शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर फर्स्यौटमा भ्रष्टाचार : महत र  ढकालसँग एक करोड धरौटी माग

मङ्गलबार, ०५ मङ्सिर २०७४, २० : ३५
मङ्गलबार, ०५ मङ्सिर २०७४

काठमाडौँ ।  कर फर्स्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसँग बिशेष अदालतले जनही एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।

अध्यक्ष बाबुराम रेग्मी, सदस्यद्वय द्वारीकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले कर छुट दिँदै आर्थिक अनियमितता गरेको भन्दै महत र ढकालसँग एक–एक करोड रुपैयाँ माग गरेको हो । 

धरौटी बुझाउन नसकेपछि  उनीहरुलाई आजै डिल्लीबजार कारागार चलान गरिएको छ ।

कर फर्छ्यौट आयोगमार्फत अनियमित ढंगले कर मिनाहा दिई राज्यलाई झण्डै २१ अर्ब नोक्सानी पुर्‍याएको  तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित  महत र ढकालविरुद्ध मुद्दा दायर गरेको थियो ।  अख्तियारले तीनै पदाधिकारीविरुद्ध १० अर्ब दुई करोड रुपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

गत १९ जेठमा अख्तियारले तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई पक्राउ गरेको थियो।  महत र ढकाल भने त्यसयता फरार हुँदै आएका थिए। गत बुधबार महत र ढकालले विशेष अदालतमा आत्मसर्मपण गरेका थिए । 

महानिर्देशक शर्मालाई भने सर्वोच्च अदालतले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको थियो।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप