मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

युवालाई देश जिम्मा लगाउँदै सदाका लागि बिदा भए खुशीराम !

मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : ५१
मङ्गलबार, ०५ मङ्सिर २०७४

चितवन—भरपुरको हाकिमचोकस्थित केन्द्रिय बस टर्मिनलमा हजारौं जनसागर जम्मा भैसकेको थियो । प्रचण्ड पुत्र प्रकाश दाहाल प्रति समर्पित शोकसभा र चुनावी सभामा सहभागी जनसागर एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड आगमनको प्रतिक्षामा थियो ।

त्यस्तोमा उद्घोषकले भने, ‘हाम्रो बीचमा आउँदै हुनुहुन्छ, जनवादी गायक खुसीराम पाख्रिन ।’
माओवादीका पूर्व सांसद समेत रहेका पाख्रिन मञ्चमा गए, अनि आफ्नो खल्तीबाट पेनड्राईभ निकालेर प्राविधिकलाई दिए । पेनड्राईभमा ट्रयाक थियो, उनले ट्रयाक प्ले गर्न ईशारा गर्नासाथ ट्रयाक बज्यो । 
उनी गाउन थाले...
युवाहरु हो, देश तिम्रै हो भविष्य तिम्रै हो  
नयाँ नेपाल बनाउने अभिभारा तिम्रै हो
हजारौको बलिदानले कालो युग ढलेको छ
सृजना र संवृद्धिको बाटो कोर्न थालेको छ  
युवा तिम्रो काँधमा आयो देश बदल्ने अभिभारा
 छाती खोली अघि बढ्ने अब तिमीले हिम्मत गर ।

पाख्रिनले युवलाई देश जिम्मा लगाउने गीत गाएर सकेका मात्र के थिए, उनलाई अब्प्ठेरो महसुश भयो । टाउको दुख्यो भन्दै मञ्चबाट ओर्लेका पाख्रिनलाई बाम गठबन्धका नेता–कार्यकर्ताले भरतपुरस्थित नारायणी सामुदायिक अस्पताल दौडाइहाले । तर बिडम्बना, अस्पतालमा डाक्टरले भने, ‘ढिलो भैसक्यो, बचाउन सकिदैन ।’
यसरी हृदयघातका कारण एक प्रगतिशील गायको असामयिक निधन भएको छ । उनको पार्थिव शरीरलाई  बुधबार बिहान ८ बजे पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लाष् िराखिने माओवादी केन्द्र चितवनले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप