स्वामी कमलनयनसहित पाँच जना पक्राउ
सुरुङ्गा (झापा) – निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले झापाको बिर्तामोडबाट स्वामी कमलनयनसहित पाँचजनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा स्वामीसहित नेपाल राष्ट्रवादी संयुक्त मोर्चाका केन्द्रीय अध्यक्ष रामचन्द्र बाँनिया (क्षेत्री), महासचिव सुरेन्द्र कार्की, जिल्ला अध्यक्ष कृष्णप्रसाद चुडाल, उपाध्यक्ष महेन्द्र भट्टराई रहेका छन् ।
बिर्तामोडस्थित साई पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर चुनावमा आफूहरू सहभागी नहुने र चुनाव तत्काल स्थगन गर्न उनीहरूले माग गरेका थिए । पत्रकारसम्मेलन सकिएको केहीबेरमै उनीहरूलाई प्रहरीले सोही प्यालेसबाट प्रेस विज्ञप्ति, मोर्चाको घोषणापत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक प्रकाश जबेगुले जानकारी दिए । पक्राउ परेकामध्ये स्वामी कमलनयन मोर्चाका धार्मिक प्रवक्ता रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै