शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको जन्मदिनमा अक्षयकोष स्थापना

सोमबार, १२ असार २०७४, १३ : ००
सोमबार, १२ असार २०७४

पोखरा -पोखरा–लेखनाथ महानगरपालिका–५ मालेपाटनका समाजसेवी हेरम्वप्रसाद कोइरालाले आफ्नी श्रीमती पार्वती कोइरालाको ७४औँ जन्मदिनको अवसरमा सोही ठाउँको धर्मस्थली आधारभूत विद्यालयमा रु एक लाख एक हजार १११ को अक्षयकोष स्थापना गर्नुभएको छ । 

उक्त अक्षयकोषबाट प्राप्त हुने ब्याजले विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिने विद्यालयका प्रधानाध्यापक केदारनाथ बरालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप