बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो छ आर्यन र प्रियंकाको ‘बटरफ्लाइ’

आइतबार, १७ मङ्सिर २०७४, १५ : २०
आइतबार, १७ मङ्सिर २०७४

काठमाडौं – ओम प्रतिक गुरुङको निर्देशन रहेको चलचित्र हो ‘बटरफ्लाइ’ । नव अभिनेता आर्यन अधिकारी र प्रियंका कार्की अभिनित यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको ट्रेलरमा प्रेम, रोमान्स लगायतका दृश्य समेटिएका छन् ।
आर्यन र प्रियंकाको अलवा अर्पण थापा, सुष्मा कार्की, रविन्द्र खड्का, सुरविर पन्डित, मोहन निरौला लगायतको अभिनय रहेको चलचित्रमा  अर्जुन पोखरेल, विकास चौधरी र दिपक शर्माले संगीत भरेको यो फिल्ममा एक्सन कुमार महर्जनको छ कोरियोग्राफीको जिम्मा कविराज गहतराजले सम्हालेका छन् । 
चलचित्र पुष्पाञ्जली अधिकारी, रामशरण राना र भुपेन्द्र सुवेदीले निर्माण गरेका हुन्, भने रमेश प्रजापती कार्यकारी निर्माता र सरोज शाह, मन्दिप श्रेष्ठ सह निर्माता रहेका छन् ।
एक्सन लभस्टोरी जनरा बताइएको यो चलचित्र अभिनेता आर्यनको दोस्रो चलचित्र हो । आर्यन चलचित्र ‘म त तिम्रो होइन र’बाट अभिनयमा डेब्यु गरेका हुन् । चलचित्रले ब्यवसाहिक लाभ उठाउन सकेन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप