शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

औपनिवेशिक हिंसा : प्रथम विश्वयुद्धको कुरूप अनुहार (भाग–३)

शुक्रबार, १५ मङ्सिर २०७४, १० : ०७
शुक्रबार, १५ मङ्सिर २०७४

नश्लीय साम्राज्यवादको जिद्धीपनाको पुनरावलोकन हुनैपर्छ

हिंसाको आधुनिक इतिहासमा एकआर्काका कट्टर दुस्मन भनिएका मुलुकहरू कहिल्यै पनि एक आर्कासँग हिंसाका विचार र शैली आदान–प्रदान गर्न हिच्किचाएनन् । उदाहरणका लागि पछिल्ला जर्मन उदार साम्राज्यवादीहरू, अमेरिकाका अभिजातहरूको अश्वेत र आदिवासीप्रति गरिएको निर्मम व्यवहारबाट निकै प्रभावित भएका छन् । हुन त दशकौँ अघिका हिटलर अमेरिकाको स्पष्ट नश्लीय आग्रहबाट प्रेरित राष्ट्रियता र आप्रवासनको नीतिका प्रशंसक थिए । 

वास्तवमा नाजीहरू अमेरिकाको दक्षिणमा लागू गरिएको ‘जिमक्रो’को विधानबाट प्रभावित भएका थिए, जसले गर्दा अहिले भर्जिनिया, चार्लोट्सभिलेमा नाजीहरूलाई झण्डा फहर्याउन र ‘रगत र माटो’को नारा लागाउने वातावरण पाइरहेका छन् । 

नश्लीय हिंसाको इतिहास हेर्दा, पहिलो विश्वयुद्धमा लोकतन्त्र र अधिनायकवादलाई मुख्य एवं अप्रत्यासित विपत्तिका रूपमा चित्रण गर्नु गलत हुन्छ । भारतीय लेखक अरिबन्दो घोष जो उपनिवेश विरोधी विचारकहरूमध्ये एक थिए । उनले युद्ध सुरु हुनुअगावै ‘आडम्बरी, उग्र र प्रभावशाली युरोपले मृत्युदण्ड पाइसकेको छ’ जो ‘सर्वनास’को पर्खाइमा छ भनेर भविष्यवाणी गरेका थिए । त्यस्तै आशयको विचार पछि सन् १९१८ लियाङ किचाओले व्यक्त गरेका थिए । 

यी चतुर आँकलनहरू पूर्वीय ज्ञान वा अफ्रिकी दिव्यदृष्टि थिएनन् । पश्चिमा महानगरहरूको शान्ति उपनिवेशहरूमा कति युद्ध निर्यात गर्न सकिन्छ, त्यसले निर्धारण गर्दथ्यो । यो सामान्य ज्ञान धेरै अधिनस्थले सजिलै थाह पाइसकेका थिए । सन् १९५१ मा एरेंदेतले ‘दि अरिजिन्स अफ टोटलिटेरियानिज्म’ किताब लेख्नु अगावै । सन् १९१४ पछि आमहत्या र विनास भोगेका युरोपेलीहरूभन्दा पहिला नै एसियालीहरू र अफ्रिकीहरूले भोगेको थिए । 

जहाँ उनीहरूकै क्षेत्रमा उनीहरूकै जमिन कब्जा गरियो । आर्थिक र सांस्कृतिक संरचना नीतिगत रूपमा ध्वस्त बनाइयो र नवीनतम कर्मचारीतन्त्र र प्रविधिको सहयोगमा अधिकांश जनताको नास गरियो । धेरै समयसम्म युरोपको सन्तुलन गैरयुरोपेली मुलुकको असन्तुलनमा भर परेको थियो । 

अन्ततः १९औँ शताब्दीको अन्त्यतिर र २०औँ शताब्दीको सुरुवाततिरको साम्राज्यवादी र वर्चस्वको लडाइँले गर्दा अफ्रिका र एसियाका सुदूर क्षेत्र युरोपका लागि सुरक्षित स्थान बन्न छोडे । फलतः युरोपका जनता हिंसाको मारमा परे जुन हिंसाको मार एसियाली र अफ्रिकीहरूले धेरै पहिलेदेखि भोग्दै थिए । अन्ततः एरेंदेतले भनेझैँ, शक्तिका लागि गरिएको हिंसा– ‘एक भयानक विध्वंशात्मक मान्यता बन्न जान्छ । जसले अन्त्यमा केही र कसैलाई बाँकी राख्दैन’ भन्ने कुरा पुष्टि भयो ।   

‘सभ्य’ जनता यी प्रवृत्तिविरुद्ध स्पष्टरूपमा प्रतीरक्षा गर्छन् भन्ने अनुमान केवल भ्रम भएको छ । यसको सबैभन्दा उल्लेखनीय उदाहरण हो, ‘असभ्य’हरूविरुद्ध भएको लडाइँमा न्यूनतम नियमविरुद्ध गएको लडाइँ र स्खलित नैतिकताको उदासीनता । पश्चिमी सभ्यताका ‘सभ्यहरू’ जो नश्लीय प्रवृत्तिको विरोध गर्छु भनेर दाबी गर्छन्, उनीहरूको दाबीको भ्रम युरोप र अमेरिकामा चुलिएको नश्लीय अभियानले च्यातिएको छ ।

सार्वजनिक र व्यक्तिगत नैतिकताको भ्रष्टीकरणले अहिलेको समयको गैरन्यायिक युद्धको स्पष्ट चित्रण गर्छ । जुन नश्लीय पूर्वाग्रहले निर्देशित ‘वार अन टेरर’ आतङ्कविरुद्ध युद्धभन्दा खराब छ । यो युद्धले मुलुकभित्र र बाहिर रहेका उप–मानव दुस्मनलाई ‘सफाया गर्ने’ विचार राख्दछ र यसले यातना र गैरन्यायिक हत्याको लाइसेन्स दिन्छ । ती उप–मानवहरूमा पश्चिमा नागरिकहरू पनि पर्न सक्छन् । 

एरेंदेतले भनेझैँ युद्धको असफलताले युद्धप्रतिको निर्भरता झनै बढाउँछ । अर्थात यसले अघोषित युद्ध निम्त्याउँछ, राणमैदानहरू तयार गर्छ । मुलुकभर नागरिकहरूको अधिकार स्वछन्दतालाई कुल्चिइन्छ र विकृत मानसिक अधिपत्य जमाउन मदत पुर्याउँछ । अहिले ट्रम्पले ‘इरानसँगको आणविक सम्झौता कुल्चिदिन्छु’ र उत्तर कोरियालाई ‘दुनियाले कहिले नदेखेको वा नभोगे जसरी जलाइदिन्छु’ भन्ने धम्कीको अन्तर्य यही प्रवृत्ति हो । 

‘सभ्य’ जनता यी प्रवृत्तिविरुद्ध स्पष्टरूपमा प्रतीरक्षा गर्छन् भन्ने अनुमान केवल भ्रम भएको छ । यसको सबैभन्दा उल्लेखनीय उदाहरण हो, ‘असभ्य’हरूविरुद्ध भएको लडाइँमा न्यूनतम नियमविरुद्ध गएको लडाइँ र स्खलित नैतिकताको उदासीनता । पश्चिमी सभ्यताका ‘सभ्यहरू’ जो नश्लीय प्रवृत्तिको विरोध गर्छु भनेर दाबी गर्छन्, उनीहरूको दाबीको भ्रम युरोप र अमेरिकामा चुलिएको नश्लीय अभियानले च्यातिएको छ । यो अभियानलाई ह्वाइट हाउसमा रहेका स्वेत सर्वोच्चतावादीले खुलेरै साथ दिइरहेका छन् । अर्थात नियम उल्लङ्घन गर्न केही पनि बाँकी छैन् भन्ने प्रतीत गराइरहेका छन् । 

स्वेत राष्ट्रवादीहरूले उदार अन्तर्राष्ट्रियतावादलाई पहिल्यै किनारा लगाइसके । उनीहरूले दशकौँदेखि पश्चिमी राजनीति र मिडियाको भाषा बोलिरहेका छन् । संसारमा लोकतन्त्रको सुनिश्चितताभन्दा पनि, उनीहरू नाङ्गो रूपमा विदेशी ‘जङ्गलीहरू’ अर्थात आप्रवासी, शरणार्थी वा तथाकथित आतङ्कवादीबाट आएको खतराबाट गोरा जातिको सांस्कृतिक एकताको पैरवी गरिरहेका छन् । 

औपनिवेशिक हिंसा : प्रथम विश्वयुद्धको कुरूप अनुहार (भाग १)

तर गोराहरूको शताब्दीयौँदेखि नश्लीय क्रमहरूबाट आर्जन गरेको शक्ति, पहिचान, सुरक्षा र वर्चस्व भत्किँदै गइरहेको छ । अब चीनसँग युद्ध गरेर वा पश्चिममा जातीय नरसंहार मचाएर पनि स्वेत सर्वोच्चता कुनै हालतमा कायम हुनसक्दैन । मध्यपूर्व वा एसियाका थप्रै ठाउँहरूमा र अफ्रिकामा आतङ्क मचाउनु आतङ्कवादलाई अमेरिका र युरोपका गल्लीमा फर्काउनु हो अर्थात साम्राज्यवादी सपना र वर्चस्व अब आत्मघाती पलायनवादी कल्पना मात्र प्रमाणित भएको छ । उदाहरणका लागि बेलायती ब्रेक्जिटको कदम । 

औपनिवेशिक हिंसा : प्रथम विश्वयुद्धको कुरूप अनुहार (भाग–२)

देखिएको कुनै पनि उत्साहपूर्ण साम्राज्यवादी जोडहरूले वर्ग र शिक्षाका असामानतालाई छोप्न किमार्थ सक्दैनन् । अथवा आफ्नै मुलुकका जनताको जीवनशैली फेर्न सक्दैनन् । अन्ततः सामाजिक समस्याहरूको कुनै निदान भेटिँदैन । रोड्सले भनेझैँ बलियो रूपमा ध्रुवीकृत समाज गृहयुद्धको बाटोमा जानसक्छ र अहिलेको ट्रम्पका हर्कत र ब्रेक्जिटले, आफ्नै हानीको सम्भावनालाई बढाएको छ । 

सन् १९१४ अघिको आर्थिक र सामाजिक अनिश्चितताले गोरो हुनुलाई धर्म वा पन्थ बनाइदियो, जसले भयानक युद्ध रचायो । यिनै कारणले साम्प्रदायिक गोराहरूको समुदाय एक खतरनाक पन्थ बन्न पुगेको छ । उपनिवेशवाद, दासता, विभाजन, अल्पसङ्ख्यकलाई छुट्टयाउने नियतले बस्ती बनाउने प्रक्रिया, सैन्य सीमा नियन्त्रण र आम गिरफ्तारी र यातनालाई ऐतिहासिकरूपमा नश्लीय सर्वोच्चता कायम गर्न प्रयोग गरियो । अहिले यो सर्वोच्चतालाई जोगाइराख्ने अन्तिम र निराशाजनक प्रयास ट्रम्पले गरिरहेका छन् । 

‘इतिहासका विजेताहरू जब दासहरूबाट खोसिएका वर्चस्व जोगाउन कसरत गर्छन् र आफ्नो चित्र ऐनामा देख्न सक्दैनन् तब अराजकताको लहर संसारभरि फैलिने छ । यदि मानव अस्तित्व नै समाप्त हुँदैन भने पनि निश्चित रूपमा संसारले नदेखेको नश्लीय युद्ध भने हुनेछ’ जेम्स वाल्डविन यो– ‘डरलाग्दो सम्भाव्यता’ नकार्न नमिल्ने अवस्था आइसक्यो । कम्तीमा विवेकी चिन्तन अनिवार्य भइसकेको छ । नश्लीय साम्राज्यवादको जिद्धीपनाको पुनरावलोकन हुनैपर्छ र अहिले पश्चिमा शक्तिहरूमा केही हदसम्म जर्मनीले यो काम गरिरहेको छ ।

अहिले स्मृति दिवसले सत्य इतिहाससँग साक्षात्कार नहुनुको जोखिम निश्चितरूपमा प्रतीत गराइरहेको छ । यदि हामी सत्य इतिहासलाई उपेक्षा गर्दै जाने हो भने निश्चय नै आगामी शताब्दीमा भयानक विनासका बेला इतिहासकारहरूले प्रश्न गर्नेछन् । लामो समयको शान्ति रहँदा रहँदै पनि पश्चिमा शक्तिहरूमा रहेको उदासीनताप्रति । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पङ्कज मिश्रा
पङ्कज मिश्रा

(पङ्कज मिश्रा भारतीय लेखक, राजनीतिक टिप्पणीकार तथा बेलायतबाट निस्किने पत्रिका ‘द गार्जियन’का स्तम्भकार हुन् ।)

लेखकबाट थप