शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सबल नेतृत्वको चाहना : विकासमुखी जनभावना

मङ्गलबार, १२ मङ्सिर २०७४, १३ : ३५
मङ्गलबार, १२ मङ्सिर २०७४

    हजुरबाले सोध्नुहुन्छ– नाति अब यो गाउँको नेता को बन्छ रे ? हजुरआमा पनि जस्केलामा निस्केर कान थापेर सुन्दै भन्नुहुन्छ– “पर डाँडा गाउँकी पाखाघरे साहिँलाकी बुहारी पनि उठेकी रे नि !” चाउरिएको गालामा अलिकति हाँसो थपिन्छ । आज घरघरमा उही आशा छ– असल नेतृत्वको । सञ्चार माध्यम, अनलाइन, पत्रपत्रिका, फेसबुक, ट्विटर मात्र नभई चोक, चिया पाटी, प्रायः जमघट नै निर्वाचनमय बनेको छ ।

ऐतिहासिक रूपको प्रतिनिधि सभा र प्रदेश सभाको पहिलो चरणको ३२ वटा जिल्लामा निर्वाचन कार्य सञ्चालन भइरहँदा दोस्रो चरणको व्यग्र प्रतीक्षामा नेपाली जनमानस छ । अलिकति आशा अलिकति कर्मकाण्डिय आश्वासनका सपना बाँढ्ने नेतृत्वका घोषणापत्रसँग शङ्काको घेराले उत्तिकै डेरा जमाएको लाग्छ ।

जनमानसमा हौसला, टीकाटिप्पणीले चोक, चिया क्याफेसम्म यी जल्दाबल्दा विषय खँदिला छन् । साख जोगाउने, चुनावी प्रचार, भाषणका टिप्पणी, पार्टीगत आस्थालाई हरेक समाचारले समेटेका छन् । अलिकति महिला नेतृत्वका कुरा, अलिकति समावेशीका आवाज अनि परिवर्तनसँगै सुशासनका चर्चाले देश सजिएको छ । विशेषतः शिक्षा, स्वास्थ्य, नवपरिवर्तित सञ्चार, बाटोघाटो, रोजगारका अवसर, बिजुलीजस्ता सुविधाका कारण ग्रामीण समुदायले सहरतिर लम्किनुपरेको बाध्यताले आशाको सपना बुन्न थालेको छ । अब निर्वाचनपश्चात् सो सुविधाले ग्रामीण बस्ती सुसज्जित हुने अपेक्षासँगै गाउँ फर्क अभियानमा एउटा रौनक ल्याएको प्रतित हुन्छ । चुनावी दौडानसँगै घोषणपत्रमा कोरिएका सपनाले भने जनतामा उस्तो विश्वास नगरेको पनि उत्तिकै छ । तथापि केही परिवर्तन हुने तथा केन्द्रीय शक्तिका कारण भोगिएको सास्ती कम हुने जनसोच पनि बढेको पाइन्छ । 

यो यथार्थ हो– विदेशमा बस्ने लाखौँ नेपाली, स्वदेशकै टाढाको प्रदेशमा कार्यरत नेपालीको मताधिकार त्यसै खेर गएका पीडा छन् । चाहेर पनि मतदान गर्न पाएका छैनन् । निजी क्षेत्रमा कार्यरत नेपालीलाई बिदा पाउन कति कठिन हुन्छ, त्यो भोग्नेलाई थाहा हुन्छ । फेरि एउटै वर्षमा दुई निर्वाचनका बिदाका विषय अप्ठ्यारो बनेकै हो । काठमाडौँमा यसो पेटको समस्या हल गरी जेनतेन बाँचेका नेपालीले ताप्लेजुङमा गएर भोट हाल्ने कार्य कति खर्चिलो र कति जटिल बन्छ, त्यो पनि भोग्नेले मनन गरेको हुन्छ । अर्को पक्ष, कतिपय मतदातालाई अभैm पनि कसरी मतदान गर्ने भन्ने अन्योलता नरहेको पाइएन । अर्कोतिर बम बिस्फोटका घटनाले पनि जनतामा त्रासदी परिस्थिति जन्माएकको पीडा गाँसिन पुग्यो । बूढापाका तथा अपाङ्गता भएका व्यक्तिका लागि विशेष व्यवस्था हुन सकेन । यसको अर्थ मतदातामा हौसला घटेको हो भन्नै मिल्दैन । यसो भनिरहँदा हुम्लाको १९ मतदाता भएको स्थानमा मतदाता मत हाल्न नआएका घटना लगायतका अन्य उदाहरण देशमा माग पूरा नभएकै खाले वेदना पनि जोडिन्छन् । यसर्थ मतदाता अधिकार संरक्षण र मतपेटिका संरक्षण गर्दै धाँधलीरहित, स्वस्थ, स्वच्छ र निष्पक्षता कायम गर्ने कार्य देशको आवश्यकता र जनताको अपेक्षा हो । चितवनको स्थानीय निर्वाचनमा भएभैmँ अवस्था कतै कसैबाट नहोस् । आगामी निर्वाचनका लागि पनि यो अत्यावश्यक विषय बन्ला नै । पुराना नेतृत्वमा नयाँ कुराको भाषणे जलप थपिएका सोचसँगै युवा नेतृत्वले पुरानाको शेषपश्चात् मात्र अवसर पाउने मनोवैज्ञानिक दर्द पनि कुण्ठित भएकै छन् । तर, जनताका पीरमर्कालाई बेलाबेलामा बुझ्ने आदत हुने हो भने यसरी चुनावमा घरदैलोमा हात जोड्ने आवश्यकतै पर्ने थिएन होला । विगतका चुनावमाभैmँ भोट माग्ने बेलामा जनताका घरदैलोमा जाने तर अरू बेला जनगुनासालाई भाषणमा सीमित राख्ने परिपाटीले विकासमुखी भावनालाई समेटिएका पार्टीका घोषणापत्रप्रति जनतालाई विश्वास लाग्दैन ।
  

 निर्वाचनले ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने आशासँगै ग्रामीण जनतामा उत्साह बढेको पाइन्छ । स्थानीय स्रोतको परिचालन गर्दै ‘आफ्नो गाउँ, आपैmँ बनाऔँ’ भन्ने आदर्श विचारले अलिकति देशको शक्ति विकेन्द्रीकृत बन्दै गएको आभाष हुन्छ । चाहे वाम गठबन्धन या त लोकतान्त्रिकलगायतका अन्य नेतृत्वको चुनावी रौनक होस्, आखिर जनचाहनामा समृद्धि र रोजगारको आशा छ । आजका लागि योग्य, दक्ष, सबल नेतृत्वमा एउटा महŒवपूर्ण गुण भ्रष्टाचाररहित सोच हुनु आवश्यक छ । देश विकास हुन व्यक्ति, परिवार हुँदै समाज, टोल, क्षेत्र, प्रदेश विकसित बन्ने विकेन्द्रीकृत परिवेश चाहिन्छ नै ।

सहरीकरणले निम्त्याएको जटिलतालाई ग्रामीण विकासको सोचले घटाउने अर्को आशाको किरण पलाएको छ । प्रचारमय बनेको चुनावी माहोलमा भइरहेकाकेही निर्वाचन आचारसंहिता उल्लङ्घनका अनुशासनहीनताले अलिकति स्थान ओगट्यो । भयावह त्रासदी झडप, बम प्रहारका कारण जनतालाई स्वच्छ, स्वस्थ भयरहित निर्वाचनको वातावरण तय नहोला कि भन्ने भय उत्पन्न भएको छ । एउटा सभ्य नागरिकले यहाँसम्मको निर्ममतालाई रुचाउन सक्दैन । सोझा, निरीह सर्वसाधारणको जनजीवन र बाँच्ने अधिकारमा भयावह त्रासदी तथा अमानवीय व्यवहार नहोस् । सबै नेपालीले आनन्दसँग जिउन पाउने कुरालाई आफ्नो जीवनजस्तै गरी सबैलाई सोचौँ । हिंसा कुनै समस्याको समाधान भएको भए हिजोको बाह्र वर्षे जनयुद्धले आखिर कतिको काख रित्यायो, कतिको सिन्दुर पुछ्यो, अँगालो खोस्यो जसलाई हरेक चाडले आँशुको उपहार दिन्छन्, रोदन र भक्कानिएको हृदयविदारक दृश्यमा कति नेतृत्वको मन पिरोलिएको छ । १७ हजार सहिदका आमाबाबा, आफन्तको त्यो रोदन कति हृदयविदारक बन्यो द्वन्द्वमा संलग्न र सत्तामा बसेर ज्यान मार्नेले बुझ्नै पर्ने विषय हो भने अबका पुस्ताले मनन गर्ने बेला हो । बरु अन्य हिंसारहित तौरतरिकामा माग राख्नु बढी बौद्धिक बन्ला किनकि लोकतान्त्रिक देशमा सबै जनतालाई आफ्नो माग राख्न पाउने अधिकार अवश्य हुन्छ नै । 

    यसर्थ, कसैलाई दोषी बनाएर आपूm इमानदार भएको पुष्टि गर्नुभन्दा आदर्श व्यक्तित्वको सोचले जनताको भावनालाई बुझ्नुमा बुद्धिमानी हुन्छ । हरेक नेतृत्वले सङ्कीर्ण सोचलाई त्यागेर सिङ्गो समाज र देशको समुन्नतिलाई हेरेमा मात्र आदर्श नेतृत्वको परिचय झल्किन्छ । सामाजिक सञ्जालमा एक अर्काप्रति अनावश्यक आरोप प्रत्यारोप गर्दै आपूmलाई राम्रो भन्ने सङ्कीर्ण सोचले पनि जनतामा भावनात्मक दमन भएकोभैmँ लाग्छ । यसको साटो जनताको भावना जित्नलाई जनचाहना बमोजिमका सुविधा, विकासका प्रामाणिक, सम्भव हुने आधारसहितका अनुसन्धेय विषयमा ध्यान दिनु उपयुक्त हुने थियो । अझ भोट हाल्न नजानेर बदर हुने मतदातालाई सिकाएर सहयोग गरेमा झनै बुद्धिमानी होला नै । विरोधी भावनाले आपूm राम्रो हुँ भन्ने १८औँ शताब्दीको प्राचीन सोचलाई अब हरेक दल, कार्यकर्ता या त सचेत नागरिकले बदल्नु अत्यावश्यक छ । कतिपय स्थानमा गठबन्धनको उम्मेदवारीका कारण जनतामा कता–कता भावनात्मक दोधारको स्थिति उत्पन्न भएको बुझिन्छ । चोक, समुदायमा कसले जित्ला भन्ने प्राक्कल्पनाले वादविवाद सृजना गर्दै गर्दा चर्काचर्की पनि चलेको सुनिन्छ ।

आशाको गोरेटासँग हुर्किएको चुनौतीलाई जनता आपैmँले सुझबुझमा राख्नु साँचो पहिचान बन्ला । त्यसमा पनि चुनावलाई स्वच्छ, स्वस्थ र दबाबरहित अनिधाँधलीरहित बनाउनलाई बाधा पुर्याउनु भनेको आफ्नो अधिकारलाई आपैmँले डढाउनु हो । आज पनि हाम्रो देशका कुना कन्दराले गरिबीको रापबाट उम्कन नपाएको बाध्यताले नोटमा बिक्ने भोटको कारण अधिकार कुण्ठित छ । नेताहरू गरिबका टहरामा गएर भोट माग्न जान्ने तर जितेर गएपछि फर्केर नहेर्ने प्रवृत्तिले पनि जनताले उक्सिन पाएका छैनन् । जनतालाई गाँस टिप्ने समस्या छ, फलतः कर्णाली क्षेत्रजस्ता बस्तीले निर्वाचनलाई भन्दा छाक टार्ने कामलाई प्राथमिकतामा राख्नुपरेको विडम्बना छ । 

    आफ्नो गाउँको समुन्नतिप्रतिको समृद्ध सोचलाई मूर्तता दिने सर्जकले बाटो खोजिरहेका छन् । राज्यले हिजो स्थानीय निर्वाचनका लागि प्रति मतदाता रु. ५,०००।– खर्च गर्नुपरेको डरलाग्दो तथ्याङ्कलाई निकाल्दा तडकभडकजन्य यस्ता निर्वाचनले देशको अर्थतन्त्र कसरी स्वाहा भइरह्यो, सो पनि त सोचनीय छ ।

यो मोटो रकमलाई भोलिको निर्वाचित सरकारले कसरी सन्तुलित तुल्याउने मननीय छ । यसर्थ अब त स्थानीय सम्भाव्यता र विकासशील अवस्थाको उत्खनन हुनु, योजनामा जनसहभागिता जुट्नु पक्कै विचारणीय बन्ला । अझ पाटीका सभामा हजारौँले दिएको समय र त्यो सभामा खर्चिने रकमको उत्साहजस्तै हरेक नागरिकले विकासमा जुट्न थाल्ने हो भने मुलुकलेकति चाँडो मुहार फेथ्र्यो होला । यसर्थ अब बन्ने हरेक नेतृत्वले नेपाली मौलिक रामराज्यको सोचलाई चिन्नु आवश्यक छ । अनेक बखेडाका अड्को थापेर देशलाई झुलाउन जान्ने तर गरिबका शरीरमा एक सरो कपडा फेरिदिन आँट नगर्ने हाम्रा स्वभावको परिणाम गरिबीको पीडा नै हो । समस्यामा झुल्ने आदतले कैयौँ वर्ष विकासका महान् योजनापछि परिरहेका छन् । भ्रष्टाचारीलाई पक्षपोषण गर्ने ठीक विपरीत कर्मशीलको प्रशंसा र प्रोत्साहनको साटो खुट्टो तान्ने पुरानो स्वार्थी आदतले राम्रै नेतृत्व कतै न कतै चुकेका यथार्थ छन् । 

    लाखौँ जनताले आफ्नो सीप र क्षमतालाई घर, टोलमा पोख्न पाउने आशा बोक्दै घरपरिवारसँग नातो गाँस्न चाहेका छन् । थप अभिलाषामा चुनावी आस्थासँगै मनका पीडा र रोजगारी अभावका पीडा भाव पस्किरहेका छन् । यो पनि असत्य होइन, दशौँ वर्ष यतादेखि देशका मोटा–मोटा रकमले नैतिकता र अनिर्णयको बन्दीमा डुबाउँदै विकासको साटो विनास, मारपिट, आन्दोलन, चक्काजामजस्ता आर्थिक दुरुपयोगी भड्किला व्यवहारबाट अब भने जनताले पाठ सिक्नु आवश्यक छ । यो रकम र यो जनशक्ति दशौँ वर्ष यसरी विकासकै मार्गमा एक भएर होमिने हो भने देशले गरिबीको पगरी गुथिरहनुपर्ने बाध्यता पक्कै समाप्त हुन्थ्यो होला ।

गरिबीको वेदनाले छटपटिँदै पसिनालाई पैसामा साट्ने ठूलो स्वप्ना बुनेर हजारौँ नेपाली युवायुवतीले विदेशिनुपरेको पीडाले कस्को मन नदुखेको होला । जति नियम बनून् तर मेनपावरमा घरखेत धितो राखेर ल्याइएको लाखौँको बिटो बुझाए पनि तोकिएको रकम मात्र तिरेको बिल पेस गरी विदेशिनै पर्ने बाध्यताले श्रमप्रेमीका कलेजीमा दर्द छ । कति नेपालीले परदेशकै भूमिमा आफ्नो प्राण छोड्नु परेको, कतिका हत्या गरिएका हृदयविदारक घटना सञ्चार माध्यममा आइरहेकै छन् । अतः स्थानीय निर्वाचनसँग स्वरोजगारीका सपनालाई नेपाली जनताले बुन्न थालेका छन् । 
  

 जनताले नेता र नेतृत्वलाई जताततै गाली गर्छन् । सत्तोसराप गर्छन्, यतिसम्म कि राम्रो काममा समेत् विश्वास नलागेर विरोध गर्न बाँकी राख्दैनन् । कारण राजनीतिले उत्पन्न गराएको वितृष्णा नै हो । तर, हामी सबै सकारात्मक उन्नति चाहन्छौँ तर अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ । आजसम्म त भ्रष्ट्राचारको क्षेत्र केन्द्रिय स्तरमा थियो तर स्थानीय चुनाव हुँदै जाँदाभ्रष्टाचारको आशा गर्नेहरू गाउँगाउँ, चोक–चोकबाट जन्मिनु हुँदैन । देशमा पीडा र जनभावना पर्दापछि नै रहेको गुनासा छन् । भूकम्प पीडितमा फास्ट ट्र्याकको नीति बन्न सकेन । वृद्ध, बालबालिका, सुत्केरी असक्त खुल्ला आकाशमा सहारा माग्दै गरेको दुःख देख्न नसकेर कसैले अलिकति दया गर्यो । नेपाली मरे । नेपालीलाई दुःख भयो भन्दै गर्दा मनकारीहरूले दिएका राहतलाई सजिलै कुम्ल्याउने धृष्टतामा नेपालीले नै कञ्जुस्याइँ गरेन । त्यसैले त नेपाली जनताले नेताको भ्रष्टाचारी, स्वार्थी प्रवृत्तिका कारण राष्ट्रवादी विचारलाई पनि छुट्याउन सकेका छैनन् । 

    सेवा र जिम्मेवारी बाँडफाँड गर्ने उद्देश्यले देशका कुना कन्दरालाई विकसित तुल्याउँदै सम्पूर्ण जनताका हक र अधिकारको सुनिश्चितता गर्न तथा समृद्ध बनाउने मूल आधारशीला अबको निर्वाचनले चुन्ने आशा जनतामा जागृत भइरहेको छ । केवल नेतृत्व छान्नेभन्दा गाउँ विकासमा सबल जनप्रतिनिधि चयनलाई लिएर जनतामा उत्साह छ । आफ्ना हक र अधिकार सुनिश्चित गर्दै शक्ति विकेन्द्रीकरणको आशाले जनमानसमा उमङ्ग बढ्दो क्रममा छ ।

भ्रष्टाचार नियन्त्रण गर्दै गाउँको विकास गर्नसक्ने ‘हाम्रोलाई होइन राम्रोलाई भोट’ भन्ने नवसोच र नारा घन्किएकै छन् । आफ्नो दुःख आपैmँसँग हुन्छ । मर्दापर्दा चाहिने इष्टमित्रको स्वाभिमानी नेपाली परम्पराको प्रेम विश्वका कुनै देशमा छैन । तर, हामीले हाम्रो घरायशी ससाना विषयलाई पनि पराइसमक्ष लाजमर्दो गरी झोली पैmलाएर सहयोगमा साथ माग्नु आवश्यक र नैतिकताका लागि पाच्य नहोला । देश हाम्रो हो, देशको परिमाण भलै सानो होला तर देशप्रतिको श्रद्धा हरेक देशप्रेमीका लागि सदैव महान् हुन्छ । जनताका समस्यालाई बुझ्ने प्रेमी भावलाई चिनौँ । अतः अब भाषणले होइन व्यवहारले जनभावनालाई समेट्ने राष्ट्रवादी नेतृत्वले समाजको मनलाई जित्ने समय आएको अनुभूत हुन्छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’
लेखकबाट थप