राम्रो लेखक लेखनका लागि सङ्घ संस्थामा याचिका दिँदै हिँड्दैन

person access_timeअसार १२, २०७४ chat_bubble_outline0


नोबेल पुरस्कारबाट सम्मानित अमेरिकी उपन्यासकार विलियम फल्कनर (William Faulkner 1897-1962) ले सन् १९५६ मा अमेरिकाको न्युयोर्क सहरमा ज्यान स्टेइन (Jean Stein) लाई एउटा अन्तरवार्ता दिएका थिए, जसको विश्वभरका साहित्यप्रेमीहरुले निकै प्रशंसा गरे । विश्वप्रसिद्ध पत्रिका पेरिस रिभ्युलाई दिएको लामो अन्तरवार्ताको अंश प्रकाशित गर्दैछौँे । हामीले यो अन्तरवार्ता पेरिस रिभ्युको अनलाइन संस्करणबाट लिएका हौँ । 

श्रीमान् फल्कनर केही समयअघि तपाईंले अन्तरवार्ता दिन मन पर्दैन भन्दै हुनुहुन्थ्यो ?


मलाई अन्तरवर्ता दिन किन मन पर्दैन भने व्यक्तिगत प्रश्नहरुमा म अलिक हिंस्रक ढङ्गले प्रतिक्रिया जनाउने गर्छु । यदि प्रश्नहरु आफूले गर्दै गरेको कामको सन्दर्भमा हो भने म त्यसको जवाफ दिने प्रयास गर्छु । आफ्नो बारेमा सोधिएका प्रश्नहरुको मैले जवाफ दिन पनि सक्छु र नदिन पनि सक्छु । तर मैले त्यसको जवाफ दिएँ भने पनि भोलि त्यही कुरा सोध्दा मेरो जवाफ अर्कै हुनसक्छ ।

एउटा लेखकका रुपमा आफ्नाबारेमा केही भन्नु न ?


यदि मेरो अस्तित्व हुँदैनथ्यो भने अरु कसैले मेरो बारेमा लेख्थ्यो । हेमिङवे, दोयस्तोवस्की, हामी सबै यसका साक्षी छौँ । नाटककारका रुपमा सेक्सपियरले लेखेका तीन उम्मेदवार छन् । तर महत्वपूर्ण के होइन भने ‘हैमलेट’ र ‘ए मिड समर नाइट्स ड्रिम’ कसले लेखेको थियो । महत्व के कुराको हो भने वास्तवमा कसैले लेखेकै थियो । कलाकारको कुनै मोल छैन, मोल त त्यसले के रचना गर्छ भन्ने हो । किनभने भन्न लायक केही पनि नयाँ छैन । सेक्सपियर, वाल्ज्याक, होमरले एउटै खालका कुराहरु लेखे र यदि उनीहरु एक हजार वर्ष अथवा दुई हजार वर्ष बाँच्थे भने प्रकाशकहरुलाई कसैको आवश्यकता नै हुँदैनथ्यो ।

राम्रो लेखहरुलाई केही कुराले पनि बिगार्न गर्न सक्दैन । त्यो एउटा मात्र कुरा छ, जसले राम्रो लेखकलाई फेर्न सक्छ त्यो हो– मृत्यु । मृत्युबाहेक केही पनि होइन ।

फेरि पनि यदि धेरै कुरा भन्न केही पनि लेख्दैनथे भने के थाहा लेखकलाई वैयक्तिकता, इन्डिभिजुआलिटी महत्वपूर्ण हुँदैनथ्यो होला ?


आफ्ना लागि निकै महत्वपूर्ण हुन्थ्यो । अरु सबै मान्छे काममा निकै व्यस्त छन्, भलै त्यसको चिन्ता कसैलाई पनि हुँदैन ।

र तपाईंका समकालीन ?

हामी सबै परफेक्सनका आ–आफ्नै सपनामा सन्तुलन मिलाउन नाकाम रह्यौँ । त्यसैले म सबैलाई असम्भव गर्नेसम्मको अद्भूत विफलताको आधारमा मङ्ल्याङ्कन गर्छु । मेरो बुझाइमा, यदि म आफ्ना सम्पूर्ण रचनाहरु फेरि लेख्न सक्ने थिएँ भने मलाई विश्वास छ, मैले राम्रै गर्ने थिएँ । जुन कुनै पनि रचनाकारका लागि सबैभन्दा स्वस्थ सर्त हो । त्यसैले उसले काम गर्दै जान्छ, प्रयास गर्दै जान्छ । उसले हरेक पटक सोचेको हुन्छ कि यस पटक त मैले केही गर्छु, केही त हासिल गरिहाल्छु । जानेकै कुरा हो उसले त्यस्तो गर्न सक्दैन, त्यसैले यो सर्त स्वस्थ सर्त हो ।


एक पटक त्यसले गरोस, फेरि ऊ छवि र स्वप्नको विपरीत आफ्नो कामलाई उभ्याउँछ भने त्यसको घाँटी काटिनु निश्चित छ । जबकि त्यो सम्पूर्णताको चरमोत्कर्ष पारी हामफाल्छ, जसलाई हामी आत्महत्या भन्न सक्छौँ । म एउटा विफल कवि हुँ । हुनसक्छ हरेक उपन्यासकार पहिला कविता लेख्न खोज्छ । फेरि थाहा पाउँछ कि होइन म त कविता लेख्न सक्दिन र फेरि कथा लेखेर आफ्नो भाग्य परीक्षण गर्छ । जुन कवितापछिको सबैभन्दा चुनौतीपूर्ण विधा हो र त्यसमा पनि असफल भएपछि ऊ उपन्यास लेख्न थाल्छ ।

एउटा राम्रो उपन्यासकार बन्न कुनै सम्भव फर्मुला छ र ? जसलाई पच्छ्याउन सकियोस् ।


९९ प्रतिशत प्रतिभा... ९९ प्रतिशत अनुशासन... ९९ प्रतिशत काम । जेसुकै होस्, उसले जे गर्छ त्यसमा ऊ कहिलै पनि सन्तुष्ट हुनुहुँदैन । हुन सक्छ यो कहिलै पनि राम्रो हुँदैन । सधैँ सपना हेर्नुस् र निशाना आफ्नो सामथ्र्यभन्दा धेरै परसम्म ताक्नुस् । यो कुरामा कहिलै पनि तर्किने प्रयास नगर कि तिमी आफ्ना समकालीन अथवा आफ्ना पूर्ववर्तीहरुभन्दा निकै राम्रा भइसकेका छौँ । आफूभन्दा राम्रो हुने प्रयास गर्नुस् । एउटा कलाकार त्यो प्राणी हो, जसलाई दैत्यहरुले लखेटी रहन्छन् । उसले कहिलै पनि जानेको हुँदैन् कि उनीहरुले उसैलाई किन चुने । वास्तवमा उसलाई त्यो सबै पर्गेल्ने समय पनि हुँदैन । यसबारेमा ऊ निरपेक्ष हुन्छ कि आफ्नो काम सल्ट्याउनलाई केही न केही त हातपार्छु, कसै न सकैसँग उधारो माग्छु, याचना गर्छु र कसैसँग पनि र सबैसँग केही न केही त चोरिहाल्छु ।

तपाईंको भनाइको अर्थ, एउटा लेखक पूरै निष्ठुर हुनुपर्छ ?

लेखकको एउटा मात्रै जवाफदेहिता उसको आफ्नो रचनाप्रति हो । यदि ऊ राम्रो रचनाकार हो भने ऊ पूर्णरुपमा निष्ठुर हुन्छ । उसको एउटा सपना हुन्छ । उसले त्यसलाई यति तड्पाउँछ कि त्यसबाट छुटकारा पाउनु जरुरी छ । उसलाई त्यसबेलासम्म शान्ति हुँदैन । किताब लेख्नका लागि हरेक चीज निश्चित गरिए अनुरुप हुन्छ । सम्मान, गर्व, गरिमा, सुरक्षा, प्रसन्नता सबै कुरा यदि लेखकले आफ्नो आमालाई पनि ठग्नु पर्यो भने पनि ऊ पछि हट्नु हुँदैन ।

राम्रा लेखकहरुसँग सफलताले गदगद हुने अथवा धनी हुने समय नै हुँदैन । यदि तपाईं सफलताका अगाडि लम्पसार पर्नुहुन्छ भने त्यो तपाईंको टाउकोमा आएर बस्छ । त्यसैले त्यसलाई उल्टो हातले एक दिनुस् ।

भनेपछि के सुरक्षा, खुसी, सम्मानको कमी रचनाकारको सृजनात्मकतामा एउटा महत्वपूर्ण तत्व हुन सक्छ ?


होइन, त्यो त उसको शान्ति र सन्तोषका लागि मात्र महत्वपूर्ण हो । कला भन्ने कुराको शान्ति र सन्तोषसँग कुनै साइनो छैन ।

त्यसो भए लेखकका लागि सबैभन्दा राम्रो पर्यावरण के हुन सक्छ ?


कला भन्ने कुराको पर्यावरणसँग पनि कुनै सम्बन्ध हुँदैन । उसलाई कुनै स्वाद हुँदैन कि ऊ कहाँ छ । यदि तपाईंले मेरा बारेमा सोध्नुभएको हो भने म तपाईंलाई भनुँ मैले जुन सबैभन्दा राम्रो काम पाएको थिएँ, त्यो एउटा कोठामा जागिर खाने थियो । मेरो बुझाइमा कुनै पनि लेखकका लागि यो एउटा सबैभन्दा राम्रो परिवेश हुनसक्छ । उसलाई पूर्णरुपमा आर्थिक स्वतन्त्रता हासिल हुन्छ । भोक र भयबाट ऊ मुक्त रहन्छ ।


उसको टाउको माथि छानो हुन्छ भने उसले गर्नुपर्ने काम भनेको जम्मा केही खातापाता हेर्नुपर्ने र अन्तिम मसान्तमा एक चोटि प्रहरी चौकी गएर प्रहरीलाई केही पैसा दिने मात्र । बिहानपख त्यो ठाउँ शान्त हुन्छ, कामका लागि दिनभरीको सबैभन्दा राम्रो बेला पनि त्यही नै हो । साँझतिर निकै मानिसहरुको ओहोरदोहोर हुन्छ । यदि एक्लोपनाबाट बच्न त्यहाँ सामेल हुने हो भने पनि समाजमा उसलाई एउटा विशेष स्थान दिइन्छ । उसले केही गर्नुपर्दैन । किनभने मैडमले किताब राख्नु हुन्छ, घरमा सबै महिला मात्रै छन् ।


कसैले उसलाई केही पनि भन्दैनन् । बरु उसलाई सर भन्छन् । टोल छिमेकका सबै भएभरका जँड्याहाँहरुले पनि उसलाई सर नै भन्छन् र उसले पुलिसका मान्छेहरुलाई पनि उनीहरुको नामले बोलाउन सक्छ भन्ने हुँदाहुँदै पनि एउटा लेखकलाई त्यति मात्र पर्यावरण चाहिन्छ, जसमा ऊ निम्नभन्दा निम्न मूल्यमा जति शान्ति, जति एकान्त र जति खुसी हासिल हुनसक्छ । गलत पर्यावरणले उसलाई ब्लड प्रेसर बढ्न थाल्छ । त्यसले ऊ धेरैभन्दा धेरै कुन्ठित र झिजिने हुन्छ । मेरो अनुभव त के छ भने मलाई मेरो कामको समयमा जे कुराको आवश्यक हुन्छ, त्यो भनेको कागज, तम्बाकु, खाना र अलिकति ह्विस्की हो ।

भन्नुको अर्थ बोरबोन होइन त ?

होइन, होइन म त्यति पार्टिकुलर छैन । स्कच र अरु केही भनेमा म स्कच रोज्छु ।

मसँग जनताको चिन्ता गर्ने समय छैन । मलाई मेरो रचना कसले पढिरहेको छ भन्ने कुनै चासो छैन् । आफ्नो कामदेखि सन्तुष्ट हुने मेरो आफ्नो तह र स्तर छ ।

तपाईंले आर्थिक स्वतन्त्रताको कुरा पनि उठाउनु भयो, एउटा लेखकलाई के त्यो आवश्यक छ ?


चाहिँदैन । एउटा लेखकलाई आर्थिक स्वतन्त्रता चाहिँदैन । उसलाई एउटा कलम र कागज मात्र चाहिन्छ । उपहारमा पैसा पाएर पनि मलाई कहिलै पनि लागेन कि त्यसले लेखनमा थोरै भए पनि राम्रो गरेको छ । एउटा राम्रो लेखक लेखनका लागि विभिन्न सङ्घ संस्थाहरुमा याचिका दिँदै हिँड्दैन । त्यो केही न केही लेख्नमै व्यस्त रहन्छ । यदि त्यो राम्रो स्तरको लेखक होइन भने उसले आफैलाई मलाई समय भएन, मलाई आर्थिक स्वतन्त्रता भएन भनेर मूर्ख बनाइरहन्छ । राम्रो कला चोर, लफङ्गाहरुसँग पनि लिन सकिन्छ, जड्याहा अथवा गोठालासँग पनि ।


मानिसहरु वास्तवमै गरिबहरुले कति धेरै दुःख र अप्ठेराहरु बेहोर्न सक्छन् भनेर सोच्नसमेत डराउँछन् । उनीहरु बिर्सन्छन कि उनीहरु कति आँडे र कठोर भइसकेका छन् । राम्रो लेखहरुलाई केही कुराले पनि बिगार्न गर्न सक्दैन । त्यो एउटा मात्र कुरा छ, जसले राम्रो लेखकलाई फेर्न सक्छ त्यो हो– मृत्यु । मृत्युबाहेक केही पनि होइन । राम्रा लेखकहरुसँग सफलताले गदगद हुने अथवा धनी हुने समय नै हुँदैन । यदि तपाईं सफलताका अगाडि लम्पसार पर्नुहुन्छ भने त्यो तपाईंको टाउकोमा आएर बस्छ । त्यसैले त्यसलाई उल्टो हातले एक दिनुस् । त्यसो भयो भने हुनसक्छ त्यो त्यतै कतै घस्री राखेको होस् ।

सिनेमामा काम गर्दै गर्दा तपाईंको आफ्नो लेखनमा केही असर पर्छ कि ?

यदि ऊ पहिलो दर्जाको लेखक हो भने उसको लेखनलाई केही कुराले पनि असर गर्न सक्दैन । यसमा धेरै केही गर्न सकिँदैन । समस्या त्यति बेला आउँदैन । यदि ऊ पहिलो दर्जाको लेखक होइन भने घरमा स्विमिङ पुल बनाउन उसले आफ्नो आत्मा पहिले नै बेचिसकेको हुन्छ ।

सिनेका लागि लेख्ने बेलामा के लेखकले लेखनमा सम्झौता गरिरहेको हुन्छ ?

सधैँ नै, किनभने चलचित्र आफ्नो प्रकृतिका हिसाबले नै एउटा सहयोगी हो र कुनै पनि सहयोग सम्झौता नै हुने गर्छ । किनभने त्यो शब्दको अर्थ नै त्यही हो– ‘गिभ एन्ड टेक’ ।

यदि लेखकलाई टेक्निकमा चाँसो छ भने सर्जरीमा जाओस अथवा मिस्त्रीको काम गर्न थालोस्, त्यही नै राम्रो हुन्छ । लेखनका लागि कुनै एउटा यान्त्रिक विधि छैन । त्यो लेखक नै मूर्ख हो जसले कुनै सिद्धान्तलाई पच्छ्याइरहेको होला । आफ्नै गल्तीहरुबाट आफैलाई शिक्षित गर ।

तपाईंलाई कुन अभिनेतासँग काम गर्दा निकै राम्रो लाग्छ ?

हम्फ्रे बोगार्टका साथ मैले निकै राम्रो गरी काम गरेको छु । हामी दुवैले ‘टु ह्याव एन्ड ह्याव नट’ र ‘द बिग स्लिप’मा सँगै काम गरेका छौँ ।

तपाईं दोस्रो सिनेमा पनि बनाउन खोज्दै हुनुुहुन्छ र ?


हो, मैले जर्ज अरवेलको उपन्यास १९८४ माथि सिनेमा बनाउन खोज्दैछु । म यो सिनेमामा यस्तो अन्त्य दिन चाहन्छु, जुन सिद्धान्तको म जोडदार समर्थन गर्छु । स्वतन्त्रताको आफ्नो सरल कामनाले गर्दा नै मनुष्य अविनाशी छ ।

सिनेमाका लागि काम गर्दै गर्दा तपाईंले उत्कृष्ठ नतिजा कसरी ल्याउनु हुन्छ ?


सिनेमामा मेरो सबैभन्दा राम्रो काम त्यति बेला हुन्छ, जब अभिनेता र लेखकले पटकथालाई एकातिर फालेर क्यामेरा रोल हुनुभन्दा केहीअघिको वास्तविक अभ्यासमा दृश्यको आविष्कार गरिहाल्छन् । मैले मोसन पिक्चरको कामलाई गम्भीरतापूर्वक लिइन, जुन कि मैले वास्तवमै लिएको भए आफ्नोप्रति र सिनेमाको प्रति विल्कुलै इमानदारीपूर्वक भन्ने हो भने मैले यो कोसिस नै गर्ने थिइनँ । तर अहिले मलाई थाहा छ, म कहिलै पनि राम्रो सिनेमा लेखक हुन सक्दिनँ, त्यसैले यस कामको कुनै अपरिहार्यता रहँदैन, जुन मेरो आफ्नो माध्यममा छ ।

तपाईंले सिनेमाका लागि काम गर्दा लेखकले सम्झौता गर्नुपर्छ भन्नुभयो । भनेपछि उसको लेखनको के हुन्छ ? आफ्नो लेखनीप्रति के उसको केही जवाफदेहिता हुन्छ ?


उसको जवाफदेहिता भनेको कति मात्र हुन्छ भने जति काम तपाईंको जिम्मामा छ, त्यसलाई राम्रो ढङ्गले सम्पन्न गर्नु । त्यसपछि जुन जवाफदेहिता बाँकी रहन्छ, त्यसका प्रयोग उसले जसरी पनि गर्न सक्छ । मसँग जनताको चिन्ता गर्ने समय छैन । मलाई मेरो रचना कसले पढिरहेको छ भन्ने कुनै चासो छैन् । आफ्नो कामदेखि सन्तुष्ट हुने मेरो आफ्नो तह र स्तर छ ।


यदि त्यो स्तर मैले La Tentation De Saint Antoine अथवा ‘ओल्ड टेस्टामेन्ट’ पढ्दा महशुस गर्छु भने मेरो सन्तुष्टिको स्तर त्यही हो । यी दुवै कुरा मलाई निकै राम्रा लाग्छन् । चराहरुको उडान देखेर मलाई निकै आनन्दको सन्तुष्टि हुन्छ । यदि मेरो पुनर्जन्म भयो भने म गिद्ध बनेर आउन चाहन्छु । कसैले पनि उसँग रिस, राग या शत्रुता गर्दैन । कसैले पनि उसलाई मन पराउँदैन अथवा कसैलाई उसको आवश्यकता हुँदैन । उसलाई पनि कसैको परवाह हुँदैन र उसले जे पनि खान सक्छ ।

तपाईंले आफ्नो लेखनको स्तर तय गर्न कुन टेक्निक प्रयोग गर्नुहुन्छ ?


यदि लेखकलाई टेक्निकमा चासो छ भने सर्जरीमा जाओस् अथवा मिस्त्रीको काम गर्न थालोस् त्यही नै राम्रो हुन्छ । लेखनका लागि कुनै एउटा यान्त्रिक विधि छैन । त्यो लेखक नै मूर्ख हो, जसले कुनै सिद्धान्तलाई पच्छ््याइरहेको होला । आफ्नै गल्तीहरुबाट आफैलाई शिक्षित गर । मानिसहरु आफ्ना गल्तीहरुबाट मात्र सिक्छन् । एउटा राम्रो कलाकारको के विश्वास हुन्छ भने उसलाई सल्लाहा दिने कोही पनि त्यति होसियार छैन । उसँग अलग्गै किसिमको गर्व हुन्छ । उसले एउटा बूढो पुरानो लेखकलाई जति नै मन पराओस् तर उसको चाहना त उसलाई हराउने नै हुन्छ । 
 

अनुवाद : नरेश ज्ञवाली

नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ