बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यो रोगका कारण आत्महत्या गर्न चाहन्थे सलमान खान, थाहा पाउनुस् यसबारे

सोमबार, १२ असार २०७४, १४ : ५१
सोमबार, १२ असार २०७४

अभिनेता सलमान खानले फिल्म ट्युबलाइटको प्रोमोशन कार्यक्रमका बेला आफूलाई ट्राइजेमिनल न्यूरालजिया नामक खतरनाक स्नायूसम्बन्धि रोग भएको बताएका छन् । यो रोग यति खतरनाक छ कि यसलाई ‘सूसाइडल डिजिज’ पनि भनिन्छ । यो रोगले ग्रस्त मानिसहरु आत्महत्या गर्नेबारे सोच्न थाल्ने बताइएको छ । सलमानका अनुसार यस्ता रोग लागेका मानिसहरुले पीडाका कारण आत्महत्या गर्ने बारे सोच्न थाल्छन् । आफूलाई पनि यहि रोग लागेकाले थुप्रै पटक आत्महत्या गर्नेबारे सोच आएको उनले जानकारी दिए ।

के हो ट्राइजेमिनल न्यूरालजिया ?

यो एक अत्यधिक पीडाको अवस्था हो जसले टाउकोमा रहेको ट्राइजेमिनल वा पाँचौं क्यानियल नर्भ (स्नायू) लाई प्रभावित गर्ने गर्दछ । यो स्नायू टाउकोका थुप्रै भागसँग जोडिएको हुन्छ । यो रोग लागेपछि अचानक असह्य पीडा हुन थाल्छ र तीब्र जलन हुनथाल्छ । यस्तो लाग्छ कि अनुहारमा कुनै करेन्ट लागेको छ । थुप्रै पटक अनुहारको दुबै भागमा एकैसाथ वा पटक–पटक गरी पीडा हुने गर्दछ ।

कति प्रकारको हुन्छ ट्राइजेमिनल न्यूरालजियाः

ट्राइजेमिनल न्यूरालजिया दुई प्रकारका हुन्छन् । पहिलो प्रकारलाई वान वा टीवान भनिन्छ भने दोस्रोलाई टु वा टीटु भनिन्छ ।

टीवानमा समयसमयमा अचानक पीडा र जलन हुने गर्दछ भने टीटुमा लगातार पीडा, जलन र घोचेको जस्तो महसुस हुन्छ ।

के हो ट्राइजेमिनल स्नायू ?

यो ती १२ प्रमुख स्नायूमध्येको एक हो जो दिमागसँग जोडिएको हुन्छ । यो स्नायूको तीनवटा हाँगा हुन्छ जो अनुहारको माथिल्लो, बिच र तल्लो भागका साथै मुखभित्रको अनुभूतीलाई दिमागसम्म पुर्याउने गर्दछ ।

किन हुन्छ ट्राइजेमिनल न्यूरालजिया ?

कुनै (ब्लड भेसल) रक्तवाहिनीद्वारा ट्राइजेमिनल स्नायूलाई दबाउनुका कारण । धमनीहरुमा कुनै ट्युमर पलाएका कारण । अथवा कुनै चोट, शल्यक्रिया, हृदयघातका कारण ट्राइजेमिनल न्यूरालजिया हुनसक्छ ।

कसलाई छ धेरै खतरा ?

यद्यपी, यो रोग कुनै पनि उमेरका लाई लाग्न सक्छ तर ५० को उमेर पार गरेकाहरुलाई यो रोगको खतरा बढि नै हुन्छ ।

यो रोग पुरुषलाई भन्दा महिलालाई बढि लाग्ने सम्भावना हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप