बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोट पुगेर अर्वपति विनोद चौधरीले भने, विकास र समृद्धिका लागि काँग्रेसलाई रोज्नुस’

बिहीबार, ०७ मङ्सिर २०७४, १९ : ४५
बिहीबार, ०७ मङ्सिर २०७४

नुवाकोट – नेपाली कांग्रेसका नेता एवं वरिष्ठ उद्यमी विनोद चौधरीले नेपालको आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई बहुमतको सरकार दिन मतदाताहरुलाई आव्हान गरेका छन् । विहिबार नुवाकोटको देवीघाट र खरानीटारमा आयोजित छुट्टाछुट्टै चुनावीसभालाई सम्वोधन गर्दै नेता चौधरीले बलियो लोकतन्त्रको अभावमा आर्थिक विकास सम्भव नहुने तर्क समेत गरे ।  


‘नेपालको आर्थिक विकास हुन नसक्नुमा हामी मतदाता पनि जिम्मेवार छौं भन्दै अध्यक्ष चौधरीले आर्थिक विकासका लागि खुला बजार अर्थतन्त्रमा विश्वास राख्ने राजनीतिक दलको बहुमतको सरकार बन्नुपर्ने र यसका लागि यसपटक कांग्रेसलाई बहुमत दिन उनले आग्रह गरे ।  


‘तपाईहरू नेपाली कांग्रेसलाई बहुमत दिनुस्, हामी समृद्ध नेपाल दिन्छौैं’, नेता चौधरीले आम मतदाताहरूलाई आव्हान गरे, ‘राजनीतिक स्थिरता भयो भने नेपालपनि चिन सरहको आर्थिक विकासको गतिमा अगाडि बढ्न सम्भव छ ।’नेपाली कांग्रेसको चुनावी दौडाहामा रहेका नेता चौधरी पूर्वी नेपालका विभिन्न चुनावी सभाहरूपछि विहिबार नुवाकोटका कांग्रेस उम्मेदवारहरूलाई जिताउने अभियानमा त्यहाँ पुगेका हुन् ।  


‘२०४८ सालमा नेपाली कांग्रेसको नेतृत्वमा उदारीकरण लागू गरिएकै कारण नेपालमा आर्थिक विकासको नयाँ ढोका खुलेका हुन् । उक्त अभियानलाई सफल बनाउन कांग्रेसको नेतृत्वविना सम्भव छैन’, चौधरीले भने, ‘यसको विकल्प कसैले कल्पना गरेको छ भने त्यो भ्रम मात्रै हो । आज प्रत्येक नेपालीको हातमा मोवाईल फोन छन् । दुई तिहाई जनसंख्या इन्टरनेटको पहुँचमा छ । संचार माध्यम, बैंकिङ र एयरलाईन्स लगायतका सेवाहरु कांग्रेसले लिएको उदारीकरणकै कारण सकारात्मक नतिजा रहेको पनि उनले दावी गरे । तर, विकास अभियानलाई तीब्र गतिमा दौडाउनुको विकल्प नरहेकोमा जोड दिदै उनले त्यसकै लागि आफुले कांग्रेस पार्टी रोजेको समेत बताए ।


नेपालको आर्थिक समृद्धिको अभियानमा आफुले गैर आवासीय नेपालीहरूलाई सहभागी बनाउन चाहेको उनले बताए । ‘विश्वभर छरिएर रहेका गैर आवासीय नेपालीले आर्जन गरेको ज्ञान, सिप र पुँजीलाई नेपालको विकासका लागि उपयोग गर्नु आवस्यक छ । उनीहरुले विदेशमा आर्जन गरेको विकासको अनुभवलाई यहाँ कार्यान्वयन गर्ने वातावरण मिलाउनुपर्छ’, चौधरीले भने ।
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप