बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको चुनावी सभा : छत–छतमा जनता, सडकभरी सेना र प्रहरी (फोटोफिचर)

शुक्रबार, १५ मङ्सिर २०७४, ०९ : ५८
शुक्रबार, १५ मङ्सिर २०७४

सिरहा । प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रो चरणको निर्वाचनका लागि देश दौडाहामा छन् । यसै अन्तर्गत बिहिबार उनी सिरहाको भगवानपुर आइपुगे ।

काङ्गेस नेता प्रदीप गिरीको चुनावी क्षेत्रमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न उनी सिरहा पुगेका थिए ।

देशभर चुनावी कार्यक्रमलाई लक्षित भइरहेको आक्रमणको असर सिरहा पनि देखियो । 

काङ्ग्रेसका सभापति समेत रहेका देउवा आउने भनेपछि कार्यक्रम स्थल वरपर र आउने बाटोमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सयौँको संख्यामा सेना र प्रहरी तैनाथ गरिएका थिए ।

दाङको तुलसीपुरमा देउवा आफै सहभागी हुने कार्यक्रममा बम विस्फोट हुँदा म्यादी प्रहरीको समेत मृत्यु भइसकेको छ । त्यही भएर बिहिबारको कार्यक्रममा अप्रिय घटना हुन नदिन विशेष ध्यान दिइएको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले आफू फेरि देशको प्रधानमन्त्री बनेर मधेस र मधेसी जनताको समस्या समाधान गर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजु महर्जन
विजु महर्जन

विजु महर्जन फोटो पत्रकार हुन् ।

लेखकबाट थप