शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड : जनकपुरको चुनावबारे यसो भन्छन् सञ्जय साह ‘टक्ला’का बुवा (भिडियोसहित)

आइतबार, १७ मङ्सिर २०७४, १४ : १३
आइतबार, १७ मङ्सिर २०७४

धनुषा - जनकपुरको राजनीतिमा जेलभित्रैबाट प्रभाव राख्ने सञ्जय साह ‘टक्ला’को परिवार अहिले काङ्ग्रेस नेता विमलेन्द्र निधिलाई जिताउन लागेको छ ।  

सञ्जयका बुबा साधु साहले रातोपाटीसँगको कुराकानीमा यसपालि आफ्नो परिवारले निधिलाई सहयोग गर्ने निर्णय गरेको बताए । 

‘सञ्जयलाई बचाउन पार्टीले सहयोग गरेनन् । त्यही भएर काङ्ग्रेसलाई जिताउने अभियान थालेका छौँ ।’ साधुले भने ।

जुन पार्टीमा आफू थिएँ, त्यो पार्टीले साथ दिएन भनी त्यो पार्टीमा बसेर काम छैन भन्दै उनले काङ्ग्रेसलाई जिताउने बताए । उनले भने, ‘काङ्ग्रेस पार्टीमा प्रवेश गरेको छैन तर त्यो पार्टीलाई जिताउनेछौँ, काङ्ग्रेस पार्टीले १० हजारभन्दा बढी मतले जित्नेछ ।’ 

‘टक्ला’का बुबा साधुले आफ्नो छोरालाई काल्पनिक कथा बनाएर जेल हालिएको भन्दै पोलिग्राफ टेस्ट गर्न माग गरे । उनले आफ्नो छोरा दोषी भए जस्तोसुकै सजाए दिए पनि केही नहुने भन्दै निर्दोष व्यक्तिमाथि अन्याय नगर्न माग गरे । 

‘ऊ वास्तविक दोषी छ भने फासीको सजाय भए पनि केही भएन । हाम्रो परिवारको माग पोलिग्राफ टेस्ट गराउनु भन्ने छ ।’ साधुले भने– ‘चार वर्षदेखि पुर्पक्षका लागि थुनामा राखिएको छ । वास्तविकता पत्ता लगाएर यो विषय छिटो टुङ्ग्याउनुपर्छ । बिना प्रमाण कसैलाई थुन्न पाइँदैन ।’

टक्ला आफै पनि पोलिग्राफ टेस्टको माग गर्दै १८ दिनसम्म जेलमै अनसन बसेका थिए । सरकारले वास्ता नगरेपछि उनले आफै अनसन तोडेका थिए । अहिले सिरहा जेलमा छन् । 

जनकपुर बम काण्ड र सञ्चार उद्यमी अरुण सिङ्घानिया हत्या आरोपमा उनी जेलमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप