शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युएर्इमा भएको नेपाली म्युजिक भिडियो अवार्डमा जे देखियो.. (फोटो फिचर)

शनिबार, १६ मङ्सिर २०७४, ११ : ०१
शनिबार, १६ मङ्सिर २०७४

 युएर्इ-दोश्रो नेपाली म्युजिक भिडियो अवार्ड युएर्इको अाबुधावीमा शुक्रबार  राती सम्पन्न भएको छ।नेपाली म्युजिक भिडियोमा नव प्रतिभादेखि लामो समय देखि म्युजिक क्षेत्रमा लागि परेका बिभिन्न कलाकारहरूलार्इ सम्मान दिनको लागि सो कार्यक्रम अायोजना गरिएको हो।

कार्यक्रमको मुख्य उदेश्य म्युजिक भिडियो क्षेत्रमा संलग्न कलाकारहरूलार्इ प्रोत्साहन गर्नै भए पनि यसलार्इ मनोरन्जन तुल्याउनको लागि बिभिन्न कलाकारहरूले अाफ्नो प्रस्तुति दिएका थिए। सदाबहार नायिका निरूता सिंहले चलचित्र लहनाको गीत धड्किन्छाै मुटुमा तिमी गाएकी थिर्इन्,भने  नृत्य निर्देशक शंकर बि.सीलार्इ नायिका सारिका सापकोटाले साथ दिएकी थिर्इन्।

संगीक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्स युएर्इको सयुक्त अायोजनामा भएको उक्त दोश्रो नेपाली म्युजिक भिडियो अवार्डमा   संगीत, भिडियो तथा बिशेष क्षेत्रमा उत्कृष्ट आवाज महिला र पुरुस गरी १७ र युएर्इमा ५ गरी विभिन्न २२ विधामा अवार्ड प्रदान गरिएको थियो।

जसमा उत्कृष्ट भिडियो अभिनय पुरुषमा विवेकसिंह ठकुरी,अभिनेत्रीमा नम्रता सापकोटाकोले हात परेकी छिन् भने संगीत अन्तरगत उत्कृष्ट गायन पुरुष तर्फ त्रिलोक रानाको ‘काँडा छोए पूल बन्छ’ बोलको गीतले बाजी मारेको छ। गायक महिला तर्फ म त सोझी सोझी’ बोलको गितबाट प्राश्रा शाक्य, उत्कृष्ट पपगायन पुरुषतर्फ दीपक बज्राचार्य,महिला तर्फ एञ्जिला रेग्मी, उत्कृष्ट लिरिक्स दिलीप ,उत्कृष्ट संगीत सचिन सिंह  व्यवस्थापन महराज थापा,  रेर्कडिस्ट किशोर थापा, लोकदोहोरी उजेली श्रेष्ठ अवार्ड चुम्न सफल भएकी छिन्।

यसैगरी उत्कृष्ट कोरियोग्राफी शंकर विसी उत्कृष्ट नव प्रतिभा ट्यालेन्टको उपाधि प्रेम सेनको तिम्रो पाउजु र संजिव पराजुलीको नाइ मलाई थाहा छैन बोलको गीतले पाएको छ। भने म्युजिकल अवार्डको भिडियो समूह तर्फ उत्कृष्ट म्युजिक भिडियोमा कृष्ण गुरुङको हिमालको काखमा, भिडियो डाइरेक्टरमा श्रीधर पौडेलको छम छम, क्यामरा  प्रकाश गुरुङको हिमालको काखमा, सम्पादनमा प्रवीण श्रेष्ठको मायालु मुहार तिम्रोलाई प्रदान गरिएको थियो ।  

युएईमा  कलाकारहरूलाई दिएको ५ विधा मध्ये उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुषतर्फ आशिष पुरुष र महिलातर्फ सारिका सुनारले हात पारेकी छिन् भने उत्कृष्ट गायक नन्दु राई र गायिका रेखा घिमिरेलाई प्रदान गरिएको छ । उत्कृष्ट म्युजिक भिडियो लिरिक्स लक्ष्मण भान्तना,उत्कृष्ट म्युजिक भिडियो निर्देशक विजय सुब्बा र उत्कृष्ट म्युजिक भिडियो छायाकंन रोहित विक्रमले प्राप्त गरे।

युएर्इको लागि नेपाली महामहिम कार्यबाहक राजदुत नेत्र बहादुर टण्डनको प्रमुख अाथित्य र आयोजक नमस्ते ट्राभल्स युएर्इका संचालक एकेन्द्र बहादुर थापा र संगीक्षा फिल्म प्रा.लि का मनोज केसीको संयुक्त सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम नरेश भट्टरार्इले सन्चालन गरेका थिए।

तस्बिरहरू हेर्नुहाेस्


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप