शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दराज केमु मोबाइल सप्ताह हुँदै, ५० प्रतिशतसम्म छुट

सोमबार, १२ असार २०७४, १७ : ०५
सोमबार, १२ असार २०७४

काठमाडौं–दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । नेपाल सहित दक्षिण एशियाली मुलुक पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्म मार्फत विभिन्न समग्रीको अधिक व्यापार गर्दै आएको दराज केमुले मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो । 
असार १९ देखि २३ गतेसम्म केमु डटकम डटएनपीमा मोबाइल सप्ताह आयोजना हुने छ । सप्ताहमा अहिलेको बजार मुल्य भन्दाधेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने जनाइएको छ । सप्ताह अवधीभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइल ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ । योसँगै केमु डट कम डटएनपीबाट मोबाइल सप्ताह अवधीमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहकलाई आकर्षक उपहार पनि प्रदान गरिने जनाइएको छ । 
उक्त अवधीमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुट साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमुका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए । सन् २०१६ मा ब्ल्याक फ्राइडे नामक अनलाइन शपिंग इभेण्टको अपार सफलतापछि दराज केमुले मोबाइल सप्ताह २०१७ आयोजना गरेको हो ।
उक्त मोबाइल सप्ताहमा सामसुङ, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पो लगायत अन्य धेरै ब्राण्डका मोबाइल सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ । यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षण्का रुपमा रहने छन् । 
यस अघि आयोजना भएको व्ल्याक फ्राइडे इभेण्टमा केमु डटकम डटएनपीमा लाखौंको संख्यामा अनलाइन भिजिट आएको थियो । यसैको सफलताले आगामी दिनमा पनि अनलाइन प्लेटफर्ममा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न आफुहरु उत्साहित भएको प्रबन्ध निर्देशक अमात्यले बताए । 
मोबाइल सप्ताह अवधिमा केमु डटकमडटएनपी भिजिट गरि आफुलाई आवश्यक पर्ने कुनै पनि मोबाइल तथा अन्य सामग्री सुपथ मूल्य खरिद गर्न सकिने छ । केमु अनलाइन स्टोरका सेवाग्राहीहरुको मायाले नै आजको सफलता प्रप्त गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप