मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जापानको आविष्कार जसले हाम्रो जीवन नै बदलियो

सोमबार, १२ असार २०७४, १६ : ०५
सोमबार, १२ असार २०७४


न्युयोर्क – जापानलाई आविश्कारको देश पनि भनिन्छ । यसले हामीलाई रोबट, ल्यापटपदेखि कारहरु मात्र दिएको छैन, त्यहाँ गरिएका आविश्कारले हामीले जीवन जिउने तरिकालाई नै बदलिएको छ ।

सेल्फी
सन् २०१३ मा अक्सफोर्ड शब्दकोषले सेल्फी भन्ने शब्दलाई मान्यता दिएको थियो । तर, वास्तवमा सेल्फी स्टिक त्योभन्दा धेरै अघि देखि नै प्रचलनमा थियो । कहिले र कहाँ पहिलो सेल्फी स्टिक प्रयोग गरियो भन्ने कुराको विवाद कायमै छ । तर, सेल्फी स्टिकलाई ‘एक्सटेन्डर स्टिक’  भनेर जापानका हिरोसी उयेडा र युजिरो मिमाले सन् १९८० ताका प्याटेन्ट दर्ता गराएका थिए ।

काराओकी
काराओकी अहिले साथीभाई तथा कार्यालयका समकक्षीहरु मिलेर रमाइलो गर्ने साधनको रुपमा चर्चित छ । तर, यसलाई पहिलो पटक जापानीहरुले नै प्रयोग गरेका थिए । सन् १९७१ मा जापानी ड्रमर डाइसुके इनोयुले काराओकी मेसिनको आविश्कार गरेका हुन् ।

इमोजी
आज केही कुरा मेसेज गर्दा इमोजी व्यापक प्रयोग हुन्छ । तर, यो सन् १९९० को अन्त्यतिर नै जापानका फोनहरुमा उपलब्ध थियो । त्यतिबेला यो टेक्स्ट मेसेजका लागि भन्दा पनि पेजरहरुका लागि मौसमको जानकारी दिन र व्यवसायको जानकारी दिन प्रयोग गरिन्थ्यो । सन् २०१५ मा अक्सफोर्ड शब्दकोषले इमोजीलाई पनि नयाँ शब्दको मान्यता दिएको थियो ।

रामेन
रामेनलाई विश्वभरी जापानी खाना भनेर चिनिन्छ । तर, यसको उद्गम थलो भनेको चीन हो । १९ औँ शताब्दीमा यो काम गर्ने मजदुरहरुको प्रिय खाना थियो । सन् १९५८ मा पहिलो पटक रामेन वा इन्सटान्ट नुडल्स प्याक गरेर बजारमा पुर्याइएको थियो ।

निन्टेन्डो
निन्टेन्डोको निकै लामो इतिहास छ । सन् १८८९ मा फुसाजिरो यामुयाचीले हानाफुडा नामक खेल्ने कार्ड ल्याएका थिए । सन् १९३३ मा निन्टेन्डो कम्पनी दर्ता गरियो

भने सन् १९७० को ताकादेखि विद्युतीय खेलहरु उत्पादन गर्न शुरु गरियो । गेम ब्वाई, निन्डेन्डो ६४ र वि यसका सफल उत्पादनहरु हुन् ।

प्लेस्टेसन

सन् २००० मा सोनी कम्पनीले प्लेस्टेसन २ जापानमा रिलिज गरेको थियो । यो अहिलेसम्मकै सबैभन्दा सफल भिडियो गेममा पर्दछ । हालसम्म यसका १५ करोडभन्दा बढी कपी विक्री भइसकेका छन् । प्लेस्टेसन १ रिलिज भएको ६ वर्षपछि प्लेस्टेसन टु रिलिज गरिएको थियो । सन् २०१२ मा भने सोनीले यसको उत्पादन बन्द गरेको छ ।

सोनी वाकम्यान
सोनको स्टेरियो क्यासेट प्लेयर ‘वाकमान’ ले हामीले संगीत सुन्ने तरिका नै बदलिदिएको थियो । यसले मानिसहरुलाई जहाँ पनि संगीत सुन्ने सहजता प्रदान गर्न सफल रह्यो । सन् १९७९ मा सोनीले वाकमान विक्री गर्न थालेको थियो । पसलसम्म पुग्दासम्म सबै वाकम्यान बिक्री भइसकेको हुन्थ्यो ।

सुडोकु
सुडोकु एक पहेली भएको खेल हो । यसलाई माकी काजीले सन् १९८४ मा निर्माण गरेका हुन् । यो खेल विश्वभरि नै चर्चित रहेको छ । यसमा ९ बाई ९ को ग्रिडको हरेक ठाडो र तेस्रो भाग र ३ बाई ३ को ग्रीडमा एकदेखि ९ सम्म मिलाएर राख्नुपर्छ ।


भिएचएस
भिडियो हाउस सिस्टम वा भिएचएस सन् १९७६ मा जापानमा रिलिज गरिएको थियो । यसले टिभीका दर्शकलाई भिडियो रेकर्ड गर्न, भाडामा चलचित्र ल्याएर घरमा हेर्न सकिने सुविधा दियो । यसलाई सन् १९९६ पछि  डिभिडीले विस्थापित गरेको छ ।

विद्युतीय प्रेसर कुकुर
सन् १९५५ मा विद्युतीय कम्पनी टोसिबाले जापानको पहिलो विद्युतीय प्रेसर कुकर लञ्च गरेको थियो । यो तत्काल नै निकै चर्चित बन्यो । विशेष गरेर काम गर्ने जनसंख्याका लागि प्रेसर कुकर सफलताको मापदण्ड समेत बनेको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो ।

एलइडी लाइट
सन् १९९० को शुरुवातमा तीन जापानी वैज्ञाकि इसामु आकासाकी, हिरोेशी अमाने र सुजी नकामुराले सेमी कन्डक्टरको प्रयोग गरेर चम्किलो निलो प्रकाश निकालेका थिए । यो प्रविधि अहिले टिभीमा प्रयोग हुन थालेको छ ।


पकेट क्यालकुलेटर
क्याननले पकेटइलेक्ट्रोनिक नामले विद्युतीय क्यालकुलेटरको निर्माण गरेको हो । सन् १९७० मा ल्याइएको यो यन्त्रले ठूला डेक्सटप क्यालकुलेटरलाई विस्थापित गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप