शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटल ग्राउन्ड झापा–५ : ओलीको बोलीले प्रतिस्पर्धी घायल !

मङ्गलबार, १२ मङ्सिर २०७४, ११ : १६
मङ्गलबार, १२ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव

झापा– मङ्सिर १० गते झापा दमकस्थित एमाले अध्यक्ष केपी शर्मा ओली निवास पुग्दा सुनसान थियो । घर मर्मत गर्ने मिस्त्री र घरलाई सुरक्षा दिएर बसेका चारजना प्रहरी प्रहरीबाहेक कोही थिएनन् । 

यतिखेर उम्मेदवारको घरमा हुने भिडभाड र चहल पहल एमालेका अध्यक्ष ओलीको घरमा देखिएन, जब कि झापा–५ का प्रतिनिधिसभा उम्मेदवार हुन् उनी । हामी ओलीको घरमा कोही आफन्त भेटिन सक्छन् भन्ने अपेक्षासहित त्यहाँ पुगेका थियौँ । एउटा कोठामा बसेर ल्यापटप चलाइरहेका अनिल ओलीसँग भेट भयो । मङ्सिर २ गते ओली यही घरमा बसेका थिए । 
 
अनिल ओली रोमनाथ ओलीका छोरा हुन् । ओलीका आफन्त रोमनाथ दमक नगरपालिकाका मेयर हुन् । मेयर रोमनाथ केपीकै घरमा बस्छन् । रोमनाथ ओली केपी शर्माको ओलीको प्रचार प्रसार गर्न निस्किसकेका थिए । 

ओली आफै पनि आफ्नो निर्वाचन क्षेत्रमा धेरै खटिएका छैनन् । बरु, ओलीको क्षेत्रमा चुनावी कमान्डर बनेका छन् एमालेका क्षेत्रीय तहका नेता होमबहादुर थापा ।

केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा प्रर्याप्त समय नदिनुका पछाडि दुई कारण देखिन्छ । एउटा, ओली आफ्नो जितमा ढुक्क छन् । दोस्रो, वाम गठबन्धनलाई बहुमत ल्याउन उनी देश दौडाहामा छन् । 

वाम गठबन्धनको बुझाइमा झापा ५ मा ओलीले जित्ने मुख्य तीनवटा कारण देखिएका छन् । पहिलो, वाम गठबन्धन, दोस्रो, राप्रपाको समर्थन र तेस्रो काङ्ग्रेसको कमजोर उम्मेदवार । यी तीन कारणले ओलीको जित सुनिश्चित भएको वाम गठबन्धनका नेताहरूको दाबी छ । 

दमक नगरपालिकाका मेयरका रोमनाथ ओलीका छोरा अनिलाई सोध्यौँ, ओली कमरेड जितमा ढुक्क हुनुहुन्छ हो ? उनले भने– ‘ओली कमरेड जित्ने निश्चित नै हो तर कति मतले जित्नुहुन्छ, त्यो मुख्य कुरा हो । झापामा पनि ओली हार्ने कुरा कही हुन्छ ?’

केन्द्रमा कमल थापाको पार्टी काङ्ग्रेससँग सहकार्यमा छ । तर, झापामा ओलीले राप्रपालाई वाम गठबन्धनको छाताभित्र ल्याएका छन् । यो पनि रणनीतिक देखिन्छ । स्थानीय तहमा राप्रपाले पाएको मत प्रदेश र प्रतिनिधिसभाको चुनावमा निर्णयक हुन सक्थ्यो । यो भोट काङ्ग्रेसतिर जाँदा वाम गठबन्धनका उम्मेदवारमाथि दबाब हुन सक्थ्यो । यो बुझेका ओलीले आफ्नो जितका लागि यहाँ नयाँ समीकरणको सूत्र बनाएको केही नेताहरूले सुनाए । 

यस विषयमा राजेन्द्र लिङ्देनको पनि सङ्केत उस्तै छ । भन्छन्– हुनसक्छ ओलीले क्षेत्रमा आफूलाई चुनावी रूपमा सुरक्षित राख्नका लागि तीन नम्बरमा मलाई समर्थन गर्न लगाउनुभएको छ ।’

‘ओली वाम गठबन्धका तर्फबाट भावी प्रधानमन्त्रीका आकाङ्क्षी हुन् । यसैका लागि उनले आफ्नो जिल्लामा थोरै समय खर्चेर जित सुनिश्चत गर्न खोजेका थिए । यसैका लागि उनले केन्द्रको नीति नभए पनि झापामा राप्रपासँग चुनावी तालमेल गरे ।’ काङ्ग्रेसका एक नेता भन्छन्– ‘यो ओलीका लागि बाध्यकारी कदम थियो ।’

यहाँ आफूलाई राप्रपाको समर्थन जुटाउनकै लागि ओलीले झापा–३ मा राप्रपाका महासचिव राजेन्द्र लिङ्देनलाई वाम गठबन्धनको तर्फबाट समर्थन गराएको चर्चा झापामा आमजस्तै छ । 

यस विषयमा राजेन्द्र लिङ्देनको पनि सङ्केत उस्तै छ । भन्छन्– हुनसक्छ ओलीले क्षेत्रमा आफूलाई चुनावी रूपमा सुरक्षित राख्नका लागि तीन नम्बरमा मलाई समर्थन गर्न लगाउनुभएको छ ।’

वाम गठबन्धनबाट ओली आफै उम्मेदवार बन्ने भएपछि एमाले र माओवादी केन्द्रका अरू कुनै नेताले त्यहाँ चाहना राख्ने कुरै भएन । यसको असर काङ्ग्रेसभित्र पनि पर्यो । काङ्ग्रेसका केही नेताले अ‍ोलीसँग लड्ने आँट गरेनन् । यसैकारण प्राध्यापक डा. खगेन्द्र पाण्डव अधिकारीलाई उम्मेदवार बनाएको भन्नेहरू काङ्ग्रेसभित्र नै छन् । 

स्रोतका अनुसार जिल्ला नेतृत्वले निवर्तमान सांसद महेन्द्रकुमारी सुब्बा, महासमिति सदस्य सुरेश सुब्बा, महिला नेत्री रामकुमारी पौडेललाई उम्मेदवार बन्न आग्रह गरेको थियो । तर, उनीहरूले ओलीविरुद्ध चुनाव जित्न गाह्रो हुने भन्दै जवाफ फर्काएका थिए । 

२०७० सालको दोस्रो सविधानसभा चुनावमा ओलीसँग चुनाव लडेका सुरेश सुब्बाले पनि खगेन्द्र अधिकारीले गरेको सङ्केत पनि अनौठो छ । उनले भने– ‘प्रधानमन्त्री भइसकेका र भोलि पनि प्रधानमन्त्री बन्ने सम्भावना भएका व्यक्ति हो भन्दैमा ठाउँ खाली गर्न हुँदैन ।’

सुब्बाले जे भने यसले यहाँ काङ्ग्रेसले उपस्थिति मात्र जनाएको छ । ओलीका प्रत्याक्षी यो मान्न तयार छैनन् । तर खगेन्द्र अधिकारी भन्छन्– ‘मेरो जित सुनिश्चित छ ।’

उनले काङ्ग्रेससँग डराएर एमालेका अध्यक्ष ओलीले वाम गठबन्धन र राप्रपाको सहयोगमा उम्मेदवार बनेको टिप्पणी गरे । साढे १७ वर्षको प्राध्यापन पेसालाई छाडेर चुनावी मैदानमा होमिएका खगेन्द्रको राजनीतिक यात्रा ०४८ बाट सुरु भएको थियो ।

सुरुमै हात्तीसार क्याम्पसमा नेविसङ्घको एकाइ सभापति चयन भएका थिए । ०५७ देखि उनी त्रिचन्द्र कलेजमा प्राध्यापक बने । गौरादह नगरपालिका–३ निवासी अधिकारी काङ्ग्रेस महाधिवेशन प्रतिनिधि हुन् । यो क्षेत्रको चुनावलाई विपक्षीले राष्ट्रिय राजनीतिमा जति महत्व ठानेको छ, प्रतिस्पर्धा भने उति नै असहज ।

ओलीले ‘आफ्नो कोही कोही प्रतिस्पर्धी नरहेको र आफूले पनि नचिनेको’ बताएको खगेन्द्रले चित्त दुखाए । उनले भने– ‘ओलीजी जस्तो हामी हुनसक्दैनौँ, उहाँ सम्मानित व्यक्ति हुनुहुन्छ होला । तर, उहाँले आफ्नो भाषणको क्रममा जे भाषाहरू प्रयोग गर्नुहुन्छ, त्यो एकदमै आपत्तिजनक छ ।’

यति हुँदाहुँदै पनि खगेन्द्रले ओलीमाथि हमला चाहिँ गरे । ‘ओलीले दिने भाषणमा मान्छे पेट मिचीमिची हास्छन्, भाषणलाई पनि मजाक बनाई दिएका छन् । ओली ठूलो हास्य कलाकार नै हो । दीपक गिरी, मह जोडीलाई पनि माथ मार्ने खालका हास्यकलाकार हुनुहुन्छ ।’

खगेन्द्रले ओलीलाई हेभीवेट मान्न तयार भएनन् । ‘उहाँभन्दा सिनियरहरूलाई मैले बेन्चमा बसाएर पढाएको छु’, उनले भने– ‘हेभीवेट र लाइटवेटको निर्णय गर्ने अधिकार मङ्सिर २१ गते हुन्छ अहिलेदेखि आत्तिनु हुँदैन ।’

खगेन्द्रले घोषणापत्रमा लेखिएको कुरा झुठको पुलिन्दा होइन भन्दै त्यसमा लेखिएको सबै कुरा काङ्ग्रेसले पूरा गर्ने दाबी गरे । 

यो क्षेत्रमा इतिहास भने एमालेको पक्षमा छ । ओली ०४८ सालादेखि लगातार चुनाव लड्दै आएका छन् । ०४८, ०५१ र ०५६ को संसदीय चुनावमा ओलीले लगातार जित हासिल गरेका थिए । ०५६ मा ओलीले जिल्लाकै दुई क्षेत्रबाट चुनाव जितेका थिए । त्यसबेला यो क्षेत्र छाडे र झापा २ रोजे । त्यसपछिको उपनिर्वाचनमा एमालेका देवेन्द्र दाहाललाई पराजित गर्दै काङ्ग्रेसका डा. गोपाल कोइराला निवार्चित भएका थिए । ०६४ को संविधानसभा चुनावमा ओली पराजित भएका थिए ।

उनलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देनले पराजित गरेका थिए । ०७० को चुनावमा ओली निवार्चित भए । विश्वदीप लिङ्देन अहिले काङ्ग्रेसमा छन् । मनोनयनभन्दा तीन दिन अगाडि उनले सङ्घीय समाजवादी फोरमबाट काङ्ग्रेस प्रवेश गरेका थिए । 

यो क्षेत्रबाट ओली लगातार छैटौँपटक चुनावी मैदानमा होमिएका छन् । निर्वाचन क्षेत्रभित्रका चारवटा स्थानीय तहमध्ये दमक र कमलमा एमालेको नेतृत्व छ । गौरादहमा काङ्ग्रेस र गौरीगन्जमा राप्रपाले प्रमुख जितेको छ ।

झापा क्षेत्र नं. ५ मा गौरीगञ्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६, गौरादह नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८, दमक नगरपालिका र कमल नगरपालिका पर्छन् । यो निर्वाचन क्षेत्रमा १ लाख ३७ हजार ५ सय ६२ मतदाता छन् ।

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले पहिलो दल बनेको थियो । मोटामोटी रूपमा नेपाली काङ्ग्रेसको २३ हजार २ सय ५०, नेकपा एमालेको २९ हजार ४ सय ६०, माओवादी केन्द्रको १३ हजार ५ सय ८३, राप्रपाको १० हजार २ सय २२, फोरम लोकतान्त्रिकको ११ सय ९४ र सङ्घीय समाजवादी फोरम लोकतान्त्रिकको १ हजार ३४ मत रहेको छ ।

यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत जोड्दा कूल ५३ हजार २ सय ६८ हुन्छ । यस्तै नेपाली काङ्ग्रेस र फोरम लोकतान्त्रिकको मत जोड्दा २४ हजार ४ सय ४४ हुन्छ । अर्थात यहाँ वाम गठबन्धनको नेपाली काङ्ग्रेसको भन्दा २८ हजार ८ सय २४ मत धेरै रहेको छ ।
 

रातोपाटी @ ब्याटल ग्राउन्ड 

ब्याटल ग्राउन्ड झापा : हात्ती अघिअघि नेता पछिपछि !

काठमाडौं–१ मा अनिलको प्रचारशैलीः मतदाताका घरघरमा हवाईपत्र

प्रचण्डको चुनावी अभियानलाई प्रकाशपुत्र प्रसिद्धको साथ

 

ब्याटल ग्राउन्ड झापा– १ : नयाँ र पुराना ‘टुरिस्ट’ बीच भिडन्त !

ब्याटल ग्राउन्ड झापा : जसलाई छैन चुनावको चासो !

ब्याटल ग्राउन्ड–राजधानीको मैदानमा एक्ली ‘हेभिवेट’ महिला !

ब्याटल ग्राउन्ड झापा–३ : सिटौलाको भर ‘जनता’माथि, लिङ्देनको भर ‘अङ्कगणित’माथि

ब्याटलग्राउन्ड झापा : यस्तो देखियो चुनावी रौनक (फोटोफिचर

यस्तो छ प्रचण्ड र विक्रम पाण्डेका मतदाताको मुड

प्रचण्डलाई भोट माग्दै ओलीले भने, ‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच बर्ष सरकार चलाउँछौं !’

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

एमाले महासचिव पोखरेलको ब्याटल ग्राउन्ड : हारलाई उल्टाउने अन्तिम प्रयत्न

ब्याटल ग्राउन्ड काठमाडौं १– अनिलको अनुहारमा मदनको झल्को !

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्र पौडेल र किसानको प्रचार शैली : तुलब्यानर थोरै, घरदैलो धेरै (फोटोफिचर)

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

ब्याटल ग्राउन्ड : रामचन्द्रको ‘गढ’मा किसानको हमला : के भन्छन् तनहुँका जनता ?

गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप