शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकापछि एमीको हलिउड फड्को

शुक्रबार, ०८ मङ्सिर २०७४, १५ : ३५
शुक्रबार, ०८ मङ्सिर २०७४

मुम्बई – प्रियंका चोपडा पछि अभिनेत्री एमी ज्याक्सन पनि हलिउड अभिनयमा डेब्यु गर्दैछिन् । उनले पनि प्रियंकाझै अमेरिकन टिभी शो मार्फत हलिउड डेब्यु गर्न लागेकी हुन् । 

हलिउडको चर्चित टिभी सो ‘सुपर गर्ल’को तेस्रो सिजमा उनी देखिन लागेको फोर्स म्यागजिनले उल्लेख गरेको । यो सोमा उनले इमरा आर्दीकाको भूमिका निर्बाह गर्दैछिन् । जसको पुष्टी उनले एक ट्वीट मार्फत समेत गरेकी छन् ।

एमी ब्रिटेनी मोडल पनि हुन् । २००९ मा उनको ब्रिटेनमा निकै चर्चा थियो । मोडलिङ एजेन्सी मार्फत नै बलिउड निर्माताले उनलाई भारत निम्त्याएका थिए ।

२०१२ मा उनले पहिलो भारतीय चलचित्र ‘दिवाना’ अभिनय गरिन् । तर यो चलचित्रले बक्स अफिसमा धमाल मच्चाउन सकेन । उनी चलचित्रमा प्रतीक बब्बरको अपोजिट भुमिकामा थिइन् । त्यसपछि केही चलचित्र अभिनय गरेकी एमीको २०१५मा सार्वजनिक चलचित्र ‘सिंह इज ब्लिङ’ हिट भयो ।  यस चलचित्रमा उनी अभिनेता अक्षय कुमारकी हिरोइन बनेकी थिइन् ।

उनको आउँदो चलचित्र २.० हो । यो चलचित्रमा उनी सुपरस्टार रजनीकान्तका साथ देखिदै छिन् । यस चलचित्रलाई बलिउडकै महँगो चलचित्र भनेर समेत प्रचार गरिएको छ । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप