शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आज राति १२ बजेबाट मौन अवधि, फेसबुक ट्वीटर भाइवरमा पनि प्रचार प्रसार गर्न नपाईने !

बिहीबार, ०७ मङ्सिर २०७४, २० : ३७
बिहीबार, ०७ मङ्सिर २०७४

काठमाडौँ  – पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको आज राति १२ बजेपछि मौन अवधि शुरु हुँदैछ । 

मौन अवधिमा निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार, नागरिक समाज, मतदाता र सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था छ । दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुने ४५ जिल्लामा निर्वाचनको प्रचार प्रसार गर्न भने कुनै असर नपर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने तथा यो अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय  मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाउनु पर्ने निर्वाचन आचारसंहितामा उल्लेख छ । 

मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप