शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यी सात गलत बानीले तपाईंलाई लाग्न सक्छ मधुमेह

सोमबार, १२ असार २०७४, १५ : २४
सोमबार, १२ असार २०७४

मधुमेहको समस्या जीवनशैलीसँग जोडिएको हुन्छ । हाम्रो खानपिनसँग सम्बन्धित थुप्रै बानीले हामीलाई मधुमेहको रोगी बनाउन सक्छ । फूड एण्ड न्यूट्रिशन एक्सपर्ट डा. अमित सिंहले तीन सात बानी छोड्न आग्रह गरेका छन् ।

१. ब्रेकफास्ट नगर्नुः

बिहानको ब्रेकफास्ट नगर्दा शरिरको इन्सुलिन स्तर बिग्रन्छ । यसले शरिरको सुगर लेभललाई नियन्त्रण गर्न मुश्किल हुन्छ ।

२. ढिला खानुः

राती ढिला खाना खाँदा र तुरुन्त सुत्दा ब्लड सुगरको ब्यालेन्स बिग्रन्छ । यसले मधुमेहको समस्या बढ्ने गर्दछ ।

३. खाना खाएपछि बसिरहनुः

खाना खाएपछि बसिरहँदा शरिरमा बोसो जम्न थाल्छ । यसले ब्लड सुगर बढाउँछ । यस्तोमा मधुमेहको आशंका बढ्ने गर्दछ ।

४. अनियमित खानाः

ठिक समयमा खाना नखाँदा मेटाबोलिजम स्लो हुन्छ । यस्तोमा तौल बढ्न थाल्छ जसले मधुमेहको खतरा बढ्ने गर्दछ ।

५. कम पानी पिउनुः

दिनभरी ८ देखि १० ग्लास पानी न पिउँदा शरिर हाइड्रेट हुन पाउँदैन । यसले ब्लड सुगर लेभल बिग्रन्छ जसले मधुमेहको आशंका बढ्ने गर्दछ ।

चीनी भएका पेय पदार्थः

गुलियो पेय पदार्थमा चीनिको मात्रा अत्यधिक हुन्छ जसले शरिरमा क्यालोरी बढाउने गर्दछ । यसलाई दैनिक पिउँदा मधुमेहको आशंका बढ्ने गर्दछ ।

खाना खाएपछि मिठाईः

खाना खाएलगत्तै गुलियो खानेकुरा वा मिठाई खाँदा शरिरमा चीनिको मात्रा तीब्र रुपमा बढ्ने गर्दछ । यसले मधुमेहको आशंका बढ्ने गर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप