएको र जमीनमा खाल्डो खनी निष्क्रिय पारिएको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । 
दमक पूर्वप्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर पनि हो । झापामा पछिल्लो दुई दिनमा मतदाता तर्साउन शङ्कास्पद वस्तु राख्ने क्रम बढ्दै गएको छ । 

यसअघि हिजो मात्रै पूर्वको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडसहित झापाका पाँच स्थानमा शङ्कास्पद वस्तु फेला परेको थियो । त्यसमध्ये बिर्तामोडको दुई स्थानमा बम नै भएको प्रहरीले जनाएको छ । 

बम कस्ले र किन राख्यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप