बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सडक दुर्घटना हुँदा १२ जना घाईते

सोमबार, १२ असार २०७४, १७ : १९
सोमबार, १२ असार २०७४

राजविराज–पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा सोमबार ट्रक र माइक्रोबस एक आपसमा ठोक्किदा ९ जना यात्री घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आईरहेको गरेको बा २ ख २७४१ नम्बरको ट्रक र विपरित दिशाबाट गईरहेको बा ३ ख ८६६८ नम्बरको माईक्रो बस एक आपसमा ठोक्किदाँ दुर्घटना भएको हो । 


दुर्घटनामा सर्लाहीका ३५ बर्षिय सरोज कोईराला, झापाका २५ बर्षिय कृष्ण तामाङ, मोरङका १८ बर्षिय मौसमी लिम्बु र ६० बर्षिय जनता सरी राई, मकवानपुरका १८ बर्षिया सगुन विश्वकर्मा, मोरङका २१ बर्षिय प्रशान्त शाक्य घाईते भएका छन् । 


त्यस्तै, धनकुटाका ३० बर्षिय भोला थापा, काठमाण्डौका ४४ बर्षिय हेम काफ्ले र काठमाण्डौकै ४१ बर्षिया मन्जु काफ्ले दुर्घटनामा परि घाइते भएका छन् । घाइते सबै जनाको सप्तऋषी अस्पताल लहानमा उपचार भइरेहको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने माइक्रो बसका चालक फरार रहेकाले खोजी भइरेहको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 


त्यस्तै, सुरुङ्गा नगरपालिका–४ कदमाहामै स्कुटरको ठक्करबाट तीन जना घाईते भएका छन् । राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादैगरेको ना ३८ प १९६५ नम्बरको स्कुटरले साईकललाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा सुरुङ्गा नगरपलिका–७ बस्ने २५ बर्षिय ज्ञानदिप पाश्वान, सोहि ठाउँका २५ बर्षिय सुरेश साह र २० बर्षिय माधब यादव घाइते भएका छन् । घाइते तीनै जनाको मनकामना अस्पताल लहानमा उपचार भइरहेको प्रहरीको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप