शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड सिरहा : के ‘गङ्गा’ले बगाउला प्रदीपको ‘बौद्धिकता’ ?

शुक्रबार, १५ मङ्सिर २०७४, १० : ५४
शुक्रबार, १५ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव  

सिरहा– गङ्गाप्रसाद यादवले २०५४ को स्थानीय निकायको चुनावमा सुरेश गिरीलाई हराएर तत्कालीन बस्तीपुर गाविसको अध्यक्ष भएका थिए । तिनै गङ्गाप्रसाद अहिले सुरेश गिरीका दाइसँग चुनावी मैदानमा छन् र स्थानीय तहमा होइन, प्रतिनिधिसभाको चुनावमा । 

भाइलाई हराएको २० वर्षपछि गङ्गाप्रसाद सुरेशका दाइलाई हराउन चाहन्छन् । तर, सुरेशका दाइ सामन्य नेता होइनन्, त्यसैले यहाँको चुनावी मैदानमा गङ्गाप्रसादले पनि सकेसम्मको मिहिनेत गरिरहेका छन् । 

सिरहा–१ मा काङ्ग्रेसका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार छन्, बौद्धिक छवि भएका नेता प्रदीप गिरी । प्रदीपका भाइ हुन् सुरेश । गङ्गाप्रसाद यहाँबाट वाम गठबन्धनका साझा उम्मेदावर हुन् । सिरहा–१ मा प्रदीप र गङ्गाप्रसादको चाखलाग्दो भीडन्त छ ।

स्थानीय तहमा पाएका मतलाई आधार मान्दा गङ्गाप्रसादभन्दा प्रदीप अलि बढी दबाबमा छन् । यसैले उनले जितका लागि केही नयाँ सूत्रको खोजी गर्दैछन् र गृहकार्य पनि । प्रदीप र गङ्गालाल दुवै बस्तीपुरका हुन् । यो अहिले लहान नगरपालिका–१४ मा पर्छ । 

उम्मेदवारको व्यक्तित्व र कार्यशैलीलाई लिएर काङ्ग्रेस र वाम गठबन्धनका नेता कार्यकर्ताको रोचक घोचपेच सुन्न पाइन्छ । रातोपाटीको टिम चुनावी ब्याटल ग्राउन्ड पुगेर काङ्ग्रेस र वामगठबन्धनका नेताहरूसँग भेट गर्दा यस्ता घोचपेच सुनियो । 

काङ्ग्रेसले प्रदीप गिरिलाई राष्ट्रिय नेता, बौद्धिक नेता र भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारेको छ । तर, वाम गठबन्धन प्रदीपको बौद्धिकतामाथि प्रश्न उठाउँछन् ।

वाम गठबन्धनका उम्मेदवार गङ्गाप्रसाद प्रदीपमाथि हमला गर्छन्– ‘म प्रदीपजीमा राष्ट्रिय अनुहार देख्दिनँ । म उहाँलाई बौद्धिक नेता पनि मान्दिनँ । उहाँको बौद्धिकता देशका लागि उपयोग भएको छैन । उहाँकै पार्टीमा पनि उपयोग भएको छैन । उनले चुनाव जितेर गए, दुई पटक समानुपातिक सांसद भए तर केही विकास गरेनन् । जनताले यसको हिसाब खोज्छन् ।’ 

प्रदीपमाथि अर्को आरोप छ– ‘उनी सिरहा बस्दैनन् र यहाँका जनताको सुखदुःखका साथै विकासमा साथ दिँदैनन् ।’ गङ्गाप्रसाद भन्छन्– ‘उहाँ कहिले दिल्ली, कहिले काठमाडौँ र कहिले अमेरिका बस्नुहुन्छ । त्यस्तो व्यक्ति जनतप्रतिनिधि बनाउँदा जनतालाई दुःख मात्र हुन्छ ।’

तर, गङ्गाप्रसादका यी भनाइसँग लहानमा भेटिएका काङ्ग्रेसका क्षेत्रीय सभापति अचमित लाल चौधरी सहमत छैनन् । उनी आफ्ना तर्क यसरी राख्छन्– प्रदीप नै यहाँका निर्विकल्प नेता हुन् । प्रदीप गिरी देशकै चर्चित नेता हुन् । उनको जन्मथलो यही हो । लहान नगरपालिका १४ पर्छ । पहिला जितेर जानुभयो । यहाँका लागि धेरै काम गर्नुभयो ।’ रातोपाटीसँग कुरा गर्दै उनले भने– ‘विपक्षीले उहाँ दिल्ली र अमेरिका बसेको कुरा गर्छन् । बुद्धि भएका मान्छे दिल्ली पनि बस्छन्, अमेरिका पनि बस्छन् । भाङ खाने मान्छेले भनेर हुन्छ । उहाँ विद्वान मान्छे हो । सबैले सम्मान गर्नुपर्छ ।’

काङ्ग्रेसले प्रदीपले संविधान जारी गर्दा हस्ताक्षर गर्न नमानेर मधेसको मुद्दामा आफूलाई जोडेको बताएको छ । यसले चुनावमा फाइदा हुने काङ्ग्रेस नेताहरू मान्छन् । 

संजय यादव नेविसङ्घका उपाध्यक्ष हुन्, जो सिरहावासी हुन् । उनले संविधान जारी गर्दा प्रदीपले हस्ताक्षर नगरेका कारण उनी मधेसको मुद्दामा संवेदनशील रहेको पुष्टि भएको र त्यसले चुनावमा फाइदा हुने बताए । ‘संविधान जारी हुँदा उहाँले हस्ताक्षर गर्न मान्नुभएन । योभन्दा मधेसीको पक्षमा ठूलो भूमिका के हुन्छ ?’ यादवले रातोपाटीसँगको कुराकानीमा भने– ‘यहाँको मधेसी समुदाय प्रदीपलाई जिताएर पठाउन हतार छ ।’

उता गङ्गाप्रसाद एक सय पाँच प्रतिशत आफ्नो जितको सुनिश्चत रहेको दाबी गर्छन् । उनी आफ्नो सूत्र ठान्छन्– ‘यहाँ वाम गठबन्धन छ । म निरन्तर जनताको साथमा छु । मैले यहाँका जनताको भावनाका नेतृत्व गर्छु । लहानमा एमालेले जितेको छ । म जनताको सुखदुःखको साथी हुँ ।’

गङ्गाप्रसादले मधेसी समुदायको वास्तविक हित वाम गठबन्धनबाट हुने भएकाले उनीहरूको मत आउने दाबी गर्छन् । 

विपक्षीले प्रदीपलाई पहाडी समुदायको व्यक्ति भनेका छन् । तर काङ्ग्रेस नेताहरू भन्छन्– ‘प्रदीप पहाडी होइनन् । मधेसी नै हुन् ।’

मधेसी समुदायको बाहुल्य रहेको सिरहा–१ मा मधेसी र पहाडीबीचको केही दूरी छ र यसमा केही मत विभाजन पनि हुन सक्छ । वर्गीय दृष्टिकोणको अभावले पहाडी र मधेसीको मनोविज्ञान देखा परेको गङ्गाप्रसादको भनाइ छ । 

गङ्गाप्रसाद २०५६ साल दोहरिन दाबी गर्छन् । उनका अनुसार त्यसबेला कृष्णप्रसाद भट्टराई प्रदीपको चुनावी प्रचारका लागि आएका थिए । कृष्णप्रसादले प्रदीपले चुनाव जिते गृहमन्त्री हुने पनि आश्वसन दिएका थिए । तर, यहाँका मतदाताले प्रदीपलाई रोजेनन् । 

काङ्ग्रेसले प्रदीपलाई जिताउन अहिले सम्पूर्ण शक्ति लगाएको छ । प्रधानमन्त्रीसमेत रहेका काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सिरहा–१ मा आएको प्रदीपका लागि भोट मागेका छन् । देउवा चुनावी दौडमा थोरै क्षेत्रमा मात्र पुगेका छन्, यस्तोमा उनको सिरहा–१ मा आगमनले प्रदीपमाथि केही दबाब रहेको सङ्केत गर्छ । 
प्रधानमन्त्री देउवाले सिरहा १ मा आएर एमालेमाथि बढी हमला गरे, कारण प्रदीपका प्रतिस्पर्धी रहेका वाम गठबन्धनका साँझा उम्मेदवार गङ्गाप्रसाद एमालेका केन्द्रीय तहका नेता हुन् । 

सिरहामै रहेको रातेपाटीको टिम देउवा सहभागी काङ्ग्रेसको चुनावीसभाको रिपोर्टिङ गर्न भगवानपुर गाउँपालिका पुगेको थियो । यो गाउँ नेपाल र भारतको सीमामा पर्छ । त्यहाँ मधेसी मतदातासँग प्रदीपको पक्षमा भोट माग्दै प्रधानमन्त्रीले भनेका थिए– ‘देशमा एकदलीय शासन व्यवस्था चाहने वाम गठबन्धन र जनताको अधिकार र प्रजातन्त्र चाहने काङ्ग्रेसबीच प्रतिस्पर्धा छ । जनताले राज्ने बेला आएको छ । एकदलीय शासन व्यवस्थामा जनताले बोल्न, लेख्न र सम्पत्ति राख्न पाउँदिनन् ।’

प्रधानमन्त्री यतिमा मात्र रोकिएनन् र एमालेमाथि हमला गरे– ‘मधेसी जनतालाई अधिकार सम्पन्न गराउन काङ्ग्रेसले संविधान संशोधनको प्रस्ताव अगाडि बढायो । एमाले मधेस विरोधी पार्टीका रूपमा आयो । एमाले मधेसी जनताको पक्षमा छैन । त्यसलाई रोक्न काङ्ग्रेसले चुनाव जित्नुपर्छ । काङ्ग्रेसले चुनाव जिते प्रधानमन्त्री हुने म हुँ । म प्रधानमन्त्री भए मधेसको समस्या हल हुन्छ । प्रदीपजीलाई चुनाव जिताएर पठाउनुस् ।’ 

उही कार्यक्रममा उम्मेदवार प्रदीपले पनि एमालेमाथि हमला गरे– ‘एमाले मधेस विरोधी पाटी हो । हाम्रो पार्टीमा एकसे एक मधेसी नेता छन् । म संविधानमा हस्ताक्षर गर्दा पनि मेरो पार्टी सभापतिले मलाई कारवाही गर्नुभएन । यो उहाँले देखाएको मधेसको मागप्रतिको सम्मान हो ।’

उनले भावी प्रधानमन्त्रीका रूपमा शेरबहादुरलाई अगाडि सारे । त्यसपछि दुई नम्बर प्रदेशमा कायपल हुने प्रदीपको भनाइ थियो । ‘अबको १५ दिनपछि शेरबहादुरजीले फेरि प्रधानमन्त्रीको शपथ लिनुहुन्छ । दुई नम्बरमा काङ्ग्रेसले ९० प्रतिशत जित निकाल्छ । त्यसपछि दुई नम्बर प्रदेशमा विकासको कायपलट हुन्छ ।’

आम मतदातासँग भोट मागिरहेका प्रदीपसँग परिवारकै सदस्यहरू टाढा छन् । तीमध्ये एक हुन्, एमाले केन्द्रीय सदस्य ममता गिरी । उनी पूर्वसांसद पनि हुन् । लहानमा रातोपाटीसँगको भेटमा उनले प्रदीपले चुनाव हार्ने बताइन् ।  

ममताका ठूलो बुबाका छोरा हुन् प्रदीप । ममताले सुनाइन्– ‘चुनाव अगाडि तिमी चुुनाव लड्छौँ कि लड्दैनौँ भनेर प्रदीप दाइले सोध्नुभएको थियो । मैले लड्दिन भनेँ । उहाँले दाजु र बहिनी चुनावमा लड्ने होला भनेर मेरो मन बुझ्न फोन गर्नुभएको रहेछ ।’

ममता भोट माग्न जादा प्रदीपकी बहिनी भनेर अन्यले चिनाउँछन् । त्यसबेला मतदाता दङ्ग पर्ने गरेको ममताले सुनाइन् । ‘वाम गठबन्धनको उम्मेदवरलाई मत माग्न जाँदा मतदाता नै दङ्ग पर्छन् । तपाईं प्रदीप गिरिको बहिनी, तपाईंको खानदान सबै काङ्ग्रेस, अनि तपाईं चाहिँ कसरी कम्युनिस्ट भनेर प्रश्न गर्छन् ।’ ममताले भनिन्– ‘तर, मलाईं प्रदीप दाइले केही भन्नुभएको छैन । छोरी मार्फत खबर पठाउनुभएको रहेछ, यो बेला ममता काठमाडौँ बसे पनि हुन्थ्यो भनेर ।’

ममता वाम गठबन्धले चुनाव जित्ने केही कारण देखाउँछिन् । उनको नजरमा वामले चुनाव जित्ने सूत्र हुन्, ‘गङ्गाप्रसादले सिरहाको माटोमा कम्युस्टि भएर काम गरेका छन् । जनताको सुख, दुःखमा साथ दिएका छन् । काम मात्र गर्नुभएको छैन कि जनताका हरेक समस्यामा जोडिनुभएको छ । केन्द्रसँग समन्य गरेर काम गर्नुभएको छ । जनता माझ लोकप्रिय हुनुहुन्छ । राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरेको एमालेको पृष्ठभूमि छ । यो जनातले मन पराएका छन् ।’
वाम गठबन्धनलाई स्थानीय तहमा मिलेको जितले पनि उत्साही बनाएको छ । 

स्थानीय तहको मतलाई आधार मान्दा एमालेले ४१ मध्ये १८ वडामा जित हासिल गरेको छ । स्थानीय तहमा एमालेले यस क्षेत्रमा वडागत आधारमा २० हजार १ सय ३४ मत पाएको छ । 

काङ्ग्रेसले ४१ मध्ये १० वडा जितेको छ भने उसले पाएको मत १६ हजार ९ सय ८० छ । सङ्घीय समाजवादी फोरमले पनि सो क्षेत्रका १० वडा जितेर १४ हजार ४ सय १३ मत पाएको छ । 

माओवादीले यस क्षेत्रका ३ वटा वडा जितेर ४ हजार १ सय ६१ मत पाएको छ भने राजपाले एउटै वडा नजिते पनि ६ सय ४६ मत पाएको छ । राप्रपाले करिब ४ हजार मत यस क्षेत्रमा पाएको छ ।

वामपन्थी गठबन्धनमा एमालेको २० हजारमा माओवादीको ४ हजार मत थपिँदा २४ हजार पुग्छ । काङ्ग्रेस एमालेभन्दा ४ हजार मतले पछाडि छ । 

राप्रपाका केन्द्रीय सदस्य चौधरी नै एमालेबाट उम्मेदवार बनिसकेका कारण राप्रपाको अधिकांश मत एमालेतिरै गएको अवस्थामा भने गिरी र मधेसी गठबन्धनका यादवलाई सकस गर्ने देखिन्छ ।

वामपन्थी गठबन्धन काङ्ग्रेसभन्दा ८ हजार मतले अगाडि छ भने काङ्ग्रेस फोरमभन्दा २ हजार मतले अगाडि छ । तर, चुनावका बेला हुने समीकरणहरूले यो मतलाई तलमाथि पार्न सक्छ । स्थानीय चुनावपछि थपिएका मतदाताहरूको हिसाब स्थानीय चुनावको मत परिणामका आधारमा हुन सक्दैन । 

सिरहामा काङ्ग्रेस र वाम गठबन्धनको लडाइँमा मधेसवादी दलको गठबन्धन पनि दौडमा पछाडि छैन । राजपा र सङ्घीय समाजवादी फोरमबीचको गठबन्धनले यहाँ काङ्ग्रेस र वाम गठबन्धनलाई दबाब बनाएको छ । यदि आफूले चुनाव हार्ने ठाउँमा मधेसी गठबन्धनले काङ्ग्रेसलाई सहयोग गर्यो भने वाम गठबन्धनका लागि त्यो ठूलो झ्टका हुन सक्छ । जब कि प्रदीप गिरी आफू यही कसरतमा छन् ।

सिरहा–१ मा त्रिपक्षीय प्रतिस्पर्धा हुन सक्छ । काङ्ग्रेसका प्रभावशाली नेता प्रदीप गिरीको उम्मेदवारी रहेको यो क्षेत्रमा एमाले र माओवादी केन्द्र गठबन्धनका तर्फबाट केन्द्रीय सदस्य गङ्गाप्रसाद यादव र मधेसी गठबन्धनका तर्फबाट सङ्घीय फोरमका केन्द्रीय सदस्य तथा पूर्व बिनाविभागीय मन्त्री राजलाल यादव मैदानमा छन् ।

तर, सङ्घीय समाजवादी फोरमका जिल्ला कार्यसमिति अध्यक्ष विजय यादव सिराह–१ मा आफूहरूको जितको सम्भावना रहेको बताए । आफ्नो उम्मेदवारको जितको सम्भावनाबारे उनको तर्क छ– ‘यहाँ वाम गठबन्धनलाई जवाफ दिने सोच छ । पहाडी र मधेसीबीचको मनोविज्ञान छ । काङ्ग्रेसको व्यक्तिगत भोट आउन सक्छ । वामबाट जहाँ टिकट जानुपर्ने हो, त्यहाँ नगएकाले वाम मतदाता पनि फोरमतिर आउन सक्छन् ।’

लहानमा होटल चलाएर बसेका राजेश चौधरीले यहाँका व्यापारीले अब मधेसमा थप आन्दोलन हुने परिस्थिति नआओस् भन्ने चाहेको बताए । ‘चुनावपछि शान्ति सुरक्षा राम्रो होस् । ढुक्कसँग व्यापार व्यावसाय गर्न पाइयोेस् । नौ नौ महिनामा सरकार फेरिन बन्द होस् र स्थिर सरकार बनोस् भन्ने व्यवसायीको सोच छ ।’ उनले भने– ‘व्यवसायीको मत त्यही मुद्दामा जान सक्छ ।’

सिरहा–१ मा लहान नगरपालिका, धनगढीमाई नगरपालिकाका १ र २ वडा, लक्ष्मीपुर पतारी गाउँपालिकाको २, ३, ४, ५ र ६ वडा, संखुवानान्कारीकट्टी गाउँपालिका र भगवानपुर गाउँपालिका पर्छन् । सिरहाको १७ स्थानीय तह छन् । सिरहा क्षेत्र नं. १ मा पर्ने देशकै सबैभन्दा ठूलो लहान नगरपालिका र सखुवा नन्कारकट्टी गाउँपालिकामा नेकपा एमालेले जितेको छ । एमालेकै मत परिणाम र वाम गठबन्धनले उनीहरूको मनोबल उच्च रहेको छ ।  

गिरीले मधेसी मोर्चाले सहयोग गर्ने विश्वास कायम राखेका छन् । गिरी २०५१ मा तत्कालीन सिरहा–५ बाट विजयी भएका थिए । २०५६ को निर्वाचनमा भने उनी सो क्षेत्रबाट नेकपा एमालेका धर्मनाथ साहसँग पराजित भए । 

२०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक तर्फबाट सांसद बनेका गिरी यसपटक क्षेत्र परिर्वतन गरेर प्रतिस्पर्धामा छन् । २०६४ को संविधानसभा निर्वाचनमा हालको २ नम्बर क्षेत्रबाट विजयी भएका फोरमका उम्मेदवार यादव २०७० सालकोे दोस्रो संविधानसभा निर्वाचनमा एमालेका रामचन्द्र यादवसँग पराजित भए ।

यस क्षेत्रका अधिकांश भाग अहिलेको १ नम्बर क्षेत्रमा गाभिएको छ । त्यसैले यहाँ फोरमका उम्मेदवारलाई पनि कमजोर आँक्न मिल्ने अवस्था छैन । व्यक्तित्वका कारण काङ्ग्रेसका नेता प्रदीप गिरी र सङ्गठन र स्थानीय तहको मत परिणामले वाम गठबन्धबीच प्रतिस्पर्धा देखिए पनि फोरम उम्मेवार पनि दौडमा पछाडि छैनन् । 

सिरहा–१ मा मधेसवादी दलप्रति सहानुभूतिको मत पनि उल्लेख्य रहेका कारण विगतमा मधेसी दलले उठाएको एजेन्डामा जनताले साथ दिने मधेसी गठबन्धनका उम्मेदवार यादवको विश्वास छ । उता लहान नगरपालिकाका प्रमुख मुनी साहसँग प्रतिस्पर्धा गरेर करिब ५ हजार मत ल्याएका राप्रपा नेता लगनलाल चौधरी एमाले प्रवेश गरेर प्रदेशसभाको उम्मेदवार बनेका छन् । उनको यो कदम वाम गठबन्धनका लागि फाइदाको विषय हो । 

यहाँ राजपा तथा फोरमको गठबन्धनसँग काङ्ग्रेसले लेनदनको राजनीति गरिरहेको छ । मनोनयन फिर्ता लिने अन्तिम समयसम्म पनि मधेसी मोर्चाका उम्मेदवार यादवले काङ्ग्रेस नेता गिरीलाई समर्थन गर्ने हल्ला चले पनि अन्ततः त्यो सफल भएन । अन्ततः मधेसी गठबन्धनका तर्फबाट राजलाल यादवको उम्मेदवारी परेपछि काङ्ग्रेस र मधेसी गठबन्धन दुवै आफ्नो मतको रक्षा गर्ने रणनीतिमा पुगेका छन् । वाम गठबन्धन अन्तिम समयमा भाँडिएको गठबन्धन नै आफूहरूको जितको आधार रहेको बताएको छ । तर, मधेसी मोर्चा र काङ्ग्रेसवीच सहमति जुटाउने कोसिस बन्द भएको छैन । 

सिरहा क्षेत्र नं २ मा काङ्ग्रेसका जिल्ला सभापति रामचन्द्र यादव, वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेशचन्द्र दास यादव र  फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका शत्रुधन महतो कोइरी चुनावी प्रतिस्पर्धामा छन् । 

सिरहा क्षेत्र नं ३ मा काङ्ग्रेसका अमर रेग्मी, वाम गठबन्धनबाट एमालेका लीलानाथ श्रेष्ठ, फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका अशेश्वर यादवबीच भीडन्त हुँदैछ । 

सिरहा क्षेत्र नं ४ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अजयशङ्कर नायक, काङ्ग्रेसका निवर्तमान सांसद मोख्तार अहमद, फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव चुनावी मैदानमा छन् । 

यसैगरी प्रदेशसभाका लागि क्षेत्र नं १(क) मा  काङ्ग्रेसका सन्तोषकुमार चौधरी, वाम गठबन्धनबाट एमालेका  लगनलाल चौधरी, फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका वैधनाथप्रसाद साह मैदानमा छन् । 

क्षेत्र नं १ (ख) मा  काङ्ग्रेसका देवनाथ यादव, वाम गठबन्धनबाट एमालेका  अशोक यादव र  फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका राजकुमार गुप्ताबीच प्रतिस्पर्धा छ । 

क्षेत्र नं २ (क) मा  काङ्ग्रेसका शैलेन्द्रकुमार यादव, वाम गठबन्धनबाट माओवादी केन्द्रका जीवछ यादव र  फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका विजयकुमार यादवले उम्मेदवार छन् ।

२ (ख) मा  काङ्ग्रेसका तपेश्वर महतो, वाम गठबन्धनबाट माओवादी केन्द्रका मदन शेन श्रीवास्तव, फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका निर्मला यादवले उम्मेदवार छन् । 

क्षेत्र नं ३ (क) मा काङ्ग्रेसका मुस्ताक अन्सारी, वाम गठबन्धनबाट  माओवादी केन्द्रका रामकुमार यादव र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरम नेपालका मनोजकुमार सिंहबीच लडाइँ छ । 

क्षेत्र नम्बर ३ (ख) मा काङ्ग्रेसका सुभाष यादव, वाम गठबन्धनबाट एमालेका प्रमोद यादव, फोरम–राजपा गठबन्धनबाट फोरम नेपालका मनोरञ्जन गोइतबीच भीडन्त हुँदैछ । 

क्षेत्र नं ४ (क) मा  काङ्ग्रेसका कपिलदेव साह, वाम गठबन्धनबाट माओवादी केन्द्रका दिलीप साह र फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका रामकुमार मण्डलबीच प्रतिस्पर्धा छ । क्षेत्र नं ४(ख) मा काङ्ग्रेसका गणेश मण्डल, वाम गठबन्धनबाट एमालेका तुलसीप्रसाद यादव र फोरम–राजपा गठबन्धनका तर्फबाट राजपाका सुरेश मण्डलले प्रतिस्पर्धा गरिरहेका छन् । 

रातोपाटी @ ब्याटल ग्राउन्ड

तानातानमा प्रदेश नम्बर ५ को राजधानी, जता उम्मेदवार उतै राजधानी !

ब्याटल ग्राउन्ड सप्तरी : लाइन लागेर किसानले नेतालाई यस्तो भने

ब्याटल ग्राउन्ड सप्तरी : उपेन्द्रको अनुहारमा गजेन्द्रको ‘विरासत’ 

ब्याटल ग्राउन्ड मोरङ : महेशको ‘दिल’मा मोदीको ‘धड्कन’ !

ब्याटल ग्राउण्ड कपिलबस्तु १ : पूर्व ‘डिप्लोम्याट’ र ‘पूर्व डेपुटी’ कमान्डरको रोचक प्रतिस्पर्धा

रूपन्देही ३ मा खाँडको निर्वाचन क्षेत्र ‘हाइज्याक’ गरेका बोहोरा र भुसालको यस्तो छ चुनावी टक्कर

ब्याटल ग्राउन्ड सुनसरी : ज्ञानेन्द्रलाई सुनसरीमा पनि खतरा !

ब्याटल ग्राउन्ड मोरङ : मत माग्ने ‘पञ्चायती’ शैली !

ब्याटल ग्राउन्ड सुनसरी : भोट बैङ्क मात्र बने कोशीपीडित

मधेस आन्दोलनको उद्गम थलोमा चुनावी कार्यक्रम शून्य (फोटोफिचर)

रूपन्देही ३ मा खाँडको निर्वाचन क्षेत्र ‘हाइज्याक’ गरेका बोहोरा र भुसालको यस्तो छ चुनावी टक्टर

पूर्व ‘डिप्लोम्याट’ र ‘पूर्व डेपुटी’ कमान्डरको रोचक प्रतिस्पर्धा

ब्याटल ग्राउन्ड झापा–५ : ओलीको बोलीले प्रतिस्पर्धी घायल !

ब्याटल ग्राउन्ड मोरङ–६ : ‘विरासत’ भर्सेस ‘सेलिब्रेटी’, ‘प्लेन’ भर्सेज ‘साइकल’ !

चार दिन प्रचण्डलाई पछ्याउँदा...

ब्याटल ग्राउन्ड झापा : हात्ती अघिअघि नेता पछिपछि !

काठमाडौं–१ मा अनिलको प्रचारशैलीः मतदाताका घरघरमा हवाईपत्र

प्रचण्डको चुनावी अभियानलाई प्रकाशपुत्र प्रसिद्धको साथ

ब्याटल ग्राउन्ड झापा– १ : नयाँ र पुराना ‘टुरिस्ट’ बीच भिडन्त !

ब्याटल ग्राउन्ड झापा : जसलाई छैन चुनावको चासो !

ब्याटल ग्राउन्ड–राजधानीको मैदानमा एक्ली ‘हेभिवेट’ महिला !

ब्याटल ग्राउन्ड झापा–३ : सिटौलाको भर ‘जनता’माथि, लिङ्देनको भर ‘अङ्कगणित’माथि

ब्याटलग्राउन्ड झापा : यस्तो देखियो चुनावी रौनक (फोटोफिचर

यस्तो छ प्रचण्ड र विक्रम पाण्डेका मतदाताको मुड

प्रचण्डलाई भोट माग्दै ओलीले भने, ‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच बर्ष सरकार चलाउँछौं !’

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

एमाले महासचिव पोखरेलको ब्याटल ग्राउन्ड : हारलाई उल्टाउने अन्तिम प्रयत्न

ब्याटल ग्राउन्ड काठमाडौं १– अनिलको अनुहारमा मदनको झल्को !

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्र पौडेल र किसानको प्रचार शैली : तुलब्यानर थोरै, घरदैलो धेरै (फोटोफिचर)

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

ब्याटल ग्राउन्ड : रामचन्द्रको ‘गढ’मा किसानको हमला : के भन्छन् तनहुँका जनता ?

गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप