शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेस आन्दोलनको उद्गम थलोमा चुनावी कार्यक्रम शून्य (फोटोफिचर)

बुधबार, १३ मङ्सिर २०७४, ११ : ०८
बुधबार, १३ मङ्सिर २०७४

नेत्र पन्थी र सुरेश यादव

सप्तरी, मङ्सिर १३– २०७२ देखि २०७४ सम्म आन्दोलनकारीको चहलपल रहेको भारदर चौक यतिखेर सुनासान देखिएको छ । जब कि यतिबेला चाहिँ त्यो चौकमा चहलपहल रौनक हुनुपर्ने थियो । 
 

२०७२ को तेस्रो चरणको मधेसको प्रारम्भ विन्दुका रूपमा चिनिएका भारदह यतिखेर उदास र निरस देखिएको छ । सारा मधेस चुनावको रङमा रङ्गिएको बेला चौक जहाँ मधेसवादी दलको झण्डाले ढाकिएको हुन्थ्यो तर यतिखेर न कसैको झण्डा छ न कसैको प्रचारशैली नै । जब कि यतिबेला नै भरिभराउ हुनुपथ्र्यो ।
 

मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका बारेमा झापबाट सुरु गरेको रिपोर्टिङ सुनसरी हुँदै सप्तरी आउन लाग्दा भारदहको चौकमा हामी अड्कियौँ, त्यो यही भारदह हो जहाँबाट हतपत गाडीहरू बाटो काटन् डराउँथे, दलहरूको कुनै नकुनै कार्यक्रम भइरहन्थ्यो तर यो चुनावको बेलामा त्यहाँ केही नदेखेपछि हामी जिज्ञासा राख्दै एकछिन चौक चहार्यौँ । 
 

२००७ सादेखि विभिन्न आन्दोलनमा सहभागी हुँदै आएका ७५ वर्षीया कपलेश्वर माझी आन्दोलनकारीले ढालेको महेन्द्रको शालिक नजिक भेट भयो । 

यो भारदह चौक किन निराश भनी जिज्ञासा राख्न नपाउँदै उनले मधेसी दलका कारणले यस्तो भयो भनी सटिक जवाफ दिए । उनले भने– तपाईंहरू पत्रकार हुनुहुन्छ भने सुन्नुस्, मधेसवादी दललाई आन्दोलनसँग मात्र मतलब हुन्छ, मारेर, घाइते बनाएर गएका मधेसी नेताहरू आजसम्म यहाँ फर्केका छैनन् ।’
 

यो भारदह आन्दोलनबाट सातजनाको ज्यान गएको छ भने थुप्रै आन्दोलनकारी अङ्गभङ्ग भएको छ । राष्ट्रमा मात्र होइन, अन्तर्राष्ट्रिय रूप भारदह परिचित भइसकेका ठाउँ हो तर यो सुनसानले मधेसी नेताको नियतलाई प्रष्ट बुझाइरहेको आन्दोलनमा सहभागी हुँदै आएका श्यामसुन्दर साहले बताए । 


सप्तरीका लागि चुनावको केन्द्रविन्दु भारदह हुनुपर्ने हो, उनले भने मधेसी दलले आन्दोलनको समयमा विभिन्न आश्वासन बाँडे तर अहिलेसम्म एउटा पनि पूरा नगरेको बताए । 
 

६९ वर्षीया दुःखी मण्डलले पनि मधेसवादी दलको आशा गर्न बेकार हो तर आफूहरूसँग विकल्प नरहेको प्रतिकृया दिए । त्यही चौकमा भेटिएका मण्डलले यो आन्दोलनमा घाइते भएकाहरू घरमा जीवन मरणको अवस्थाबाट गुज्रिरहेको बताए । 

कसरी भयो घटना ?
प्रमुख तीन दलले ६ प्रदेशको सीमाङ्कनको खाका सार्वजनिक गरेपछि त्यसको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले साउन ३१ र ३२ गते मधेस बन्दको आह्वान गरेको थियो ।

 

भदौ ३१ गतेको बन्द शान्तिपूर्ण रह्यो । ३२ गते साँझ आन्दोलनकारीहरू पूर्व–पश्चिम राजमार्ग बन्द गरेर भारदहमा बसेका थिए । 
 

साँझ ६ बजेतिर प्रहरी बन्दकर्तासँग अनुरोध गर्न आए । भोलिपल्टदेखि फेरि अर्को अनिश्चितकालीन बन्द सुरु हुने भएकाले आन्दोलनकारीले पनि रोकिएका सवारी साधनलाई छोड्ने मनस्थिति बनाएका थिए । आन्दोलनको नेतृत्व गरिरहेकाहरूले बन्दकर्ता सर्वसाधारणलाई सम्झाई बुझाई सवारी आवागमन खुला गर्न चाहन्थे । 


त्यसका लागि उनीहरूले एक घण्टाको समय मागेका थिए । तर प्रहरीले तुरुन्त खोल्न दबाब दिँदै बल प्रयोग गर्यो, हवाई फायर र अश्रुग्यास प्रहार गर्यो । आन्दोलनकारीका तर्फबाट पनि प्रहरीमाथि ढुङ्गामुढा प्रहार भयो । राति ८ बजेसम्म प्रहरी र आन्दोलनकारीबीच दोहोरो झडप जारी रह्यो । अन्ततः आन्दोलनकारीहरू तितरबितर भए । ८ बजेपछि बन्द भएको सवारी आवागमन सुचारु भयो ।


 

अघिल्लो दिन बेलुकीको कुटपिटले भारदहका स्थानीयवासी प्रहरीसँग आक्रोशित थिए । करिब ६० जना बिहान ८ बजेबाट सडक बन्द गरेर बसे । प्रहरीले बन्दकर्तामाथि लाठीचार्ज सुरु गर्यो । बन्दको नेतृत्व गरिरहेका सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्र साह र जिल्ला अध्यक्ष दिनेश यादवलगायतलाई कुटपिट गर्यो । नेताहरूलाई निर्घात कुटिएको कुरा भारदह बजार र वरिपरिका गाउँहरूमा डढेलो जस्तै फैलियो । साढे आठ बजेबाट गाउँगाउँका मानिसहरू भारदहमा आउन थाले । उनीहरू पनि प्रहरीमाथि ढुङ्गामुढा गर्दै जाइलागे ।
 

आन्दोलनकारीको समूहले प्रहरीलाई लेखेर प्रहरी चौकीसम्म पुर्याए । चौकी नजिकैको घरमा बसेर प्रहरीले अश्रुग्याँस र गोली चलायो । आन्दोलन हेर्न भनेर घरबाट निस्केका बेला स्थानीय राजीव राउतलाई गोली लाग्यो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप