शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जन्म गाउँ रिस्तीको विकासको जिम्मा मेरोः नेता पौडेल

बिहीबार, ०७ मङ्सिर २०७४, २० : २५
बिहीबार, ०७ मङ्सिर २०७४

दमौली, (तनहुँ) –नेपाली कांग्रेका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले रिस्तीको विकासको जिम्मा आफ्नो भएको बताएका छन् आज आफ्नो जन्मस्थल व्यास–८ रिस्ति पुगेर पौडेलले बिजुली, खानेपानी तथा सडक खोल्ने काम सबै आफ्नै पहलमा भएको बताएका हुन् ।

‘अब कालिका मार्गको कालोपत्रेको काम पनि मेरै जिम्मा हो, विगतमा तपाइँहरुले देखाउँदै आएका माया र सद्भावलाई अहिले पनि निरन्तरता दिनेमा म विश्वस्त छु’ पौडेलले भने । ‘विपक्षीहरु मेरो ठाउँमा भए गरेका गतिविधिलाई मुद्दा बनाएर चुनाव प्रचार गर्दै हिडेका छन् त्यो उनीहरुको झुट र भ्रमको खेती हो’ पौडेलले भने । 

कार्यक्रममा तनहुँ क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार गोविन्द भट्टराईले रिस्तीवासी भाग्यमानी रहेको बताउँदै सो क्षेत्रका विद्यालयमा निःशुल्क इन्टरनेटसहितको इलाइब्रेरीको व्यवस्था प्रतिबद्धता व्यक्त गरे । 

आजै नेता पौडेल आँबुखैरेनी गाउँपालिका–१ र २ मा घरदैलोमा सहभागी भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप