बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विपन्न परिवारलाई स्याङ्जा सहयोग समाज अबुधावीको सहयोग

सोमबार, १२ असार २०७४, १४ : २४
सोमबार, १२ असार २०७४

युएई– स्याङ्गजा सहयोग समाज युएई अबुधावी क्षेत्रिय समितिले स्याङ्गजा जिल्लाका अति विपन्न, असाह्य, अपाङ्ग लागयत १० परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ ।

जिल्लाको पुतलीबजार ४ निवासी आयुस परियार, वालिङ्ग १४ भंगिनीका भिमलाल डुम्रे, पुतली बजार ७ निवासी नुवाई कुमारी तिमिल्सिना, कालीगण्डकी गाँउपालिका ५ बाँसटारी निवासी कुलादेवी न्यौपाने, कालीगण्डकी गाँउपालिका ५ बाँसटारी निवासी दुर्गा देवी पाण्डे, फेदीखोला गाँउपालिका ३ का डिल कुमारी विक, फेदीखोला गाँउपालिका ३ का पदमा कुमारी घर्ति, गल्याङ्ग ७ पट्काङ निवासी कल्पना अधिकारी, पिढिखोला निवासी नरिमाया सिंजाली मगरको परिवार गरि ९ परिवारलाई ५ हजारका दरले  सहयोग प्रदान गरिएको हो ।


अवुधावी क्षेत्रिय समितिका पुर्व अध्यक्ष कमल शर्माको सहभागीतामा सो सहयोग रकम हस्तान्तरण गरिएको हो ।  साथै स्याङ्गजा सहयोग समाज युएईको केन्द्रीय कार्यसमिति र अबुधावी क्षेत्रिय समितिको पहलमा पुतली बजार ५ निवासी  क्यान्सर पिडित सुन कुमारी कार्कीलाई उपचार सहयोग रुपैयाँ २० हजार रकम हस्तान्तरण गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप