शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहपञ्चमी महोत्सव अन्तर्गत आज तिलकोत्सव सम्पन्न

मङ्गलबार, ०५ मङ्सिर २०७४, २२ : १४
मङ्गलबार, ०५ मङ्सिर २०७४

 
जनकपुरधाम । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापि रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज चौथो दिन तिलकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट दूई सय एकवटा पाहुर लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव राम मन्दिर पुगेका थिए । तिलकोत्सवको अवसरमा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव र अयोध्या दरवारको प्रतिनिधित्व गर्ने राम मन्दिरका महन्त राम गिरिले अंकमाल गरेका थिए ।

अंकमाल कार्यलाई यहाँ समधी मिलान भनिन्छ । सो अवसरमा दूवै पक्षबीच हासपरिहासका कार्यक्रम भएको थियो ।

विवाहपञ्चमीको पाँचौ दिन भोली बुधवार जानकीको मटकोर हुनेछ । त्यसैगरी विहिवार जानकी मन्दिरमा वैवाहिक कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप