बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकाको लागि ‘लैबरी सिङगिङ स्टार’

बिहीबार, १४ मङ्सिर २०७४, १३ : ३४
बिहीबार, १४ मङ्सिर २०७४

काठमाडौं – एपिवान टेलिभिजनको रियालटी शो नेपाल आइडलको चर्चा र क्रेज कम सेलाउन नपाउँदै अर्को नयाँ गायन रियालिटी शो ‘लैबरी सिङगिङ स्टार’को चर्चा सुरु भएको छ । सनसाइन प्रोडक्शन हाउस आयोजक रहेको ‘लैबरी सिङगिङ स्टार’को अहिले ४ राउन्डको अडिसनअ सकिएको छ । 

स्कूलमा अध्ययन विद्यार्थीलाई लक्षित गर्दै आयोजना गरिएको यस प्रतियोगीता स्तरिय बनाउन कुनै कसुर बाँकी नराखिएको आयोजक संस्थाकी अध्यक्ष प्रमिला तामाङले बताइन् । 

पुष पहिलो साताबाट टेलिभिजनमा प्रशारण हुने तयारीमा रहेको प्रतियोगीतामा विभिन्न जिल्लाका बाल–बालिकाहरु सहभागी छन् । गायिका समेत रहेकी तामाङले भनिन्, ‘बाल–बालिकाहरुमा लुकेर बसेका प्रतिभालाई बाँहिर ल्याउन लैबरी सिङगिङ स्टार आयोजना गरिएको हो ।’ बाल–बालिका केन्द्रीत रियालिटी खासै नहुने देखेर प्रतियोगीता सुरु ग।रेको तामाङको भनाई रहेको छ । 

उनले ‘लैबरी सिङगिङ स्टार’का लागि विदेशका च्यानलका सेटजस्तै नेपालमा पनि सेट बनाएको बताइन् । ८ जिल्ला विद्यार्थीले काठमाडौमै प्रतियोगीताका लागी भोकल सिक्दै प्रतिभा प्रस्तुत गर्दै आइरहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप