शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा मोटरको ग्लोबल सर्भिस क्याम्प

मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : ४६
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौं— नेपालका लागि टाटा मोटर्स्को अधिकृत बिक्रेता सिप्रदी टे«डिङ्गले ग्लोबल सर्भिस क्याम्प संचालन गरेको छ ।  मंगलबारदेखि सुरु भएको क्याम्प बिहिबारसम्म लच्नेछ । 
टाटा मोटर्स्का सिईओ तथा प्रबन्धक निर्देशक गुन्टर बुशेक र टाटाका अन्तर्राष्ट्रिय व्यापार प्रमुखरुद्ररुप माइत्राले संयुक्तरुपमा उक्त कार्यक्रमको उद्घाटन गरेका थिए । 
 नेपालमा स्थापनाकालको ३५ वर्ष बित्दा पहिलो पटक टाटाका सिईओ तथा प्रबन्धक निर्देशक नेपाल आएको कम्पनीले बताएको छ । 
 

गाडीसँग सम्बन्धित सम्पूर्ण सल्लाह, सुझाव र जानकारी दिने उद्देश्यले  आयोजना गरिएको उक्त ग्लोबल सर्भिस क्याम्प, नेपालका विभिन्न स्थानहरुमा समेत आयोजित हुँदैछ । 
क्याम्प अन्तर्गत टाटा मोटर्स्का सम्पूर्ण डिलर एवं आधिकारिक सर्भिस सेन्टरहरुमा गाडीको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुनेछ । 
ड्राईभरहरुका लागि नयाँ प्रविधि एवं सुरक्षित ड्राईभिङ्ग सम्बन्धी निःशुल्क तालिम, टाटाको ओरिजिनल पार्टस्मा १० प्रतिशत छुट,गाडीको सम्पूर्ण स्वास्थ्य जाँच, उत्कृष्ट माईलेज अवार्ड, निःशुल्क लेबर चार्ज, आकर्षक उपहार, लुब्रिकेन्टस्मा आकर्षक अफर जस्ता यस क्याम्पका प्रमुख विशेषताहरु भएको कम्पनीले जनाएको छ । 

सिप्रदी ट्रेडिङ्गले यसै अवसर पारेर टाटा मोटर्स्को नवीनतम प्रस्तुती टाटा म्याग्ना बसको औपचारिक साँचो हस्तान्तरण कार्यक्रम समेत उक्त क्याम्पमा गरेको छ । 
एक्साईड ब्याट्री, मिसेलिन, सिप्रदी अटोपार्टस्, म्याक ल्यूब्रिकेन्टस्, आदि ब्राण्डहरु सिप्रदी टे«डिङ्गले यस बृहत क्याम्पमा समावेश गरेको छ ।

टाटाले आफ्नो  सामाजिक दायित्व बहन गर्दै विभिन्न सचेतना र स्वास्थ्य क्याम्प समेत ग्लोबल सर्भिस क्याम्पमा संचालन गर्दै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप