शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कर्ण शाक्यको ‘म नागरिक कसरी बनौं’ सार्वजनिक

मङ्गलबार, १२ मङ्सिर २०७४, १२ : २२
मङ्गलबार, १२ मङ्सिर २०७४

काठमाडौं–व्यवसायी तथा लेखक कर्ण शाक्यको ‘म कसरी नागरिक बनौ’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक कर्णदासको स्वर तथा संगितमा लिपिवद्ध उक्त गितलाई बरिष्ठ गीतकार तथा कवि रत्नशम्शेर थापाले लोकार्पण गरेका हुन् ।  

कर्ण सकारात्मक कोषको आयोजनामा सम्पन्न लोकार्पण समारोहमा बोल्दै गीतकार तथा कवि डा. प्रकाश शायमीले यो गीतलाई गीत मात्र नभएर प्रत्येक नागरिकको जिम्मेवारीबोधको अभिव्यक्ति पनि भएको टिप्पणी गरे । यस्तै कार्यक्रममा बरिष्ठ गितकार तथा कवि रत्नशम्शेर थापाले कविताको अंग भएपनि गितको बेग्लै छन्द र गन्ध हुने भन्दै यस गितमा यी सबैको बेजोड संयोजन भएको र सबैले यसलाई गहिरिएर ग्रहण गर्न अनुरोध गरे ।
गितका गितकार तथा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले यो गीत मात्रै नभएर सकारात्मक सोच सम्बन्धी एउटा अभियान भएको बताए । 
कार्यक्रममा गायक तथा संगितकार कर्णदासले गीत प्रस्तुत गर्ने क्रममा आफ्नो गायकी जिवनकै यो उत्कृष्ट गित रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप