बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उम्मेदवारले हरेकपल्ट गर्छन् लालपुर्जा दिने वाचा, रूपन्देहीका सुकुम्बासीमा सधैँ निराशा

शुक्रबार, १५ मङ्सिर २०७४, १३ : १५
शुक्रबार, १५ मङ्सिर २०७४

 तेजेन्द्र के.सी.

बुटवल । एमाले उपमहासचिव एवं रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले मङ्सिर ७ गते बुटवलमा आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रमा एक पत्रकारले चोटिलो प्रश्न गरे । 

तपाईंले पहिले पनि सुकम्बासी समस्या समाधान गर्ने भनेर चुनाव जित्नु भएको हो । अब फेरि त्यही प्रतिबद्धता लिएर जाँदा सुकुम्बासीले पत्याउने आधार के छ ?
उक्त प्रश्नसँगै पौडेल गम्भीर देखिए । किनकि ६४ साल र ७० सालको निर्वाचनमा विष्णु पौडेलले चुनाव जित्दा सुकुम्बासीलाई लालपुर्जा दिने वाचा गरेका थिए । उनी मात्रै होइन, यहाँ चुनावमा उठ्न हरेक उम्मेदवारले सुकुम्बासीलाई लालपुर्जा दिने प्रतिबद्धता दिने गर्छन् ।

७० सालको निर्वाचनमा तत्कालीन माओवादी नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई यहाँबाट उम्मेदवार बन्दा पनि सुकुम्बासीको घरमा एक रात बास बसेका थिए । भट्टराईले चुनाव हारेपछि रूपन्देहीका सुकुम्बासीसँग सम्बन्ध रहेन । चुनावी मैदानमा रहेका पूर्वमन्त्री पौडेल सुकुम्बासीलाई लालपुर्जा दिने पहिलो प्राथमिकता नै हो भन्दै मत माग्न व्यस्त छन् ।

उनीजस्तै यो निर्वाचन क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार युवराज गिरी, प्रदेश उम्मेदवार महेशमान सिंह पनि सुकुम्बासीलाई लालपुर्जा आफूलाई मत दिएर जिताएमा प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।

राष्ट्रिय जनमोर्चा उम्मेदवार, जनमुक्ति पार्टी, नयाँ शक्ति पार्टी सबैले यहाँ रहेका सुकुम्बासीलाई छिटो लालपुर्जा प्रदान गर्ने नीति रहेको प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । यहाँ सधैँ लालपुर्जा दिने नेताहरू आश्वासन र पाउने आशामा बसेका सुकुम्बासीहरूमाथि राजनीति चल्छ । यो रूपन्देहीको क्षेत्र नम्बर २ मात्र होइन, अन्य जिल्लाका अन्य क्षेत्र पनि करिब करिब यस्तै चलेको छ । 

दलहरूका वाचा सुकुम्बासीले पत्याएका छैनन्

बुटवल उपमहानगरपालिका बार्ड नम्बर ११ देवीनगर झोलुङ्गे पुलमा घनबहादुर रानाको टिनले छाएको चिटिक्क परेको घर छ । ससाना ४ वटा कोठा छन् । सबै कोठामा कलर गरिएको छ । विद्युत्, खानेपानी, सिफारिस नगरपालिकाले गरेको छ । सोही आघारमा खानेपानी, विद्युत पाएका छन् । घर अगाडि पक्की सडक छ । नजिकै व्यस्त बजार छ । बस्नका लागि आन्दनमय देखिन्छ । बुटवलको मुटु मिलनचोकबाट रानाको घर दुई किलोमिटरको दुरीमा छ ।

रानाले घरको बनाकाएको जग्गाको लालपुर्जा छैन । उनको जस्तै लालपुर्जा नभएको समस्या बुटवलका करिब १५ हजारको भएको अनुमान बुटवल उपमहानगरपालिको छ ।

 खासगरी ३८ सालको बाढीपछि  निर्माण भएका तिनाउ नदी आसपासका किनार सना सना बस्ती छन् । ती ठाउँहरू बाल्लो बस्ती र तीव्र विकासले यहाँको  राजनीतिमा प्रभाव पारेको बुटवल बहुमुखी क्यापसका पूर्व क्यापस प्रमुख डा. माधव पन्थी बताउँछन् । 

नेताहरूको घोषणा लालपुर्जा आउने आसमा बसेका धेरै सुकुम्बासीलार्ई अब पत्यार नै लागेको छैन । उक्त बस्तीका रानाले लालपुर्जा दिने हरेक पल्ट घोषणाले केही अर्थ नराख्ने बताउँछन् । उनले निकै दिक्क मान्दै भने– हरेक पल्ट  तिमीहरूलाई  लालपुर्जा दिनेछौँ, भोट हामीलाई दिनु भन्छन् सबै नेताहरू तर म बसको २० वर्ष भयो खै दिएका छैनन् । बुटवल ११ हात्तीसुडमा सुकुम्बासी बस्तीको टीका विकले लालपुर्जा आस गर्दागर्दै जिगन्दी बित्ने गुनासो गरिन् । हरेक पल्ट फरक फरक नेता आउने तर लालपुर्ज कहिल्यै नदिने गरेकाले अहिले पनि गफ मात्र भएको बताइन् ।

अन्य क्षेत्रमा पनि उस्तै समस्या छ । चालीसको दशकदेखि रूपन्देहीको क्षेत्र नम्बर ५ रुद्रपुरमा बस्दै आएका कृष्णबहादुर फौजदारको दुई तले घर छ । 

खेतीबाली हुने खेत छ । पक्की सडक, खानेपानीको राम्रो व्यवस्था छ । तर यति धेरै संरचना बनेको जग्गाको पुर्जा छैन ।

उनको मात्रै होइन, रुद्रपुर त्यस्तो गाउँ हो, जहाँका ९० प्रतिशत घरधुरीको लालपुर्जा छैन । रूपन्देहीकै धेरै जनसङ्ख्या भएको गाविस रहेको रुद्रपुर अहिले कञ्चन गाउँपालिकामा छन् । धेरै मतदाता भएकाले चुनावका बेला उम्मेदवारको बसोबास नै रुद्रपुरमा हुन्छ । तर मत मात्रै माग्ने नेताले जनतालाई पुर्जा कहिल्यै दिएनन् । फोजदारले पनि नेताहरूको घोषणमा पत्याएका छैनन् । उनले पटक पटक भुक्याएकाले अहिले पनि दिने आस नभएको बताए । 

‘जति पटक भोट हाल्यौँ त्यतिपटक पुर्जा माग्याँै । कहिल्यैै हँुदैन भनेनन् । फर्की फर्की भोट माग्न आए, पुर्जा दिएनन्, फौजदारले भने ।

पुर्जा नभएकै कारण रुद्रपुरबासीले बैङ्क वित्तीय संस्थाबाट ऋण झिक्न पाउँदैनन् । ऋण निकालेर केही व्यवसाय गर्न पनि नसकिएको फौजदारले बताए । यस्तो समस्या बुटवलमा रहेको  ती १५ हजारको पनि छ । 

रूपन्देही क्षेत्र नम्बर ५ मा पर्ने यही क्षेत्रबाट ०६४ मा एमालेका रामनाथ ढकाल विजयी भए । उनले पुर्जा दिने खुबै आश्वासन बाँढेका थिए तर स्वर्गे भए । ०७० मा उनै ढकाललाई हराउँदै काङ्ग्रेसका भरत शाह निर्वाचित भए । उनेले पनि यस्तै वाचा गरेका थिए ।  तर पूरा भएन 

लालपुर्जाका लागि बेलाबेलामा पहल भए तर सार्थक भएनन् । ०७२ सालमा भूमिसुधार आयोगले रुद्रपुरमा लालपुर्जाका लागि लगत सङ्कलन गरेको थियो । त्यतिखेर ६ हजार ४ सय घरधुरीले लगत सङ्कलन फाराम भरे । तर मुद्दा परेपछि अदालतले रोक्का गर्यो, त्यो प्रक्रिया नै अवरुद्ध भयो । योभन्दा अघि पनि पटक पटक लालपुर्जाका लागि नापी भएको थियो । तर पुर्जा दिइएन ।

यो क्षेत्रको जनसङ्ख्या करिब ४५ हजार छ । करिब ६ हजार घरधुरी छन् । यो बस्तीमा करिब २ हजार घरधुरी भूतपूर्व सेनाहरूको मात्रै छ । 

स्थानीय तहको निर्वाचनमा पनि त्यही मुद्दा चर्काे रूपमा उठ्यो । कसैले हुन्न भनेनन् । गर्न पनि कसैले गरेनन् । अहिले काङ्ग्रेसका भरत शाह, माओवादीका डिलाराम आचार्य, फोरमका वकिल मुसलवान त्यस क्षेत्रका उम्मेदवार छन् ।

मतदाताले पुर्जा दिनेलाई भोट भन्ने अभियान नै चलाएका छन् । पहिले जस्तै सबै नेताको आश्वासन छ । पुर्जाको चुनावी मुद्दा रुद्रपुर मात्रै होइन, रूपन्देहीका अधिकांश क्षेत्रमा छ ।

बुटवल आसपासका तिनाउ नदी बगरमा पुर्जा दिने आश्वासनको होडबाजी चलेको धेरै भयो  । उम्मेदवारहरू एक–अर्कालाई आक्षेप लगाउँदै सुकुम्बासी र अव्यवस्थित बस्तीमा पुगेर मत मागिरहेका छन् ।

रूपन्देही क्षेत्र नम्बर १ को देवदह, २ को तिनाउ बगर क्षेत्र र मुर्गिया, ३ को भैरहवा क्षेत्र र ५ को रुद्रपुर क्षेत्रका मतदाताको मतले नै जित हारको निर्णय हुन्छ । त्यसैले पनि  रूपन्देहीका निर्वाचन क्षेत्रमा उम्मेदवारहरूले सुकुम्बासी बस्तीमा प्रायः पुर्जाको आवश्वासन दिएर मत मागिरहेका छन् । 
सुकुम्बासी बस्ती र उनिहरूका फोटो राख्दा उपयुक्त 

सुकुम्बासी सधैँका भोट बैङ्क
बुटवल वडा नम्बर ११ देवीनगरका सुकुम्बासीको मत अस्थिर मानिन्छ । बुटवल उपमहानगरपालिका १९ वडामध्ये सबैभन्दा धेरै मतदाता रहेको वडा हो । १३ हजार ८८७  मतदाता छन् यहाँका बुद्धनगर, विनापते, हात्तीसुड, आदि स्थानमा बसेका सुकुम्बासीहरूको मत अस्थिरताले विगतको निर्वाचन सधैँ दलहरूलाई  दलदलका पारेको थियो । 

स्थानीय तहको निर्वाचन पनि उस्तै मत आँकलन गर्न दलहरूलाई कठिन परेको थियो । अहिले केन्द्रीय प्रदेश सभा उम्मेदवार उस्तै छ । ती मतलाई आफ्नो पाल्टोमा पार्न सक्नेले जितको आँकलन गरेर यहाँको हरेक निवाचर्नमा मुख्य प्रतिस्पर्धी उम्मेदवारहरू लागेका छन् । त्यो विगतमा पनि डा. बाबुराम भट्टराईले बुझेर नै उक्त बस्तीमा बास बसका थिए । अहिले उम्मेदवारहरूको मुख्य उद्देश्य त्यो क्षेत्रको काम मतदातालाई प्रभाव पार्नु नै देखिन्छ शनिबार रातोपाटीसगँ भेट भएकी देवीनगर झोलुङ्गे पुलकी टिका विककाअनुसार तीन पटक  जग्गा नाप जाँच भएको छ । प्रायः टोलहरूका अगुवालाई बोलउँदै दलहरू स्थानीय कार्यकताले हामीलाई भोट दिए लालपुर्जा दिने भन्दै आउने गरेको शिवालय टोल विकास समितिका विष्णु जि.सी.ले बताइन् । बुद्धनगरमा १६ सय घरधुरी छन् । ती सबै सुकुम्बासी हुन् । जहाँ ५ वटा टोल विकास समिति गठन भएका छन् । बिनापाते २ सय घर घुरी रहेका छन् । यस्तै हात्तीसुड बस्ती विकास समितिका अध्यक्ष  राजेश थापका अनुसार ३ सय  घरधुरी छन् । जानकारहरूका अनुसार ती क्षेत्रहरूमा लालपुर्जाको आवश्वासनसँगै  निर्वाचनको मैन आवधिमा मोटो रकमको चलखेल हुने गर्दछ । केही  सुकुम्बासीका अगुवाहरू  मोटो रकम  बार्गेनिङ गर्छन् । अन्य ठाउँमा हुनेभन्दा  घेरै रकम तिर्नुपर्ने नेताहरूको भनाइ हुन्छ । 
  
 के हो सुकुम्बासी समस्या ?
आफ्नो नामको जग्गा धनीपुर्जा नभएका र भूमिहीन व्यक्तिलाई सुकुम्बासी भन्ने गरिन्छ । सुकुम्बासी शब्दको सम्बन्ध खेतीपातीका लागि ओगटिएको जग्गा र घर घडेरीसँग रहेको देखिन्छ । यस अर्थमा आफ्नै नामको, आफैले तिरो तिरेको जग्गामा नभई सरकारी स्वामित्वको वन जङ्गल, सार्वजनिक चौर, नदी किनारा, सडक किनारा वा त्यस्तै अन्य प्रकृतिका सार्वजनिक ठाउँ कब्ज गरी घर बनाउने वा खातीपती गर्ने मानिसलाई नै सुकुम्बासी मान्न सकिने प्राध्यापक बैकुण्ठ पाण्डेको बुझाइ छ । बुटवलमा मात्रै यस्तै समस्या छैन ।  खासगरी राजमार्ग आसपासका अवसरको खोजीमा आउनेहरू आफ्नो सहजताका लागि प्रयोग  गर्न  घर टहरा बनाउने गरेका छन् । बुटवलमा २०३८ सालको बाढीले तिनाउ नदीको आसपासको बस्ती बागएको थियो । उक्त बस्ती बगाएपछि जग्गा बनेका कारण केही जग्गाधनीहरू यहाँ बसाइँ सरेर अन्यत्र गएको बुटवल नगरपालिकाका प्रवक्ता विष्णु खनालले बताए । तीमध्ये केहीलाई सरकारले नवलपरासीको  चिसापानीमा छुट्टै बस्ती बनाएर व्यवस्थापन गरेको थियो ।  बुटवलमा अहिले पनि उनीहरूले कर तिरेका छन् । तर जग्गा सबै सुकुम्बासीले कब्जा गरेका छन् । उहिले पनि ती पुराना जग्गाधनीहरूलाई हटाउने भन्दै बिचौलीयाहरू बेलाबेलामा आउने र थर्काउने गरेको शिवालय टोल विकास समितिकी अध्यष विष्णु थापाले बताइन् । रूपन्देहीका केही स्थानमा तीन पटक लागत सङ्कलन भएको छ । बुटवलमा पनि पटक पटक भएको छ ।   उम्मेदवारहरूले यस पटक यो विषयलाई निकै  गम्भीर रूपमा लिएको दाबी गरेका छन् । एमाले उम्मेदवार पौड्यलले विगतमा  आफ्नो पालका  समस्या समाधान गर्नका लागि आयोग निमार्ण गरे पनि अदालतमा मुद्दा परेका कारण रोकिएको दाबी गर्दे अहिले  संसद  छुटै विधेयक बनाएर भए पनि काम गर्ने प्रतिबद्धाता जाहेर गरेका छन् । यस्तै काङ्ग्रेस उम्मेदवार युवराज गिरी, महेसमान सिंहले जसरी पनि यो समस्यालाई समधान गर्ने प्रायः चुनावी कार्यक्रमा घोषण गरेका छन् । 

हरेक दलका प्रतिबद्धता पत्रमा रूपन्देहीका ठूला आयोजना

रूपन्देहीका ठूला आयोजनाहरू आसन्न निर्वाचनका उम्मेदवारका चनावी मुद्दा भएका छन् । प्रायः सबै दलका उम्मेदवारले ठूला आयोजना सञ्चालन हुनुमा आफ्नो योगदान रहेको दावी गरेका छन् ।

बहालबाला दुई र पूर्व मन्त्री ७ जना उम्मेदवार रहेको रूपन्देही जिल्लामा अहिले विकासे मुद्दाले प्रमुख प्रथमिता पाएका छन् । 
ठूला आयोजनाहरू उनीहरूले घोषणपत्रमा उल्लेख गर्दै मतदातासँग मत माग्न व्यस्त छन् ।

लुम्बिनी विकास गुरुयोजना, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि साना सडक र पुललाई समेत उम्मेदवारहरूले चुनावी मुद्दा बनाएका छन् । यस्तै निर्माणाधीन सिक्स लेन सडकलाई समयमै सक्ने, बुटवल र पाल्पाबीच सधैँ जोखिमा पर्ने  सिद्धबाबाको  दीर्घकालीन  समाधानसमते  उठाएका छन् । 

राष्ट्रिय गौरवका योजनासहित रूपन्देहीमा करिब ४० अर्ब लागतका ठूला योजना सञ्चालनमा छन् । रूपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार घनश्याम भुसालले वाम गठबन्धन सरकार बनेपछि कम्तीमा १० वर्षभित्र नेपालीहरू स्वावलम्बी बन्ने दाबी, विभिन्न विकास निमार्ण आयोजना  प्रतिबद्धतामा उल्लेख गर्नुभएको छ ।  

जिल्ला अन्य उम्मेदवारहरूले पनि चालु रहेका योजनासहित अन्य ठूला योजनालाई उम्मेदवारले चुनावी प्रतिबद्धतापत्रमा राखेका छन् । रूपन्देही क्षेत्र नम्बर ३ बाट वाम गठन्धनका उम्मेदवार एमाले उपमहासचिव घनश्याम भुसालले बेलहिया नाकालाई चीन र भारतको व्यापारिक मिलन बिन्दु बनाउने गरी सुनौली–कोरला सडक निर्माणलाई प्रतिबद्धता पत्रमा राखेका छन् । कालीगण्डकी कोरिडोरका रूपमा रहेको यो सडकले भैरहवा क्षेत्रलाई अन्तर्राष्ट्रिय मुख्य ब्यापारिक नाकाका रूपमा विकास गर्ने उनले बताए ।

अबको सरकारले गर्ने कामहरू ठूला नै हुनेछन् । हामी उम्मेदवारले पनि ठूलै सपना देख्नुपर्छ, उनले भने– आर्थिक विकासका लागि दीर्घकालीन महत्वका योजनामा मेरो प्राथमिकता रहेको छ ।’ केरुङ–पोखरा–लुम्बिनी रेलमार्ग, भैरहवामा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र, विशेष आर्थिक क्षेत्र (सेज) सञ्चालन, विद्युत आपूर्तिलगायतका मुद्दाहरू उनको प्रतिबद्धता पत्रमा समावेश छन् ।

क्षेत्र नम्बर तिनकै लोकतान्त्रिक गठबन्धनका उम्मेदवार दीपक बोहराले पनि कोरला–सुनौली सडकलाई चुनावी नारा बनाएका छन् । भैरहवालाई लुम्बिनीसँग जोडेर पर्यटकीय सहर निर्माण गर्ने, भैरहवाका भित्री सडकहरू निर्माणसहितका योजनाहरू उनको प्रतिबद्धता पत्रमाा मुख्य बुँदाका रूपमा छन् ।

पूर्वअर्थमन्त्री रहेका रूपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेलले रूपन्देही जिल्लासहित छिमेकी जिल्लालाई समेत समेट्ने गरी प्रतिबद्धता पत्र बनाएका छन् । आफू अर्थमन्त्री हुँदा रूपन्देहीका महत्वपूर्ण योजना निर्माणमा काम गरेको भन्दै पौडेलले ती योजनाको मूर्त रूप दिन आफ्नो दायित्व भएको बताए ।

भैैरहवामा निमार्णाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल मण्डमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, मोतिपुर औद्योगिक क्षेत्र चुनावी मुद्दा बनेका छन् ।

तिनाउ नदीमा कालीगण्डकी डाइभर्सन गरेर बाह्रै महिना पानी बगाई कृषि र जल पर्यटनको विकास गर्ने योजनासमेत विष्णु पौडेल र घनश्याम भुसालको प्रतिबद्धतामा समावेश छ । बेथरी–बेलबास नहरसहितका हरित सडक, बेलहिया–बुटवल व्यापारिक मार्ग, लुम्बिनी बुद्ध परिपथ निर्माण आयोजना, पूर्व–पश्चिम रेलमार्ग, तिनाउ कोरिडोरको विकासलगायतका योजनाहरू चुनावी मुद्दा बनेका छन् ।

बुटवल उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष समेत रहेका रूपन्देही २ का प्रदेशसभामा काङ्ग्रेसका उम्मेदवार महेशमान सिंहले मोतिपुरमा औद्योगिक क्षेत्र निर्माणलाई जोडतोडका साथ उठाएका छन् । प्रादेशिक स्तरको यो औद्योगिक क्षेत्र केपी ओली नेतृत्वको सरकारले घोषणा गरेको थियो । सो औद्योगिक क्षेत्रको डीपीआर निर्माणको क्रम अन्तिम चरणमा पुगेको छ ।

उम्मेदवारहरूले तिलोत्तमामा मेडिकल कलेज निर्माण, लुम्बिनी अञ्चल अस्पताललाई प्रादेशिक स्तरमा स्तरोन्नती, स्वास्थ्य चौकीलाई २५ बेडको अस्पतालका रूपमा स्तारोन्नतिदेखि गरिबी निवारणका कार्यक्रमहरू समेत ल्याएका छन् । कृषि उत्पादन बढाउनका लागि सिंचाइ र किसानलाई अनुदान सहुलियत दिन कृषि उपज बैैङ्कको स्थापना गर्ने योजनाहरू जनतामाझ आएका छन् ।

यस्तै पौडेललको घोषण पत्रमा काली गण्डकी कोरिडोर सडक सम्पन गरेपछि कोरला सुनौली सडक सञ्चालन गर्ने उल्लेख छ । यस्तै नेपाली काङ्ग्रेसका क्षेत्र

नम्बर २ का उम्मेदवार युवराज गिरीले तिलोत्तमा बुटवल सैनामैना रिङरोड सञ्चालन गर्ने उल्लेख गरेका छन् ।   

उम्मेदवारहरूले ठूला योजनालाई विशेष प्राथमिकता दिए पनि सञ्चालनमा रहेका योजनाको प्रगति निकै कम रहेको छ । अन्तर्राष्ट्रिय विमानस्थलको करिब ३५ प्रतिशत मात्रै काम भएको छ । लुम्बिनीको गुरुयोजनाको काम रोकिएको अवस्थामा छन । छ लेन सडक, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको निर्माण कार्य निकै ढिलो भएको गुनासो छ । भैरहवामा निर्माण भएको पहिलो विशेष आर्थिक क्षेत्र सेज विद्युत आपूर्ति नभएकाले सञ्चालनमा आउन सकेको छैन ।

रूपन्देही उद्योग सङ्घका अध्यक्ष दिनेशराज रेग्मीले सञ्चालनमा रहेका आयोजना पूरा गरेर मात्रै अरू योजना सुरु गर्नमा नेताहरूले जोड दिनुपर्ने बताउँछन् । अन्य क्षेत्र उम्मेदवारहरूले सडक खानेपानी, सिंचाइ पुल आदिलाई प्रथमिकता राखेका छन् । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप