शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियोः गच्छदार

बिहीबार, ०७ मङ्सिर २०७४, २१ : ४०
बिहीबार, ०७ मङ्सिर २०७४

इनरुवा –  उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले लोकतन्त्र रक्षाका लागि नेपाली काँग्रेसको बहुमत आवश्यक रहेको बताएका छन् । 

सुनसरीको दुहवीभलुवा नगरपालिकामा आज आयोजित पार्टी प्रवेश कार्यक्रम उनले काँग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने दाबी गरे । 

सुनसरी क्षेत्र नं ३ मा काँग्रेसका तर्फबाट उमेदवार रहेका उपप्रधानमन्त्री गच्छदारले काँग्रेसको जित आफ्नो मात्र जित नभई सम्पूर्ण जनताको जित हुने बताए । सो अवसरमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बाट काँग्रेसमा प्रवेश गरेकालाई उनले स्वागत गरेका  थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप