बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

१५ औँ सामसङ्ग डिजिटल प्लाजा धरानमा

बिहीबार, ०७ मङ्सिर २०७४, २१ : ४६
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौं  –  सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारिक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १५ औँ सामसङ्ग डिजिटल प्लाजा धरानमा आज मंसिर ७ गतेदेखि शुरु भएको छ । 

 सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्रि वितरण गर्दै आइरहेको छ ।

बजारमा उच्च स्तरिय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा धरानमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले कृतिमा इलेक्ट्रोनिक्स सँग सहकार्य गरेको हो । नयाँ शोरुम उद्घाटनको अबसरमा कृतिमा इलेक्ट्रोनिक्सका प्रोप्राइटर भरत अग्रवाल र शिव बहादुर राणाले भन्नुभयो ‘हामी बिश्बकै अग्रणी ग्लोवल ब्राण्डसँग जोडिन पाएकोमा र यहाँ सुरुवातमै ग्राहकहरुले दिनुभएको प्रतिक्रियाले हामी हर्षित भएका छौँ ।’ 
उनीहरुले धरानकोे व्यवस्थ बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्नै र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्धता गरेका छन्  ।

नेपालको इलेक्ट्रोनिक्स व्यवसायमा हिम बिगत ३० वर्षदेखि अग्रणी कम्पनीको रुपमा  रहँदै आएको छ  । हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै कम्पनीको दावी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप