बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ब्याटल ग्राउन्ड झापा–३ : सिटौलाको भर ‘जनता’माथि, लिङ्देनको भर ‘अङ्कगणित’माथि

सोमबार, ११ मङ्सिर २०७४, १० : ५७
सोमबार, ११ मङ्सिर २०७४

नेत्र पन्थी र एसके यादव

झापा– शनिबार दिउँसो १ बजेतिर झापाको भद्रपुर नगरपालिका–१ दशरथपुर पुग्दा राजेन्द्र लिङ्देनले चुनावी भाषणा गरिरहेका थिए । उनी जहाँ उभिएर भाषण गरेका थिए । उनको टाउको माथि बीचमा गाई र तलमाथि सूर्य र हसिया हथौडाको चिन्ह रहेको संयुक्त झन्डा थियो । देख्दा अनौठो लाग्ने झन्डाले लिङ्देन एमाले र माओवादी सम्मिलित वाम गठबन्धनका साझा उम्मेदवार हुन् भन्ने सङ्केत गरिरहेको थियो । 

त्यसको केहीबेरपछि हामी काङ्ग्रेस नेता एवं पूर्वमन्त्री कृष्ण सिटौलाको चुनावी सभामा पुग्यौँ । झापाको केचनामा चुनावी सभामा सम्बोधन गर्दै सिटौलाले प्रत्यासी लिङ्देनलमाथि हमला गरे, ‘मेरो प्रतिस्पर्धी हुनुहुन्छ– उहाँ एकातिर एमालेको र अर्कोतिर माओवादीको वैशाखी टेकेर चुनाव लड्नु भएको छ । जनताको विवेकका अगाडि वैशाखी टेकेर पार लागिन्न ।’

झन्डा जस्तै थियो, सिटौलाको हमला पनि उस्तै शैलीको । उनीहरू अहिले प्रतिनिधिसभाका लागि झापा ३ बाट चुनावी मैदानमा उत्रेका छन् । एकले अर्कालाई ‘हमला’ गरेका छन् र राजनीतिक रूपमा ‘इन्काउन्टर’का लागि सबै अस्त्र प्रयोग गरिरहेका छन् । सिटौला राजनीतिक अधिकारका सङ्घर्ष, नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा आफ्नो भूमिकाको कुरा गरिरहेका छन् भने लिङ्देन राजनीतिक मुद्दामा सकेसम्म पस्न चाहेका छैनन्, बरु विकासको कुरामा उनले जोड दिएका छन् ।

एक किसिमले हेर्ने हो भने राजनीतिक मुद्दामा सिटौला आक्रमक र लिङ्देन रक्षात्मक छन् । ठीक उल्टो विकासका मुद्दामा लिङ्देन आक्रामक र सिटौला अलि रक्षात्मक देखिन्छन् । तर विकासमा आफ्नो भूमिकाबारे सिटौलाको ब्रिफिङ पनि कमजोर छैन । यहाँका एकएक विकास परियोजजनामा जनप्रतिनिधिको हैसियतमा आफूले खेलेको भूमिकाबारे मतदातालाई सिटौलाले बताइरहेका छन् । 

लिङ्गदेनका एकजना कार्यकर्ता सोम तमाङ भन्छन्– ‘कृष्ण सिटौलाले आफूले काम गरेको दाबी गर्दै १८२ कामको लिस्ट बाँड्दै हिँड्नुभएको छ, हामीलाई थाह छ, सिटौलाजीले कति काम गर्नुभएको छ ।’

यता, लिङ्देन स्वयं भन्छन्– ‘काङ्ग्रेसले २५ वर्षमा गर्न नसकेको काम मैले पाँच वर्षमा गरेर देखाउनेछु । पाँच वर्षमा त्यति काम गर्न सकिनँ भने फेरि चुनाव नै लड्दैन ।’

उनले थपे– ‘राजनीतिक मुद्दालाई भन्दा विकास समृद्धिलाई मुख्य मुद्दा बनाएका छौँ । जनताको सरोकार पनि विकासमा छ ।’

सिटौला पनि आफ्नो तर्कमा कमजोर छैनन्– ‘म प्रतिनिधि भएपछि यहाँ साढे तीन अर्बभन्दा बढीका विकासका कार्यक्रम आएका छन् । सिटौलाले केही गरेनन् भन्ने हल्ला निराधार छ ।’

सिटौला जनताले आफूलाई जिताउने कारणबारे भन्छन्– ‘संवैधानिक व्यवस्था सृदृढ, यसको माध्यमबाट नेपाली जनतालाई प्रगति दिनका लागि, नेपाल स्वतन्त्र र स्वाधीन र सार्वभौम राख्नका लागि, देशलाई शान्त र समृद्धि नेपाल बनाउनका लागि मैले जित्नुपर्छ ।’

सिटौलाको थप तर्क छ– ‘समाज बनाउन, राष्ट्र बनाउन सानो छातीले हुँदैन । ठूलो छाती भएको चाहिन्छ । पहिलो चुनावमा मैले हारेँ, देशले संविधान पाएन । दोस्रोमा जिते, संविधान निर्माण बनाउने भूमिका पूरा गरेँ । सबै नेताले समस्या पर्दा मलाई रोज्ने, चुनावका बेला अफ्ठ्यारो पार्ने, मेरा नेताले पनि गर्नु हुँदैन, एमाले र माओवादीका नेताले पनि गर्नु हुँदैन । नेपालको समस्या समाधान गर्नका लागि म आवश्यक मान्छे हुँ । संविधानको वास्तविक अधिकार कार्यान्वयनका लागि मेरो भूमिका खाँचो छ । संविधान ल्याउने मैले, अधिकारका लागि लड्ने म । मैले हार्ने हुन्छ ? सहज बाटो छाडेँ । समानुपातिक छाडेँ । मेरो विश्वास जनताप्रति छ । अन्तिममा जनताले मलाई न्याय दिनुहुन्छ ।’

सिटौलाले ओली र प्रचण्डमाथि पनि गम्भीर प्रश्न तेर्साउँछन् । हामीसँगको अन्तर्वार्तामा उनले भनेका छन्– ‘ओली र प्रचण्डलाई मेरो सुझाव छ । गल्ती नगर्नुहोस् । तपाईंहरूले राजवादीलाई भोट हाल्नुहोस् भन्नु हुँदैन । उहाँहरूले गल्ती गर्नुभयो । आफ्नै उम्मेदवार उठाएको भए पनि ठिकै हुन्थ्यो । सङ्घर्षकै साथी हुन्थे । जसले जिते पनि साथी आउँथे । मलाई रोक्न किन राजावादी बोक्न परे होला ? किन प्रतिगामीका प्रतीक बोक्न परेको होला ? लिङ्देनले अहिले पनि परिवर्तनलाई स्वीकार गरेको छैन । अझै पनि राजा चाहिन्छ भन्छन् । नेताहरूबाट कहिलेकाहीँ गल्ती हुन्छ । नेताहरूले गल्ती सच्चाउनुहुन्छ । मेरो सन्देश त्यही हो, गल्ती सच्याउनुस् ।’

राजनीतिक अधिकारको लडाइँमा सहभागिता नभएको बारे सोधिएको प्रश्नमा लिङ्देनले भने– ‘यो परिवर्तनको मुख्य जस माओवादीलाई जान्छ । एमालेलाई जान्छ । काङ्ग्रेसलाई जान्छ । हामी यसको अपनतत्व लिन चाहन्नौँ । परिवर्तनभित्र हामी पनि छौँ । यही प्रक्रियामा बसेर हामी पनि देश र जनताको पक्षमा काम गर्न चाहेका छौँ । परिवर्तन स्वीकार गरेका छौँ ।’ 

लिङ्देन झापामा वाम गठबन्धसँगको तालमेल प्राकृति ठान्छन् । भन्छन्– ‘यो सैद्धान्तिकभन्दा पनि चुनावी तालमेल हो । देशभक्त र वामपन्थीको गठबन्धन सिटका तालमेलबाहेक सैद्धान्तिक पनि छ । आगामी दिनमा राष्ट्रियताको कुरामा एक ठाउँ हुने पनि हो । गठबन्धनको संस्कृति आएपछि कुनै न कुनै पार्टीसँग मिलेर चुनाव लड्नु थियो । लोकतान्त्रिक गठबन्धनको बटमलाइन झाप ३ थियो । काङ्ग्रेसले मान्यो । त्यसपछि गठबन्धन अगाडि बढ्यो । काङ्ग्रेसले उल्लङ्घन गर्यो । काङ्ग्रेससँग गठबन्धन तोडिएकोमा आफूलाई खुसी लागेको छ । भगवानको कृपाले आत्मसर्मपणवादीको भोट भन्दा बाहिरबाट चुनाव जितिने भइयो ।’

आफ्नो जितमा सिटौला र लिङ्देनका आआफ्ना सूत्र छन् । समानुपातिकमा बसेर संसद हुने सजिलो बाटो छाडेका सिटौला जनतासँग मात्रै भर परेका छन् । तर लिङ्देन अङ्कगणितमा भर परेका छन् । स्थानीय तहमा आफ्नो पार्टी राप्रपा र वाम गठबन्धनका एमाले र माओवादीले पाएको मतलाई उनी जितको सबैभन्दा ठूलो हतियार ठानेका छन् ।

लिङ्देन भन्छन्– ‘२५ हजार मत मेरो धेरै छ ।’ यतिमा मात्र उनले चित्त बुझाएनन् र भने– ‘गाई भनेर हल गोरुमा हानेको मत पाँच हजारभन्दा बढी रहेको र त्यो पनि आफूलाई आउने लिङ्देनको दाबी छ ।’

त्यसपछि उनले अझै थपे– ‘सिटौला रक्षात्मक हुनुहुन्छ । उहाँहरू स्थानीय तहको चुनावमा धेरै पछाडि हुनुहुन्छ । रिटायर्ड हुने बेला जमानत जोगाउनेतिर लाग्नु भाछ । हामी मतान्तार धेरै बनाउनेमा छौँ । हामी ५० हजार मत पुर्याउने लक्ष्यमा छौँ ।’

उता सिटौलाले चाहिँ मत अन्तरबारे सोधिएको प्रश्नमा भने– ‘मलाई मतदान गर्ने भनेको, मलाई निर्वाचित गर्ने भनेको जनताले जनताकै पक्षमा न्याय दिने हो । जनताको प्रगति, जनताका अधिकारका लागि काम र सङ्घर्ष गर्ने नेतालाई छाडेर त्यसको विपक्षीमा रहेका त्यसमा पनि कमल थापाका पार्टीका उम्मेदवारलाई यहाँका जनताले कसरी मतदान गर्छन् । यहाँका जनता त्यति बेवकुफ छैनन् । यहाँको जनता स्वाभिमान छ, जनताको स्वाभिमान जाग्छ ।’

झापा क्षेत्र नं. ३ मा राप्रपाका लिङ्देन र काङ्ग्रेसका कृष्णप्रसाद सिटौलाबीच प्रतिष्पर्धा हुँदैछ ।

यो क्षेत्रमा बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, कचनकवल गाउँपालिका, भद्रपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडा र विर्तामोड नगरपालिकाको वडा नं. ८ पर्छ । यो क्षेत्रमा आगामी निर्वाचनका लागि १ लाख १४ हजार ५ सय ८६ मतदाता रहेका छन् ।

गत स्थानीय तहको निर्वाचनमा झापा ३ मा नेपाली काङ्ग्रेसले २० हजार ५ सय ४५, नेकपा एमालेले १९ हजार ८ सय ८०, माओवादी केन्द्रले ९ हजार ५ सय ८८, राप्रपाले १४ हजार १ सय ५, फोरम लोकतान्त्रिकले २ सय ५ र सङ्घीय समाजवादी फोरमले ७ सय ८६ मत पाएको थियो ।

यस आधारमा यहाँ वाम गठबन्धनसहित राप्रपाको मत मिसाउँदा ४३ हजार ५ सय ७३ हुन्छ । जुन नेपाली काङ्ग्रेसले पाएको मतभन्दा २३ हजार २८ मतले बढी हो ।

तर, मतादाताको नजरमा को काखा र को पाखा हुने हो, मङ्सिर २१ गते हुने भोटिङ अगाडि भन्न कठिन छ । तर, यहाँको चुनाव पुरानै अङ्कगणितमा हुनेजस्तो देखिन्न किनभने यहाँ सिटौलाले जति ‘इमोसनल’ भाषण गरेका छन्, उनलाई सचेत एमाले र माओवादीका कार्यकर्ताबाट सद्भाव हुन सक्छ । विकास पनि यहाँको ठूलो मुद्दा छ, जसको नारामा लिङ्देनले लाभ लिन पनि सक्छन् । 

प्रजातन्त्रदेखि गणतन्त्रसम्म, शान्ति प्रक्रियादेखि संविधान जारीसम्म ओली र प्रचण्डसँग सहकार्य गरेका तथा महत्वपूर्ण भूमिका निभाएका सिटौलाका विरुद्ध ओली र प्रचण्डकै कार्यकर्ता प्रचारमा छन् । स्थानीय नेता लिङ्देनलाई भोट माग्दै हिँडेका छन् । तर, एमाले र माओवादीका खाटी कार्यकर्ताको मनमा सिटौलाविरुद्ध किन यति ठूलो घेराबन्दी ? भन्ने प्रश्न चाहिँ बसेको रहेछ । 

वाम गठबन्धनले झापामा लिङ्देनलाई समर्थन गरेपछि राप्रपाले अरू सिटमा वाम गठबन्धनलाई समर्थन गरेको छ । एमाले र माओवादीको समर्थनले लिङ्देन हौसिएका छन् । उनको आत्मविश्वास बढेको छ । 

अहिलेसम्म सिटौला यहाँबाट सात पटक चुनाव लडेका छन् । तीन पटक जिते, तीन पटक हारे । अब सातौँ पटकको परीक्षा नजिक आएको छ । २००६ मा तेह्रथुममा जन्मेका सिटौलाले कानुनव्यवसायी भएर झापामा काम गरेका थिए । उनी यसअघि काङ्ग्रेसको महामन्त्री समेत भइसकेका छन् । २०५१ मा हारे, उपनिर्वाचनमा जिते । ०५६ र ०७० मा सिटौलाले यहाँबाट जिते । ०४८ र ०६४ मा चुनावमा हार व्यहेरे । काङ्ग्रेसले काङ्ग्रेसलाई धोका दिने परम्पराबाट यसपालि सिटौलामुक्त छन् । यहाँ अर्को अनौठो पनि भेटियो कि लिङ्देनकै दादागिरीका कारण केही मानिस एमाले र माओवादीमा रहेछन्, उनीहरूको भोट कहाँ जान्छ, रमाइलो हुनेछ । 

लिङ्देन पञ्चायती पृष्ठभूमिका नेता हुन् । उनी झापा ३ बाट दुई पटक लडे । २०५६ तेस्रो भए र २०७० मा सिटौलाका निकटम प्रतिद्वन्द्वी थिए ।   

लिङ्देन सिटौलाई ज्येष्ठ नागरिक बन्न रुचाउँछन् । तर, चुनावी प्रचारमा सिटौला लिङ्देनभन्दा धेरै जोश र जाँगरसहित मैदानमा छन् । चुनावको खेलमा कसले गोल हान्छ ? यो प्रश्नको जवाफ दिन चाहिँ कठिन छ । 

रातोपाटी @ ब्याटल ग्राउन्ड 

ब्याटल ग्राउन्ड–राजधानीको मैदानमा एक्ली ‘हेभिवेट’ महिला !

 

यस्तो छ प्रचण्ड र विक्रम पाण्डेका मतदाताको मुड

प्रचण्डलाई भोट माग्दै ओलीले भने, ‘हाटहुट–लाटलुट हैन, देश बनाउन पाँच बर्ष सरकार चलाउँछौं !’

ब्याटल ग्राउन्ड : चुनावले नछोएको बिर्तामोड बजार

एमाले महासचिव पोखरेलको ब्याटल ग्राउन्ड : हारलाई उल्टाउने अन्तिम प्रयत्न

ब्याटल ग्राउन्ड काठमाडौं १– अनिलको अनुहारमा मदनको झल्को !

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्रको प्रश्न, ‘के छ मेरो प्रतिस्पर्धीसँग तनहुँ विकासको खाका, पैसाको बलमा चुनाव जितिन्छ ?’

रामचन्द्र पौडेल र किसानको प्रचार शैली : तुलब्यानर थोरै, घरदैलो धेरै (फोटोफिचर)

ब्याटल ग्राउन्ड : नुवाकोटका मुद्दा : पाँच हजार भर्सेज विकास

ब्याटल ग्राउन्ड : दोहोरो दबावमा अर्जुन : यसरी बन्न सक्छन् लोहनी हारजीतको फ्याक्टर

ब्याटल ग्राउन्ड : रामचन्द्रको ‘गढ’मा किसानको हमला : के भन्छन् तनहुँका जनता ?

गोरखामा तटस्थ मतदाताका यस्ता छन् मुद्दा

बम विष्फोट : कतै युवती, कतै रिमोट !

हाईप्रोफाइल भिडन्त रहेको नुवाकोटमा विप्लवदेखि ‘चुल्ठेमुन्द्रे’ सम्मको थ्रेट !

भोट दिनुुस्, मैले के गर्न पर्यो काम भन्नुुस्

बम बिस्फोटपछि महत - तामाङ आरोप - प्रत्यारोपमा, यस्तो छ स्वार्थको खेल

ब्याटल ग्राउन्डबाट बाबुरामको जवाफ : अब एकजनाले त हार्नैपर्छ (अन्तर्वार्ता)

ब्याटल ग्राउन्डबाट नारायणकाजीको चुनौती : गोरखाको विकास बाबुरामले गरेका होइनन् (अन्तर्वार्ता)

मधेशमा यी मुद्दा हुनसक्छन् हारजितका फ्याक्टर !

गोरखामा बम विष्फोट, हामीले जे देख्यौं ! (फोटोफिचर)

रातोपाटी @ ब्याटल ग्राउन्ड : जहाँ बाबुराम त्यहाँ नारायणकाजी, जहाँ नारायणकाजी त्यहाँ बाबुराम (फोटोफिचर)

रिसाएका मामासँग भोट मागे बाबुरामले, यस्तो रह्यो मामाको जवाफ र सुझाव

दिलबहादुर दिलमा बागीको डर !

बमको त्रास : ओली–प्रचण्डको कार्यक्रममा मेटल डिटेक्टरदेखि झोला खानतलासीसम्म (फोटोफिचर)

ओली र प्रचण्डको उद्घोषः शेरबहादुर कांग्रेसको अन्तिम प्रधानमन्त्री,  अब बामपन्थी आँधी आउँछ

ओली र प्रचण्डलाई बाबुरामको जबाफ – हेलिकप्टर चढेर गालीमात्र गर्न गोरखामा ?

विप्लव पार्टीको कमान्डर लमजुङ पसिन्, देव गुरुङमाथि सुरक्षा थ्रेट !

पार्टी छाडेर चुनाव लड्ने यी नेता कति सुरक्षित ?

काङ्ग्रेसलाई वामपन्थीको गाली तर बज्दैन ताली 

 गगनलाई मतदाताको प्रश्न - भोटको बदला के ?

प्रचण्ड र ओलीको हेलिकप्टर यात्रा, यस्तो देखियो पालुङटारको बामपन्थी सभा  (फोटोफिचर)

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

राजेन्द्रले किन छाडे सर्लाही, किन गए धनुषा ?

चुनावमा पेचिलो मुद्दा : पाँच नम्बर प्रदेशको राजधानी कहाँ ?

काठमाडौंका १० क्षेत्र : बामगठबन्धनलाई हुन सक्छ ठूलो थ्रेट

आठ पूर्व गृहमन्त्री : आफ्नो निर्वाचन क्षेत्रमा कति सुरक्षित ?

मातृका पहिलो पटक चुनावी मैदानमा, कति सुरक्षित छन् धनुषामा ?

रूपन्देहीका प्रत्येक क्षेत्रमा मन्त्री नै मैदानमा, यस्तो हुनेछ भिडन्त

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

गाँउ फर्केका महन्थलाई आफ्नैबाट जोखिम !


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप