ओलखढुंगामा कसैले बुझाएनन् हतियार, सुरक्षा ब्यवस्था कडा
रामहरि श्रेष्ठ
ओलखढुंगा । जिल्लामा भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यलयका अनुसार निर्वाचनका लागी तोकिएका कर्मचारीहरु आआफ्नो क्षेत्रमा पुगिसकेका छन् । निर्वाचनको समयमा बिभिन्न किसिमका अप्रिय घटनाहरु घट्नसक्ने भन्दै सबै प्रहरी फोर्स अलट राखिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
निर्वाचनलाई स्वच्छ,मर्यादित र भयरहित वातावरण सम्पन्न गराउन सबै प्रहरीहरु १ सय ४१ वटै केन्द्रमा खटिसकेको प्रहरी प्रमुुख अर्जुन तिमिल्सिनाले बताए । जिल्लामा बाहिरी मानिसको आवतजावतलाई मध्यनजर गदै जिल्ला बित्रिने तथा बाहिरिने सबै नाकाहरुमा सुरक्षा ब्यवस्था कडा परिएको उनले बताए ।
ओखलढुंगामा कसैले बुझाएनन् हतियार
ओखलढुंगा प्रसासनले निर्वाचन लक्षित हातहतियार बुझाउन सुचना जारी गरेको भएपनि कसैले बझाएका छैनन् । पहिलो चरण अन्तरगत भोली प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउने उद्देश्यले हातहतियार बुझाउन यस अघि नै आग्रह गरिएको भएपनि कसैले नबुझएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए ।
निर्वाचन अवधिभरका लागि अनुमति प्राप्त बन्दुक, पेस्तोल लगाएतका हातहतियार सम्बन्धित व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरिएको थियो । तर, निर्वाचनको अघिल्लो दिनसम्म कसैले हतियार बुझाउन नआएको प्रहरी प्रमुख तिमिल्सिनाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?
-
‘फोर्स मर्जर’ को असर : १९४ वटा बैंक तथा वित्तीय संस्थाको लाइसेन्स खारेज !
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’